काठमाडौं ।
कोरोना महामारीको सुरुआतमा विज्ञहरूलाई कोभिड-१९ ले मानिसको रोमान्टिक जीवनलाई बर्बाद गरिदिने चिन्ता थियो । तर, पछिल्लो एक सर्वे अनुसार महामारीको परिणाम ठीक बिपरीत आएको छ ।
मनमाउथ विश्वविद्यालयले गरेको सर्वेअनुसार ७० प्रतिशत रिलेशनसिपलाई लिएर खुशी छन् । यो आँकडा गत फेब्रुअरीमा भएको सर्वेको तुलनामा १० प्रतिशतले बढी हो ।
यो आँकडा हेर्दै पार्टनरसिप साइकोलोजिस्ट डा. ग्यारी लेवान्डोस्की भन्छन्, ‘हामी सम्बन्धप्रति कस्तो धारणा राख्छौं, त्यसले आउन सक्ने समस्या बुझ्न सहयोग हुन्छ ।’
महामारी हुँदा वा नहुँदा सम्बन्धमा नजिकपन नआउने बरू दुई जनाबीच हुने सम्झौताले सम्बन्ध बलियो बनाउने उनी बताउँछन् ।
कोरोनाभाइरसको महामारीका कारण बाहिर निस्किने अवस्था नरहेको र घरमा सँगै बस्दा एकअर्कालाई बुझ्न पर्याप्त समय हुनुले पनि सम्बन्धलाई मजबुत बनाएको विज्ञ बताउँछन् ।
सर्वेमा भाग लिएका कतिपय प्रेमी तथा दम्पत्तिले महामारीको समयमा शारिरीक सम्बन्ध पनि धेरै हुने गरेको र त्यसले विगतमा झैँ हुने गरेका झगडामा कमी आएको प्रतिक्रिया दिएका छन् ।
-नेपालप्रेसबाट
के हो से क्स र उमेरबीचको सम्बन्ध? अध्ययनले यस्तो देखायो
बृद्धअवस्था र दीर्घजीवन यी दुई चिज कसैको नियन्त्रणमा हुँदैन् । यद्धपी विज्ञानलाई विश्वास गर्ने हो भने अध्ययन, शारीरिक व्यायम र स्वस्थ खानपान जस्ता बानीले जीवनलाई केही बर्ष बढाउन सक्छ । एक स्वस्थ शरीरका लागि यी तीन चिजका अलावा अध्ययनकर्ताहरुले अर्को एक चिज समेत थपेका छन् । त्यो हो से क्स ।
अनुसन्धानकर्ताहरुहरु भन्छन्, नियमित यौ न सम्पर्क (से क्स) गर्ने व्यक्तिमा गम्भिर बिरामी हुने सम्भावना कम रहन्छ । उनीहरुले नियमित यौ न सम्पर्कबाट शारीरिक सन्तुष्टि मात्रै होइन यसले मुड राम्रो बनाउँछ, इम्युन सिस्टम बृद्धि गर्दछ, उच्च रक्तचाप नियन्त्रणमा राख्छ र मुटु रोगबाट समेत बचाउँछ । जसबाट मानिसको आयू बृद्धि गर्न मद्धत गर्दछ ।
न्यु इङल्याण्ड रिसर्च इस्टिच्युटका अनुसन्धानकर्ताहरुले से क्स र मुटु रोगको बिरामीलाई जोडेर एक अध्ययन गरेका थिए । यो अध्ययनमा ६५ बर्ष भन्दा कम उमेरका १ हजार १२० पुरुष र महिला सहभागी थिए । यो अध्ययन्को नतिजा २२ बर्ष पछि आएको छ । अध्ययनले नियमित से क्स गर्ने व्यक्तिमा मुटुरोगको खतरा कम हुन्छ ।
अध्ययन नतिजाले यो पनि भनेको छ कि सक्रिय यौ न जीवनमा रहेको व्यक्तिमा यदि हृदयघात भइहाल्यो भने पनि त्यसले ज्यानै जाने सम्भावना कम हुन्छ । अध्ययन् अनुसार जो व्यक्ति सातामा एक पटक से क्स गर्ने गर्दथ्यो, त्यो व्यक्तिमा हृदयघात आइहाले पनि ज्यान जाने सम्भावना २७ प्रतिशत कम पाइयो । र जो व्यक्ति कहिलेकाही से क्स गर्दथे यस्तो व्यक्तिमा हृदयघात भै हाले ज्यान जाने सम्भावना ८ प्रतिशत कम देखिथ्यो ।
अध्ययनमा से क्स अघि र पछिको आफ्नो पाटनरसंगको लगावको बारेमा समेत समेत खोजी गरिएको थियो । त्यसमा सातामा एक पटक से क्स गर्ने व्यक्तिको उमेर ३७ प्रतिशत सम्म बढ्ने बताइएको छ । यो सम्वन्धी अध्ययन भने पहिलो भने होइन । से क्सको र आयूको सम्वन्धमा केही बर्ष अघि अमेरिकन जर्नल अफ कार्डियोलोजीमा पनि यस्तो अध्ययनको नतिजा प्रकाशित भएको थियो ।
सो अध्ययनमा जो पुरुष कम से क्स गर्दछ उसमा मुटु रोगको समस्या र यौ न उत्तेजना नहुने समस्यासमेत बढदै जान्छ । जो पुरुष से क्समा सक्रिय हुन्छन उनीहरुमा शारीरिक व्यायम गर्ने क्षमता समेत बढी हुन्छ र शरीर स्वस्थ रहन्छ ।






