काठमाडौं ।
‘कमेडी च्याम्पियन’को विकिपेडियाको उपनामबाट परिचित विक्की अग्रवालले सिक्किमका मुख्यमन्त्रीबाट पाँच लाख नगद सहयोग पाएका छन् । दोस्रो सिजनमा प्रतिस्पर्धी रहेका उनलाई प्रतियोगितामा अगाडि बढाउनलाई चाहिने भोटको व्यवस्थाका लागि सो रकम उपलब्ध गराएको सिक्किमको चलचित्र बोर्डकी अध्यक्ष पूजा शर्माले जनाएकी छिन् ।
दोस्रो सिजनमा सिक्किमबाट सहभागी भएका विक्कीले आज र भोलिमा टप ६ का लागि प्रस्तुति दिँदैछन् । अघिल्लो हप्ता मात्र उनले टप ७ मा आफ्नो स्थान मजबुत बनाएका थिए । सिक्किमका मुख्यमन्त्री पिएस गोलेले विक्कीको परिवारलाई नगद हस्तान्तरण गरिएको पनि पूजाले जानकारी गराएकी छिन् ।

सिक्किमका मुख्यमन्त्रीबाट आर्थिक सहयोग पाएपछि प्रतिक्रिया दिँदै विक्कीले आफूले सिक्किमलाई गौरवान्वित बनाउने गरी काम गर्ने बताएका छन् । सिक्किमको चलचित्र विकास बोर्डकी अध्यक्ष पूजा शर्माले नाका खुलेमा मुख्यमन्त्रीले आफूलाई नेपाल नै गएर समर्थन गर्न आग्रह गरेको पनि जानकारी गराएकी छिन् ।
महामारीका कारण बीचैमा सुटिङ रोकिएको कमेडी च्याम्पियनले दुई हप्ताअघिबाट पुनः प्रसारण थालेको छ । विभिन्न राउन्ड हुँदै अगाडि बढेको कमेडी च्याम्पियन हरेक शुक्रबार र शनिबार प्रसारण हुँदै आएको छ । आज टप ७ मा रहेका ७ जना प्रतिस्पर्धीले कमेडी प्रस्तुत गर्दैछन् ।
‘असुर २’ फ्लोरमा, अरसद वारसी र वरुण सोबतीले निरन्तरता दिने
नामै नसुनेको ओटीटी प्लेटफर्म भुट सेलेक्टमा रिलिज भएर पनि चर्चामा रहन सफल वेब सिरिज ‘असुर’को दोस्रो भाग फ्लोरमा गएको छ । विज्ञान र मिथको सम्मिश्रण गरी बनाइएको क्राइम थ्रिलर विधाको यो वेब सिरिज सन् २०२० मा रिलिज हुँदा सामाजिक सञ्जालमा तरङ ल्याउन सफल भएको थियो ।
‘सेक्रेड गेम्स’को चर्चाको बीच पनि यसलाई धेरैलाई रुचाएका थिए र यसको दोस्रो भाग आउनु पर्ने माग गरेका थिए । अन्ततः यो सिरिज फ्लोमार गएको छ । यसका मुख्य अभिनेता अरसद वारसीले ट्वीट गर्दै यसको जानकारी दिएका छन् ।
थुप्रै उत्कृष्ट फिल्मको हिस्सा रहँदै आएका अरसद वारसीले यही सिरिजमार्फत ओटीटीमा डेब्यु गरेका थिए । अनुसन्धान अधिकृतको भूमिका निर्वाह गरेका अरसदलाई वरुण सोबतीले साथ दिएका थिए । दोस्रो भागमा पनि यो जोडी निरन्तर रहनेछ । सिरिजमा रिधी डोगरा, अनुप्रिया गोयन्का, शरिब हासमी आदि कलाकारको अभिनय रहेको थियो र दोस्रो सिजन पनि उनीहरूले निरन्तरता पाउनेछन् ।
-इकागजबाट 






