२०८३ असार १ सोमबार १९

अब ब्लुबुकको सट्टा क्यूआर कोड स्क्यान गरे पुग्ने

काठमाडौं ।

ब्लुबुक बोकेर हिड्दा पानीले भिज्ने, च्यात्तिने, हराउने जस्ता समस्याले हैरान भोगिरहनुपरेका बेला बागमती प्रदेश सरकारले यस्तो प्रविधि भित्र्याएको छ । केही समय अगाडी मात्रै नेपाल सरकारले सम्पूर्ण सरकारी कामकाे लागि नागरिक एप सार्वजनिक गरेको थियो ।

क्यूआर स्क्यानबाट सूविधा दिने व्यवस्था भएसँगै अब ब्लुबुक साथमा बोक्नु नपर्ने भएको छ । सेवाग्राहीले आवश्यक परेको समयमा क्यूआर कोड स्क्यान गरेरै सेवा लिन सक्ने गरी शुक्रबार यातायात व्यवस्था सूचना प्रणाली कार्यान्वयनमा आएको छ ।

सेवाग्राहीले आफ्ना विवरण अनलाइनबाटै हेर्न, राजस्व तिर्न, बीमा गर्न एवं नवीकरण गर्न सक्ने गरी बागमती प्रदेशले अनलाइन प्रणाली सुरु सञ्चालनमा ल्याएकाे हाे । याे प्रणालीअन्तर्गत अनलाइनबाटै ट्राफिक प्रहरीले मोबाइल एप प्रयोग गरी सेवाग्राहीकाे भुक्तानीसम्बन्धी विवरण चेकजाँच गर्नसक्ने सुविधा पनि छ ।

‘ब्लुबुक बोकेर हिँड्नुपर्ने झन्झटबाट मुक्ति पाएका छौं,’ बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जिव बरालले भने, ‘सेवा दिने र लिने दुवै अनलाइन प्रणालीमा आबद्ध भएपछि अब सेवा प्रवाहमा सहजता आउनेछ ।’

राजस्व भुक्तानीपछि प्राप्त हुने क्यूआर कोडका आधारमा ट्राफिक प्रहरीले मोबाइल एपको प्रयोग गरी भुक्तानी विवरण चेकजाँचका गर्न सकिने उनले बताए ।

‘यो प्रणालीमा सेवाग्राही आफैंले राजस्वको विवरण हेर्न मिल्ने सिस्टम छ, जसमा ट्याक्स क्यालकुलेटर मोड्युल राखिएको छ,’ उनले भने, ‘घरबाटै मोबाइल एप वा मन्त्रालयको टीआईएमएसमा गएर विवरण हेर्न, राजस्व तिर्न, बीमा गर्न, ट्राफिक प्रहरीले माेबाइल एपबाट सेवाग्राहीकाे विवरण चेकजाँच गर्न र अनलाइनबाटै ई-टोकन लिई तोकिएको समयमा कार्यालयमा गई सेवा लिन सकिने सुविधा याे प्रणालीमा छ ।’

-टेकपानाबाट

२०७८ श्रावण ९, शनिबार १९:५० गते 1 Minute 1105 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।