भकुण्डेबेशी ।
शान्ति, सुरक्षा, सुव्यवस्थाको क्षेत्रमा सक्रिय रूपमा लागिपरेका इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरिक्षक शेखर खड्कालाई नमोबुद्ध नगरपालिकाले सम्मान गरेको छ । आठौं नगरपालिका स्थापना दिवसको अवसर पारेर खड्कालाई मंसिर १६ गते बिहीबार आयोजित कार्यक्रममा सम्मान गरिएको हो भने आइसोलेसन केन्द्र स्थापनाका लागि ठाउँ उपलव्ध गराउने जनक क्याम्पस, सञ्चार क्षेत्रमार्फत नगरको विकासमा सहयोग गरेकोमा नेपाल पत्रकार महासंघ काभ्रे शाखा, स्वास्थ्य क्षेत्रको विकासका लागि सहकार्य गर्ने धुलिखेल अस्पतालका कर्मचारी कृष्ण अधिकारी, कानुनी सल्लाहकार केदार कोइराला, स्थानीय समाजसेवी मित्र खनाल, विदेशी नागरिक लक्की र युवा अभियन्ता सञ्जीप न्यौपानेलाई आभारपत्रबाट सम्मानित गरिएको छ ।
यस्तै सञ्चार क्षेत्रसँग समन्वय र सहकार्यका लागि नेपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष एवं नगरपालिकाका प्रेस सल्लाहकार विनोदकुमार न्यौपाने, उत्कृष्ट कर्मचारीको रुपमा शिक्षा शाखामा कार्यरत बुद्धिराज अर्याल, लेखा अधिकृत ऋपुध्वज केसी, इन्जिनियर उज्ज्वल अर्याल, महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख तारादेवी सुनुवार, कृषि शाखा प्रमुख रेशम दाहाल, कम्प्युटर अपरेटर राजीव श्रेष्ठ, श्याम खनाल, वडा सचिव श्रीधर खनाल, स्टाफ नर्स मथुरा सत्याल, सिअहेब बलराम पौडेल, पशु प्राविधिक शिव तिवारी, कार्यालय सहयोगी ललिता पराजुली, डिल्लीवहादुर मैनाली तथा हलुका सवारीचालकहरु कर्मध्वज लामा र जगतप्रसाद तिमल्सिनालाई नगद ५ हजारसहित सम्मान गरिएको छ । त्यसैगरी कोभिड १९ रोकथाम र नियन्त्रणको क्रममा सक्रियतापूर्वक खटिएका मेथिनकोट अस्पतालका डाक्टर सागर जर्घामगर, रोशी गाउँपालिकाका मेडिकल अधिकृत डाक्टर निराजन तामाङ, सिअहेब नवराज दाहाल, टिकानिधि कोइराला, राजु बोगटी, सिअनमी नानीमैया बिष्ट, सहायक पाँचौं कमल भुर्तेल, अहेब कल्पना अधिकारी, हेल्थ असिस्टेन्ट हेमन्त खनाल, अनमी सरस्वती शर्मा, अहेब प्रल्हाद थपलिया, ल्याब असिस्टेन्ट शर्मिला थिङ लामा, सञ्जीता राउत, सहायक कम्प्युटर अपरेटर जीवन कार्की, कार्यालय सहयोगी मनोज पौडेल र कुमार थापालाई पनि सम्मान गरिएको छ ।बागमती प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य चन्द्र लामाले खड्कालाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे । विगत १४ महिनादेखि इप्रका मंगलटारको नेतृत्व गर्दै खड्काले नमोबुद्ध नगरको शान्ति सुरक्षा तथा सुशासनको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको नमोबुद्ध नगरपालिकाले जनाएको छ ।






