२०८३ असार २ मंगलवार ०२

देशको ७७ वटै जिल्लामा जोन्सन खोप लगाइँदै, प्रधानमन्त्री देउवाद्वारा खोप अभियान शुभारम्भ

काठमाडौं ।

स्वास्थ्य मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि सुरु भएको जोन्सन एन्ड जोन्सन खोप अभियानको शुभारम्भ गरेका छन् ।

जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताल पुगेर देउवाले अभियान शुभारम्भ गरेका हुन् । उनले उक्त खोप केन्द्रको निरिक्षण समेत गर्दै भीडभाड नगरी खोप लगाउन निर्देशन दिए ।

स्वास्थ्य सचिव लक्ष्मण अर्याल र मन्त्रालयका अन्य पदाधिकारीलाई सँगै लिएर त्यहाँ पुगेका देउवाले खोप केन्द्रको उचित व्यवस्थापन गरेर खोप लगाउन निर्देशन दिए ।

जोरपाटीको उक्त खोप केन्द्रमा तिब्बती शरणार्थीले पनि खोप लगाउने जनाइएको छ । देउवाले वीर, पाटन, शिक्षण अस्पताल लगायतका अन्य खोप केन्द्रको समेत निरिक्षण गर्ने भएका छन् ।
मुलुकका ७७ वटै जिल्लामा आजदेखि जोन्सन खोप अभियान सुरु भएको छ ।
-नेपाल प्रेसबाट

प्रधानमन्त्री देउवा र मोदीबीच टेलिफोन वार्ता

 प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । वार्ताको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ विरुद्धको खोप चाँडै आपूर्ति गर्ने आश्वासन दिनुभएको छ । भारतीय प्रधानमन्त्रीले बधाई दिनका लागि फाेन गर्नुभएकाे र साे क्रममा प्रधानमन्त्री देउवाले नेपालले पाउन बाँकी खाेप चाँडाे पठाउन पहल गर्न आग्रह गर्नुभएकाे प्रम देउवाका स्वकीय सचिव भानु देउवाले बताउनुभयाे ।

प्रधानमन्त्री देउवा र मोदीबीच आज अपराह्न टोलिफोन वार्ता भएको जानकारी प्रधानमन्त्री देउवाको आधिकारिक ट्वीटरमार्फत पनि साझा गरिएको छ । प्रधानमन्त्री देउवाले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई अझै बढी सुदृढ बनाउनुपर्ने विचार आदानप्रदान भएको बताउनुभएको छ ।

मोदीले यसअघि आइतबार राति ट्वीटरबाटै प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा देउवालाई बधाई तथा शुभकामना दिनुभएको थियो । आज अपराह्न भने टेलिफोन गरेर बधाई दिनुभएको हो ।

भारतले अनुदानमा १० लाख खोप उपलब्ध गराएको थियो । लगत्तै नेपालले कोभिशिल्डको २० लाख खोप खरिद गर्ने सम्झौता गर्न पुग्यो । उक्त खरिद खोपमध्ये पहिलो खेपको खोप आइपुग्दा दोस्रो खेप अझै आइपुगेको छैन । जसले गर्दा खोप अभियान प्रभावित बन्न पुगेको छ । टेलिफोन वार्ताको क्रममा भारतीय प्रधानमन्त्री मोदीले खोप आपूर्ति छिट्टै गर्ने आश्वासन दिनुभएको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ ।

२०७८ श्रावण ४, सोमबार ११:५९ गते 1 Minute 928 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।