२०८३ बैशाख १६ बुधबार ०८

बिजय शाहीले चर्चित अमेरिकी मेमोरी मास्टर नेल्सन डेलिसलाई कसरी ठगे ? हेर्नुहोस भिडियो

नेपालप्रेसबाट

काठमाडौं ।

अद्भुत स्मरणशक्ति भएको दाबी गर्दै आएका बिजय शाहीले अमेरिकी मेमोरि मास्टर नेल्सन डेलिसलाइ ठगेका छन् । विभिन्न युट्युब तथा टेलिभिजनहरुमा अन्तरवार्ता दिँदै हिड्ने शाहीले नेल्सन नेपालको सगरमाथा क्षेत्र आएको अवसरमा  अन्तरवार्ता दिएका थिए ।

विभिन्न नेपाली मिडिया र युट्युब च्यानल हेरेर धारणा बनाएका नेल्सनले बिजय शाहीको स्मरणशक्तिको प्रशंशा गर्दै दुइ भिडियो बनाएका थिए । सबैभन्दा सुरुमा अप्रिल १९ (वैशाख ६) मा उनले बनाएर अपलोड गरेको १९ मिनेट ५७ सेकेन्डको भिडियो डेढ लाखले हेरेका छन् । उनले जुलाइ १४ (असार ३०) मा बनाएर अपलोड गरेको भिडियो त झन्डै दश लाखले हेरेका छन् । बिजय शाहीको अन्तरवार्ता र उनले स्मरण गरेको कुरा राखेर भिडियो हालिएको छ । १ घन्टा १६ मिनेट ३९ सेकेन्डको उक्त भिडियो अत्यधिक चल्यो ।

लगत्तै डेलिसले हालसालै शनिवार साँझ २१ मिनेट २८ सेकेन्डको भिडियो हालेका छन् । जसमा उनले बिजयले आफूलाइ मुर्ख बनाएको स्विकार गरेका छन् । आफूलाइ शाहीले बिगत दुई वर्षबाट स्मरणशक्ति बढेको भन्दै ठगेको डेलिसले बताएका छन् । डेलिसले यसो भन्नु अगाडि मिसगाइडेड नेपाल नामक एक युट्युब च्यानलले शाहीले गरेको ठगीको एक एक कारण र तर्क सहित भिडियो सार्वजनिक गरेको थियो । जुलाइ १७ (साउन २) मा हालिएको उक्त भिडियो ८ लाख ६६ हजार बढिले हेरेका छन् ।

बिजय शाहीको स्मरणशक्ति बकवास भएको भन्दै आएकाहरुले डेलिसको भिडियो आएपछि आलोचना बढाएका छन् । नेपालको बेइज्यत गरेको भन्दै आलोचना भएको छ । सबैभन्दा सुरुमा युट्युबर भाग्य न्यौपानेले सार्वजनिक गरेका शाहीको अन्तरवार्ता ऋषि धमला लगायत थुप्रै टेलिभिजन प्रस्तोताहरुले लिएका छन् ।

उनी नेपाललाइ ‘शिक्षित बनाउने’ भन्दै विभिन्न सेलिब्रेटीहरुसँग पुग्दै आफ्नो स्मरणशक्ति भएको चिट गर्दै आएका थिए । युट्युब अन्तर्वार्ता दिदै हिड्ने पुन्य गौतमहरुको समुहले भने शाही फेक भएको सुरुबाटै दाबी गर्दै आएका थिए । नेपालीमाझ मात्रै चर्चा आएर विवादमा पर्ने शाही अहिले अमेरिकी प्रसिद्ध मेमोरी मास्टर डेलिससँग पनि त्यसै भएका छन् । उनको आलोचना डेलिसका विश्वभरका समर्थकहरुमाझ भएको छ ।

नेल्सन डेलिस अमेरिका र विश्वभरमा मेमोरी ग्रान्ड मास्टर्स देखी मेमोरी एथलेटको नाममा चिनिन्छन् । उनी चार पटक अमेरिकाको मेमोरि च्यापिम्पयन भएका थिए । उनी पब्लिक स्पिकर, लेखक र आरोहीपनि हुन् । उनैलाइ शाहीले ठगेका छन् ।

२०७८ श्रावण १०, आईतवार ०८:२१ गते 0 Minutes 1306 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार