२०८३ बैशाख १६ बुधबार १०

यसै वर्ष नागरिक एपमार्फत ४२ सरकारी सेवा उपलब्ध गराउने तयारी

काठमाडौं ।

सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ को अन्त्यसम्म ४२ वटा सरकारी सेवा नागरिक एपमार्फत नै लिन सकिने बनाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै चालु आर्थिक वर्षमा सञ्चालन गरिने कार्यक्रम कार्यान्वयनको एकीकृत कार्ययोजना सार्वजनिक गरेको छ । आफ्ना मातहतका निकायको कार्यक्रमलाई समेटेर सार्वजनिक गरिएको उक्त कार्ययोजनामा मन्त्रालयले चालु आवको अन्त्यसम्म ४२ वटा सरकारी सेवा नागरिक एपमार्फत उपलब्ध गराउने योजना राखेको हो । सरकारले सम्भव भएसम्मका सबै सार्वजनिक सेवा एउटै एपमार्फत उपलब्ध गराउने उद्देश्यका साथ ‘नागरिक एप’ सञ्चालनमा ल्याएको छ ।

पछिल्लो समय विभिन्न सरकारी सेवा क्रमशः अनलाइनमार्फत उपलब्ध गराउन थालिएको छ । तर सेवा लिने माध्यम फरक-फरक हुँदा सेवाग्राहीलाई झन्झट हुने गरेको भन्दै सरकारले सबै सेवालाई समेट्ने गरी नागरिक एप ल्याएको हो । याे एपमार्फत जनताको हातहातमा सरकारी सेवा पुर्‍याउने योजना सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको रहेको छ । त्यसै अनुरूप मन्त्रालयले यो आवमा थप सरकारी सेवालाई नागरिक एपमार्फत उपलब्ध गराउने तयारी गरेको हो ।

मन्त्रालयका अनुसार हालसम्म ३५ ओटा सरकारी सेवा अनलाइनमार्फत उपलब्ध हुन थालेका छन् । त्यसमध्ये २२ ओटा सेवा नागरिक एपमा जोडिइसकेको उल्लेख गरिएको छ । आगामी एक वर्षको अवधिमा थप २० सरकारी सेवा नागरिक एपमा समावेश गर्ने योजना मन्त्रालयको छ ।

-टेकपानाबाट

२०७८ श्रावण १९, मंगलवार ०९:१५ गते 1 Minute 683 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार