२०८३ बैशाख १६ बुधबार १०

कति सम्भव छ ६ महिनापछि राष्ट्रिय परिचयपत्र नारिकको हातमा ?

काठमाडौं ।

सुचना प्रविधिले मानिसहरूको दैनिकीमा सहजीकरण गर्न थालेपछि अहले विश्व नै प्रविधिमैत्री बनाउने होडबाजीमा छ । नेपाल सरकारले पनि सरकारी कामकाजहरूमा प्रविधिमैत्री बनाउने कार्यलाई तीव्रता दिइरहेको छ । यसै सन्दर्भमा नेपाली नागरिकताको विकल्पमा राष्ट्रिय परिचयपत्रको अवधारणा ल्याएको छ । नागरिकको सबै विवरणहरू समावेश गरेर थुप्रै कागजातहरू बोक्नुपर्ने झन्झटलाई अन्त्य गर्ने उद्देश्यले यो प्रविधि प्रयोगमा ल्याउन लागिएको हो ।

सरकारले आगामी ६ महिनाभित्र राष्ट्रिय परिचयपत्र वितरण गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ । फ्रान्सेली कम्पनी आईडीमियालाई कार्ड छपाइकाे ठेक्का प्रदान गर्ने निर्णय भएसँगै ढिलाेमा ६ महिनापछि राष्ट्रिय परिचयपत्र वितरण हुने भएकाे हाे । यसअघि राष्ट्रिय परिचयपत्रको पाइलट प्रोजेक्टको जिम्मा पनि आईडीमियालाई नै दिइएको थियो । सो परियोजनाअन्तर्गत एक लाख १७ हजारलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनाएको छ । त्यस्तै हालसम्म २८ जिल्लाका ३० लाख व्यक्तिको विवरण संकलन भइसकेको छ । यसमध्ये १३ जिल्लामा पूर्ण र १५ जिल्लामा आंशिक रुपमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिएको छ ।

कार्ड डिजाइन, छपाइ र स्वीकृतिका लागि करिब ६ महिनाकाे समय लाग्ने विभागले जनाएकाे छ । यसपछि विभागकाे राष्ट्रिय प्रणालीमा दर्ता भएका व्यक्तिहरुलाई क्रमशः कार्ड वितरण गरिनेछ । ‘नयाँ कार्डमा क्यूआर कोड फिचर सहित लेआउट र डिजाइन केही अप्टिमाइज हुने विभागका इन्जिनियर ज्ञानेश्वर बोहराले बताए । यसैबीच काेभिड १९ महामारीका कारण राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन कार्य प्रभावित बनेकाे छ । हाल नवलपरासी पश्चिम, भोजपुर र सुर्खेत गरी तीन जिल्लामा मात्र विवरण संकलन भइरहेकाे विभागले जनाएकाे छ ।

 – टेकपानाबाट

२०७८ श्रावण १९, मंगलवार ०९:०६ गते 1 Minute 801 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार