२०८३ बैशाख १६ बुधबार ०८

जापानबाट आइपुग्यो कोरोना विरूद्धको २ लाख ८ हजार खोप

काठमाडौँ ।

जापान सरकारले अनुदानमा प्रदान गरेको खोप २ लाख ८ हजार सात सय खोप आज काठमाडौँ आइपुगेको छ । जापानले नेपाललाई पठाएको १६ लाख १४ हजार सात सय ४० मात्रा अष्ट्राजेनेका खोप मध्ये यसअघि ९ लाख खोप साउनको २३ र २४ मा नेपाल आएको थियो । बाँकी खोप भने आइतबार र सोमबार काठमाडौँ आउने जापानी दूतावासले जनाएको छ । नेपालका लागि जापानी राजदूत किकुता युताकाले नेपाललाई कोभ्याक्स अन्तर्गत महामारी नियन्त्रणका लागि खोप प्रदान गरेको बताए । उक्त खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लिएर दोस्रो खोपको प्रतिक्षामा रहेका साथै ६५ वर्ष र सोभन्दा माथिको उमेर समूह तथा वैदेशिक रोजगारी, अध्ययन र अन्य कारणले विदेश जाने, मिर्गौला डायलाईसिस गर्नुपर्ने तथा अङ्ग प्रत्यारोपण गरेका र क्यान्सरका बिरामी गरि १४लाख व्यक्तिका लागि वितरण भैरहेको छ ।

जापानले कोभिड–१९ महामारी नियन्त्रणका लागि कोलिशन फर इपिडेमिक प्रिपियर्डनेस इनोभेसन्स (सेपि), गाभी– विश्वव्यापी खोप सहकार्य, संयुक्त राष्ट्रसंघीय बालकोष र विश्वस्वास्थ्य संगठनसँग काम गर्दै आएको छ । नेपालका लागि जापानी राजदूत किकुता युताकाले खोप अनुदान नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्धको प्रतीक भएको बताएका छन् ।

– इकागजबाट

२०७८ भाद्र ५, शनिबार १९:४७ गते 1 Minute 672 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार