२०८३ असार १ सोमबार १९

पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना पुष्टि, पछिल्लो २४ घण्टामा पाँच हजार ७४७ जना सङ्क्रमित

काठमाडौं ।

वतर्मान समयमा निकै चर्चा बटुलेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उनको निजी सचिवालयका अनुसार मन्त्रीलाई कोरोना पुष्टि भएपछि सोमबारका लागि निर्धारित कार्यक्रमहरू स्थगित गरिएका छन् । यसअघि आइतबार मन्त्री आलेले पशुपतिधर्मशाला र नारायणहिटी दरबारको अवलोकनमा गएका थिए ।

पछिल्लो २४ घण्टामा पाँच हजार ७४७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १४ हजार १४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ७४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, तीन हजार ४५१ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ९८७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.१ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५४७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा तीन जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६२३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, देशभर हालसम्म ३० हजार ८७७ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक लाख ४३ हजार ३६० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

३ माघ, २०७८

 

२०७८ माघ ३, सोमबार १७:४७ गते 1 Minute 516 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।