२०८३ भाद्र ३० मंगलवार ०२

युएईस्थित नेपाली दूतावासको आग्रह : क्युआर कोडसहितको खोप कार्ड बोकी विदेश यात्रामा निस्कनू

काठमाडौँ ।

कोभिड-१९ को बढ्दो संक्रमणका कारण विश्वका मानिसहरूहको जीवन यापनमा नै परिवर्तन हुन थालेको छ । कतै केही अवरोध त कतै विभिन्न कागजातहरूकाे आवश्यकता । पछिल्लो समय विभिन्न देशहरूले कोभिड–१९ विरूद्धको खोप उत्पादन गर्न थालेपछि कतै यात्रामा निस्कदा वा काममा जाँदा खोप कार्डको प्रयोग अनिवार्य हुन थालेको छ ।  अन्तरराष्ट्रिय मान्यता प्राप्त क्युआर कोडसहितको कोभिडविरुद्धको खोप लगाएको प्रमाणपत्र साथमा लिएर यात्रा गर्न युएईस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

नेपालमा नयाँ राहदानी बनाउने वा नवीकरण गर्ने प्रक्रियामा रहेका नेपाली नागरिकहरूले कोभिड-१९ विरुद्धको खोप लगाइसकेको भए https:// vaccine.mohp.gov.np/ मार्फत प्रि इनरोलमेन्ट फाराम भरी आफ्नो पायक पर्ने स्थानमा खोप लगाउन र क्युआर कोडसहितको खोप लिन दूतावासले निर्देशन दिएको छ । ‘युएईमा रहेका नेपाली नागरिकले कोभिडविरुद्धको खोप लगाइसकेको भए क्युआर कोडसहितको प्रमाणपत्र साथमा लिएर हिडनू,’ दूतावासले जारी गरिएको सूचना उल्लेख छ,’ खोप लगाउन बाँकी भएकाले क्युआर कोडसहितको प्रमाणपत्र साथमा लिएर हिडनू ।’

नेपालबाट विदेश यात्रा गर्नुपूर्व माथि उल्लेखित प्रि-इनरोलमेन्ट फाराम भरी नेपालमा आफूलाई पायक पर्ने स्थानमा खोप लगाउनुहुन र क्युआर कोडसहितको प्रमाणपत्र बोकी यात्रा गर्नुपर्ने बताइएको छ ।

-इकाजबाट

२०७८ श्रावण १८, सोमबार २१:५१ गते 1 Minute 694 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।