२०८३ भाद्र ३१ बुधबार ०२

टर्कीमा एकैदिन २२ हजार भन्दा बढी सङ्क्रमित, दक्षिण कोरियामा पनि लगातार दैनिक हजारभन्दा बढी सङ्क्रमित थपिँदै

काठमाडौं ।

टर्कीमा शनिबार एकैदिन २२ हजार ३३२ जना कोरोनाभाइरसका सङ्क्रमित पहिचान गरिएकाे छ । गएको चौबीस घण्टामा दुई लाख ५९ हजार १९६ नमूना परीक्षण गरिएको थियो । टर्कीको स्वास्थ्य मन्त्रालयका अनुसार चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित ५७ लाख २७ हजार ४५ जना पुगेको छ ।

गएको चौबीस घण्टामा ७९ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । टर्कीमा हालसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ५१ ह्जार ३३२ पुगेको छ । गएको चौबीस घण्टामा पाँच हजार १०७ सङ्क्रमित कोरोनामुक्त भएका छन् । टर्कीमा गत जनवरी १४ मा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएकोमा हालसम्म चार करोड ९८ लाख ब्यक्तिले पहिलो डोज लगाइसकेका छन् । दुई करोड ७२ लाख ६० हजारले पूर्ण खोप लगाएका छन् ।

दक्षिण कोरियामा लगातार २६ औं दिन एक हजारभन्दा बढी सङ्क्रमित

दक्षिण कोरियामा लगातार २६ औं दिन एक हजार भन्दा बढी सङ्क्रमिको पुष्टि भएको छ । गएको चौबीस घण्टामा एक हजार ४४२ सङ्क्रमित थपिएका छन् । अघिल्लो दिनभन्दा चौबीस घण्टामा थपिएका सङ्क्रमित कम हो । अघिल्लो दिन एक हजार ५३९ सङ्क्रमित पहिचान गरिएको थियो ।

एएनआईका अनुसार हाल देखापरेको सङ्क्रमण राजधानी सोलसहित वरिपरिका क्षेत्रका छन् । नयाँ सङ्क्रमितमध्ये ४६९ जना सोलका र ३९३ जना ग्योङ्गी प्रान्तका छन् । राजधानी लगायतका शहरबाट गर्मीको बिदा मनाउन बाहिरिँदा ग्रामीण भेगतिर समेत फाटफुट सङ्क्रमित फेला परेको जनाइएको छ । दक्षिण कोरियामा हालसम्म एक लाख ९९ हजार ७८७ जना सङ्क्रमित भएका छन् ।

२०७८ श्रावण १७, आईतवार २३:२२ गते 0 Minutes 671 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।