२०८३ असार ४ बिहीबार १५

नयाँ विषयको अध्यापन गर्दै काठमाडाैँ विश्वविद्यालय

काठमाडौँ ।

काठमाडौँ विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपालमै नयाँ विषयको पढाइ सुरु गर्ने भएको छ । व्यवस्थापन सङ्कायअन्तर्गत मास्टर्स इन बिजनेस एन्ड इकोनोमिक्स विषय पढाउन लागिएको विश्वविद्यालयले मङ्गलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । अर्थशास्त्रका सिद्धान्त र शुद्ध व्यावसायिक पक्षलाई जोड्न नयाँ विषयले मद्दत पु-याउने विश्वविद्यालयले अपेक्षा गरेको छ ।

पत्रकार सम्मेलनमा व्यवस्थापन सङ्कायका डिन प्राध्यापक देवीप्रसाद शर्माले भन्नुभयो, “नयाँ विषय पढेर उत्पादन भएका विद्यार्थीले बजारमा अहिले भइरहेको रचनात्मक जनशक्ति अभावको आवश्यकतालाई पूर्ति गर्न मद्दत पु¥याउने छन् । ” पाँच वर्षको तयारीपछि यो विषयको पठनपाठन सुरु गर्न लागिएको विश्वविद्यालयले जनाएको छ । यो विषय विश्वका प्रतिष्ठित विश्वविद्यालयमा मात्रै पढाइ भइरहेको दाबी गर्दै शर्माले भन्नुभयो, “अर्थशास्त्र र व्यापार फरक पाटोलाई जोड्न यो विषय सहयोगी बन्नेछ । ” यो समाचार गोरखापत्र अनलाइनबाट लिइएको हो ।

माघ ५ गते । 

२०७८ माघ ५, बुधबार १५:५३ गते 1 Minute 313 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।