काठमाडाैँ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले साउन ६ गते बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले निःशुल्क खोप उपलब्ध गराउन खोप उत्पादन गर्ने कम्पनीहरुलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा साढे चार बजेबाट बैठक जारी रहेको छ । मन्त्रिपरिषदले संसद अधिवेशन अन्त्य गर्नेबारे छलफल गरेर निर्णय गर्नसक्ने एक मन्त्रीले जानकारी दिएका छन् । ‘सम्भव त संसद अधिवेशन अन्त्य गर्नेबारेमा छलफल र निर्णय हुनसक्छ । बाँकी दैनिक काम कारवाहीका विषयमा छलफल हुन्छ’, ति मन्त्रीको भनाइ छ ।
देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बालकृष्ण खाँड ,अर्थमन्त्री जनार्दन शर्मा ,उर्जामन्त्री पम्फा भुसाल ,कानुन तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्की रहेका छन्
ऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको शिष्टाचार भेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित ऊर्जामन्त्रीको सचिवालयमा भएको भेटमा नेपाल–भारतबीचको आपसी सम्बन्ध र विकासका विविध विषयमा छलफल भएको मन्त्री भुसालको सचिवालयले जनाएको छ ।
सो अवसरमा ऊर्जामन्त्री भुसालले परापूर्वकालदेखि दुई देशबीचका जनताबीच रहीआएको आपसी सम्बन्धलाई अझ सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको विकासमा भारत सरकारले पु¥याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा निरन्तर सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री भुसालले नेपाललाई विद्युत् आवश्यक परेका समयमा आयात गर्न सक्ने र बढी भएका समयमा निर्यात गर्न सक्ने अवस्था शुरु भएको भन्दै आगामी दिनमा ऊर्जा र सिंचाइका क्षेत्रमा सहज सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भारतसँग सामाजिक र संस्कृतिक क्षेत्रमा सहकार्य हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा ती क्षेत्रमा पनि सहकार्य हुने बताउनुभयो ।
सो अवसरमा राजदूत क्वात्रले मन्त्रीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा सबै क्षेत्रमा सहकार्य हुने बताउनुभयो । उहाँले ऊर्जा विकासका क्षेत्रमा आफूहरु हमेशा सहकार्य गर्दै अगाडि बढ्ने उल्लेख गर्नुभयो । उहाँले ऊर्जा र सिँचाइमात्र नभई शिक्षा, स्वास्थ्यका क्षेत्रमा निरन्तर सहकार्य गर्ने बताउनुभयो ।






