काठमाडौँ
सरकारले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेता खनालको उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो ।
उक्त खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्रले दिल्लीस्थित नेपाली दूतावासमार्फत भुक्तानी गर्ने व्यवस्था गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयमा उल्लेख छ ।
‘पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्छ’ मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ ‘उक्त खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्रले दिल्लीस्थित नेपाली दूतावासमार्फत भुक्तानी गर्ने व्यवस्था गर्नेछ ।’
यसअघि सत्तारुढ नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्न नहुने बताएका थिए ।
अब माओवादी र जसपाले समर्थन फिर्ता लिएपनि सरकार ढल्दैन- विमलेन्द्र निधी
जनकपुरधाम । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले माओवादी र जसपाले समर्थन फिर्ता लिएपनि सरकार नढल्ने बताएका छन् ।
महोत्तरीको जलेश्वरमा जिल्ला पार्टी कार्यालय (महेश्वर सिंह स्मृति भवन) र सिंहकै शालिक अनावरण गर्दै उनले काँग्रेस नेतृत्वको सरकारले नै चुनाव गराउने बताए । काँग्रेससँग ६१ सिट मात्र रहेपनि प्रधानमन्त्री बनेका पार्टी सभापति शेरबहादुर देउवाले १६५ जनाको समर्थत प्राप्त गरेको कार्यकर्तालाई सुनाए ।
कार्यकर्तालाई उनले भने, ‘काँग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको छ । विगतमा कांग्रेसले चुनाव हारेकै कारण देशका हरेक क्षेत्रमा भाँडभैलो भएको छ । अब अगामी चुनावमा गाछी छापलाई जिताउने वातावरण बनाउनमा लाग्नुस् ।’
कसैलाई हराउनका लागि नभएर काँग्रेसलाई प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा जिताउनका लागि आफू १४ औं महाधिवेशनबाट पार्टीको सभापति बन्न चाहेको उनको भनाई थियो ।






