२०८३ बैशाख १६ बुधबार २०

नमोबुद्धका युवा व्यवसायिकता तर्फ आकर्षण, सेनिटेरी प्याड उत्पादन गर्ने

भकुण्डे ।

नमोबुद्ध नगरपालिका -३ भकुण्डेमा युवाहरूले सेनिटेयरी प्याड उत्पादन सुरु गरेका छन् । ग्रामीण बिकास सस्था काभ्रेपलान्चोक मार्फत जर्मन राजदुतावासको २२ लाख  र नगर युवा क्लब सन्जालका युवाहरुको १० लाखको  साझेदारीमा अल्ट्रा क्लिन प्रा.लि. स्थापना गरि काम सुरु गरिएको हो ।

प्याड उत्पादन सुरुवात कार्यक्रममा नमोबुद्ध नगरका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, ग्रामीण बिकास सस्थाका कार्यकारी निर्देशक डिएन तिमल्सिना कार्यक्रम अधिकृत सुलोचना सुवाल लेखा तथा प्रशासन एवं सामाजिक उत्तरदायित्वको यो अभियानमा नगरपालिकाको सदैव साथ र सहयोग रहने बताउदै ग्रामीण बिकास सस्था र जर्मन राजदुतावासलाई  सहयोगको लागि धन्यवाद दिए ।

बालबालिका युवा र वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएको ग्रामीण बिकास सस्थाका कार्यकारी निर्देशक डिएन तिमिल्सिनाले नमोबुद्धमा आफुहरुले बिगत ४ बर्ष काम गर्दैगर्दा नगरयुवाहरु संगठित हुनु सामाजिक काममा सक्रियता देखाउनु, नगरपालिकाले युवा परिषद गठन गर्नु  र उद्धयमशिल बन्नखोज्नु महत्त्वपूर्ण उपलब्धि रहेको र आगामी दिनहरुमा सहकार्य गर्दै अगाडि बढ्ने बताए   प्याड उत्पादन संगै महिनावारी स्वस्छताका अभियानहरु समुदाय र बिद्यालयहरुमा सन्चालन गरिने सन्चालक सन्जीप न्यौपानेले बताए । प्याडलाई बजारीकरण गर्न “सुरक्षित” नाम दिई बजारमा ल्याउन लागिएको हो ।

मितिः २०७८ पाैष १४ गते

२०७८ पुष १४, बुधबार १८:२९ गते 1 Minute 586 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार