२०८३ बैशाख १६ बुधबार १०

ह्वाट्सएपमा एकैपटक चार डिभाइसमा चलाउन मिल्ने मल्टि-डिभाइस फिचर, कसरी?

काठमाडौं ।

इन्स्ट्यान्ट म्यासेजिङ एप- ह्वाट्सएपले नयाँ मल्टि-डिभाइस फिचर ल्याएको छ । नयाँ फिचर सार्वजनिक भएसँगै अब प्रयोगकर्ताले आफ्नो अकाउन्ट चार फरक डिभाइसमा लग-इन् गरेर चलाउन सक्नेछन् । फेसबुकको स्वामित्वमा भएको ह्वाट्सएप च्याट, भिडियो कल र अडियो कलका लागि प्रसिद्ध छ । नयाँ फिचर प्रयोग गर्नका लागि प्राइमरी फोनलाई इन्टरनेटसँग कनेक्सनमा राख्नुप पर्नेछ । ह्वाट्सएपले बताएअनुसार, तपाईँले चलाइरहेको डिभाइसमा ब्याट्रि सकियो अर्थात् अन्य केही समस्या भयो भने अर्को डिभाइसबाट पनि चलाउन सहज होस् भनेर यो नयाँ फिचर ल्याएको हो ।

ह्वाट्सएप सम्बन्धी सूचना बाहिर ल्याउने WABetaInfo का अनुसार यो फिचर अहिले केही प्रयोगकर्ताका लागि मात्रै दिइएको छ । तपाईँको अकाउन्टमा यो फिचर दिइएको छ कि छैन चेक गर्न ह्वाट्सएपको सेटिङमा गएर ‘लिङ्क्ड-डिभाइस’मा हेर्नु पर्नेछ । तपाईँलाई यो फिचर दिइएको छ भने मल्टि-डिभाइसको अप्सन देखिने छ । यो बेटा भर्जन प्रयोकर्ताका लागि मात्रै दिइएको सुविधा हो ।

-नेपाल प्रेसबाट

२०७८ श्रावण १९, मंगलवार ०७:३७ गते 1 Minute 476 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार