२०८३ असार २ मंगलवार ०८

राष्ट्रिय वाणिज्य बैंकमा २ लाखसम्मको रकम भुक्तानीका लागि अब चेक नचाहिने

काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले स्मार्ट क्यूआर टेलर सेवा लागू गरेको छ । योसँगै बैंकका ग्राहकलाई दुई लाखसम्मको रकम भुक्तानीका लागि चेक आवश्यक नपर्ने भएको छ । बैंकका अनुसार यो सेवा यही माघ १० गतेदेखि सुरु भएको हो । बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले मोबाइलबाट बैंक काउन्टरमा उपलब्ध क्यूआर स्क्यान गरी दुई लाख रुपैंयासम्मको नगद भुक्तानी लिनसक्ने छन् ।

यो सेवा बैंकका सबै शाखा कार्यालयहरुको काउन्टरमा उपलब्ध भएको छ । यसअघि बैंकले इन्टरनेट नभएको स्थानमा पनि मोवाइल बैंकिङको कार्य गर्न सक्ने गरी ‘अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डेटा’ (यूएसएसडी) सेवा समेत सञ्चालनमा ल्याएको छ । यो समाचार टेकपानाबाट लिइएको हो ।

२०७८ माघ १२, बुधबार १७:४२ गते 0 Minutes 432 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।