२०८३ असार १ सोमबार १९

सिमकार्ड लिन अब नागरिकता र फोटो होइन डिजिटल केवाइसी (KYC)

काठमाडौं ।

नेपालमा माेबाइल टेलिफोन सेवा सुचारू हुँदाको वखत नागरिकता, फोटो र दस्तुर बुझाएको केही महिना पश्चात मात्र सिमकार्ड पाइन्थ्यो । केही वर्ष वितेपछि त्यतिका लामो समय कुर्नु नपर्ने व्यवस्था भयो । विकसित प्रविधिका कारण दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले नागरिकता बोकेर सेवाप्रदायकको कार्यालयमा सिमकार्ड लिन जानु पर्ने व्यवस्थाको अन्त्य गर्ने भएको छ । त्यसका लागि प्राधिकरणले डिजिटल केवाईसी (नो योर कस्टमर) अर्थात ग्राहक पहिचान विवरण सम्बन्धी सिस्टम लागू गर्ने भएको हो ।

प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत उक्त कार्यक्रम तय गरेको हो । जसमा प्राधिकरणले चालु आ.व.को अन्त्यसम्म डिजिटल केवाईसी सिस्टम कार्यान्वयनमा ल्याउने जनाएको छ । त्यसका लागि प्राधिकरणले ४० करोड बजेट छुट्याएको छ ।

‘सिमकार्ड लिन जाँदा सेवा सेवाग्राहीले नागरिकता, फोटोलगायतका आवश्यक कागजपत्र बोकेर जानुपर्ने दिनको अन्त्य गर्ने योजनाका साथ डिजिटल केवाईसीको तयारी गरिएको हो,’ प्राधिकरणका सहप्रवक्ता अच्चुतानन्द मिश्रले भने, ‘विशेषगरी यो सिस्टम राष्ट्रिय परिचयपत्रसँग जोडिने छ ।’

दूरसञ्चार सेवाप्रदायकको ग्राहकको जानकारीलाई सेमत राष्ट्रिय परिचयपत्रसँग जोड्ने गरी यो सिस्टम लागू गर्न लागिएको मिश्रले बताए । यसबाट दूरसञ्चार सेवाप्रदायकको ग्राहक पहिचान गर्न, ग्राहकले लिएका विभिन्न सेवाको पहिचान गर्नसमेत मद्धत पुग्ने उनकाे भनाइ छ ।

मिश्रका अनुसार यो सिस्टम लागू भएसँगै ग्राहकले राष्ट्रिय परिचयपत्र नम्बर बुझाएको भरमा कुनै पनि सेवा लिन सक्नेछन् । त्यसका लागि यो सिस्टम सेवाप्रदायकको सिस्टममा समेत जडान गरिने छ ।

साथै कुन ग्राहकले हालसम्म कुन सेवाप्रदायकको कति वटा सिमकार्ड लिएका छन भन्ने विवरण पनि याे प्रणालीबाट थाहा पाउन सकिने जनाइएकाे छ ।

-टेकपानाबाट 

२०७८ श्रावण ९, शनिबार १९:३३ गते 1 Minute 842 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।