२०८३ बैशाख १६ बुधबार ०८

२४ घण्टामा २५५ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

काठमाडौं ।

पछिल्लो २४ घण्टामा २५५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार १६८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, तीन हजार छ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.८ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३६६ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४७ पुगेको छ ।

यसैगरी देशभर हालसम्म छ हजार २३९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ८३ हजार १३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

-गोरखापत्र अनलाइनबाट

२०७८ मंसिर २२, बुधबार १७:३१ गते 1 Minute 601 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार