२०८३ असार ४ बिहीबार ११

कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउन प्रधानमन्त्रीको निर्देशन, एक/ दुई दिनमा प्रक्रिया थालिने

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङ्गलाई नियुक्त गर्न आवश्यक प्रक्रिया थाल्न आदेश दिनुभएको छ । उर्जा जलस्रोत तथा सिचाईमन्त्री पम्फा भुषाललाई प्रधानमन्त्रीले निर्देशन दिएको  प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका उपसचिव बद्री तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयाे, प्रधानमन्त्रीबाट निर्देशन भएको छ अब एक/ दुई दिनमा प्रक्रिया शुरू हुन्छ ।

प्रधानमन्त्रीको निर्देशनपछि ऊर्जामन्त्री भुसालले वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको स्रोतले बताएको छ । यसअघि ४ वर्ष विद्युत प्राधिकरणको बागडोर सम्हालेका कुलमानले दैनिक ६ घण्टा पनि नआउने बिजुलीमा उल्लेख्य सुधार गरी लोडसेडिङ अन्त्य गर्नु भएको थियो । विगतमा लोडसेडिङ्ग हटाउन महत्वपूर्ण भूमिका निर्वाह गरी चर्चामा आउनु भएका घिसिङ एक वर्ष अघि चार वर्षे कार्यकाल पूरा गरी प्रमुख कार्यकारीबाट अवकाश हुनु भएको थियो । अघिल्ले सरकारले उहाँको स्थानमा हितेन्द्रदेब शाक्य नियुक्त हुनु भएको थियो । गत भदौ २८ मा कार्यकाल सकिएपछि उनलाई नै दोहोर्‍याउन केहि आवाजहरू उठेका थिए ।

२०७८ श्रावण १९, मंगलवार १९:१८ गते 0 Minutes 919 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।