२०८३ भाद्र ३० मंगलवार २२

एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका १६ सय १३ सय कर्मचारीको एकै पटक सरुवा गरेको छ । मन्त्रालयले लोकसेवा आयाेगबाट स्थानीय तहमा सिफारिस भएर कार्यरत १६ सय १३ कर्मचारीको मङ्गलबार सरुवा गरेको हो ।

अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै आएका कर्मचारीले दिएको निवेदनका आधारमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

‘लोकसेवा आगोबाट स्थानीय तहमा सिफारिस भएर स्थायी नियुक्ति भएका र अन्तर स्थानीय तह कामकाजमा खटाउन यस मन्त्रालयबाट हालसम्म निवेदन पेश गरेका कर्मचारीलाई मन्त्रालयको निर्णय अनुसार अन्तर स्थानीय तहमा खटाइएको हो’, मन्त्रालयका शाखा अधिकृत रविन्द्रप्रसाद पौडेलले भन्नुभयो ।

‘मापदण्ड बमोजिम सम्बन्धित स्थानीय तहबाट प्राप्त दोहोरो सहमतिका आधारमा कामकाजमा खटाइएको हुँदा यस मन्त्रालयको निर्णयअनुसार कामकाजमा खटाइएका कर्मचारीलाई प्रचलित कानुन बमोजिम रमाना दिने र हाजिर गराउने कार्य निर्वाध र सहज रुपमा गराएको र सोको जानकारी यस मन्त्रालयमा गराउन हुन सम्पूर्ण स्थानीय तहमा समेत हार्दिक अनुरोध छ’, सरुवा सूची सार्वजनिक गर्दै मन्त्रालयले भनेको छ ।

-गोरखापत्र अनलाइनबाट

२०७८ मंसिर २१, मंगलवार १९:२९ गते 1 Minute 487 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।