२०८३ असार ४ बिहीबार १२

चन्द्रागिरी रिसोर्टमा नेपाल पक्षका नेताहरुको छलफल हुँदै

काठमाडौं ।

सत्तारुढ गठबन्धनमा रहदै आउनुभएका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरु चन्द्रागिरी रिसोर्टमा पुग्नुभएको छ । नेपाल पक्षका नेता मेटमणि चौधरीका अनुसार निर्वाचन आयोगमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) नयाँ पार्टीको सैद्धान्तिक विषयमा छलफल हुन लागेको हो । नेकपा एमाले औपचारिक विभाजनसँगै दल दर्ताको वैधानिक प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा उठ्दै आएको ‘जनताको बहुदलीय समाजवाद’ विषयमा उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुबीच छलफल हुन लागेको चौधरीले जानकारी दिनुभएको छ ।

सोमबार नै नेकपा एमालेले दश बुँदे सहमतिपत्रलाई कार्यान्वयन गर्न जोड दिइने बताए पनि यी लगायत एमाले एकताको विषय भने अब सम्बन्धित नै नभएको उहाँले बताउनुभएको छ । वरिष्ठ नेता नोपाल पक्षीय यो छलफल भोलि या छिट्टै नै टुंगिने पनि उहाँले जानकारी दिनुभयो । नेता नेपाल पक्षले आगामी दिनमा बृहत्तर कम्युनिष्ट एकतालाई पनि अगाडि बढाउने बताउँदै आएको सन्दर्भमा यसखाले सैद्धान्तिक विषयमा छलफल हुन गइरहेको छ । निर्वाचन आयोगले नेता नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई भदौ ९ गते बुधबार (पर्सी)लाइ सनाखत गर्न बोलाएको छ ।

-गोरखापत्र अनलाइनबाट

२०७८ भाद्र ७, सोमबार २०:१४ गते 1 Minute 599 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।