२०८३ असार ४ बिहीबार १४

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन : उपसभापतिको मतगणना सुरु

काठमाडौँ।

नेपाली काँग्रेसका उपसभापतिको मतगणना सुरु भएको छ । १४औँ महाधिवेशन अन्तर्गत सोमबार भएको मतदानको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भर्खरै सुरु भएको हो । निर्वाचन समिति सदस्य एवम् अधिवक्ता केशव रिजालका अनुसार साढे ४ बजे सुरु हुने भनिएको मतगणना केही ढिला गरेर भर्खरै सुरु भएको हो । पार्टी सभापतिका लागि दोस्रो चरणमा भएको मतदानबाट शेरबहादुर देउवा निर्वाचित भइसक्नुभएको छ ।

पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाउन नसकेपछि मङ्गलबार बढी मत पाउने शेरबहादुर देउवा र डा। शेखरप्रसाद कोइरालाबीच दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणको मतदानमा देउवा सभापति निर्वाचित हुनुभएको छ ।

सभापतिको मतपरिणाम सार्वजनिक भए पनि पदाधिकारी एवं केन्द्रीय सदस्यको मतगणना बाँकी छ । निर्वाचन समिति सदस्य रिजालका अनुसार करिब चार घण्टापछि उपसभापतिका उम्मेदवारको मत परिणाम सार्वजनिक हुनेछ । काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, सुजाता कोइराला, धनराज गुरुङ, चन्द्र भण्डारी, महेश आचार्य र दिव्येश्वरी शाहले उम्मेदवारी दिनुभएको छ । पार्टी विधान अनुसार दुई जना उपसभापति महाधिवेशनबाट निर्वाचित हुनुहुनेछ ।

मङ्सिर २९ गते ।

– गोरखापत्र अनलाइनबाट 

२०७८ मंसिर २९, बुधबार १८:२८ गते 1 Minute 399 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।