२०८३ असार १ सोमबार १९

कुमारी आमाले सन्तान जन्माएपछि बलात्कारको घटना बाहिरियो

पाल्पा ।

पाल्पाको तानसेन नगरपालिकाकी एउटी अविवाहित महिलाले सन्तान जन्माएपछि १० महिनाअघि उनी बलात्कृत भएको तथ्य प्रकाशमा आएको छ ।

अविवाहित रहेकै अवस्थामा उनले असार ३० गते छोरीलाई जन्म दिएकी थिइन् । तर नवजात शिशु बिरामी भइ उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा उनको निधन भएपछि घटना बाहिरिएको हो ।

पाल्पाका प्रहरी प्रवक्ता रामेश्वर त्वातीका अनुसार ती महिलालाई तानसेन नगरपालिकाकै  ४४ वर्षीय अजुर्न विकले बलात्कार गरेका थिए । बलात्कृत महिलाले गर्भधारण गरे पनि लामो समय घटना प्रकाशमा आउन सकेको थिएन ।

बलात्कृत महिलाले सोमबार जाहेरी दिएपछि विकलाई नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाइएको प्रवक्ता त्वातीले जानकारी दिए ।

सोधखोजपछि उनले १० महिनाअघि आफू बलात्कृत भएको खुलासा गरेपछि प्रहरीले बलात्कार आरोपितलाई नियन्त्रणमा लिएर कानुनी कारवाही सुरु गरेको प्रहरीको भनाइ छ ।

यो पनि

‘श्रीमानले विवाहकै दिन ब’ला’त्कार गरेको आरोप’

इजिप्टका महिला यौ नहिंसाबारे गरिने ‘तैँ चुप मै चुप’ को परम्परा तोडिरहेका छन् र वैवाहिक जीवनमा हुने ब ला त्कारमाथि खुलेर आफ्नो कुरा राखिरहेका छन् । यो एउटा यस्तो मुद्दा हो जसबारे इजिप्टमा कमै कुरा हुने गर्छ ।

चेतावनीः यो लेखमा यौ न हिंसाबारे कुरा गरिएको छ ।

३४ वर्षकी सफाको विवाह भएकै दिन उनका श्रीमानले उनलाई ब ला त्कार गरे । उक्त यौन हमलामा उनको गुप्ताङ्ग, नाडी र अनुहारमा चोट लाग्यो ।

उनी भन्छिन्, ‘म महिनावारी भइरहेकी थिएँ र म यौ न सम्बन्धका लागि तयार थिइनँ । मेरा श्रीमानलाई लाग्यो कि म उनीसँग सम्बन्ध स्थापित नगर्न बहाना बनाइरहेकी छु । उनले ममाथि कुटपिट गरे, मेरो हात बाँधिदिएँ, मेरो मुख दबाए र ब ला त्कार गरे ।’

सामाजिक बदनामीको डरले सफाले आफ्ना श्रीमानविरुद्ध मुद्दा दर्ता गरिनन् ।

इजिप्टको समाज पितृसत्तात्मक छ र त्यहाँ पीडित महिलामाथि नै आरोप लगाइने संस्कृति छ ।

सफालाई त्यतिबेला यस विरुद्ध आवाज उठाउनुपर्छ जस्तो लाग्यो जब उनले टिभीमा प्रसारित धारावाहिक न्यूटन्स क्रेडलको एउटा दृश्य देखिन् । यसमा एक श्रीमानले आफ्नी श्रीमतीलाई ब ला त्कार गरिरहेको देखाइएको थियो ।

यो दृश्य देखेर ती महिलालाई आफूमाथि भएको उत्पीडनको याद ताजा भयो । यसले उनलाई यसबारे सोसल मिडियामा खुल्ला रुपमा कुरा गर्न र आफ्नो अनुभव साझा गर्ने मौका पनि दियो ।

केही हप्ताभित्रै सयौं महिलाले सोसल मिडियामा आफूमाथि भएको अत्याचारबारे लेखे । फेसबुकमा स्पीक अप नामबाट बनाइएको एउटा पेजमा सात सयभन्दा बढी महिलाले आफ्नो कुरा राखे ।

२०७८ श्रावण ५, मंगलवार २३:३४ गते 0 Minutes 456 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।