२०८३ असार १ सोमबार २३

जापानमा शुरू भयो खोप पासपोर्ट, जुलाई २६ देखि आवेदन स्वीकार गर्ने

टोकियो ।

जापानले २६ जुलाईदेखि खोप लगाई सकेका नागरिकलाई अन्तर्राष्ट्रिय यात्राको लागि बाटो खोलिदिन ‘खोप राहदानी’ को प्रावधानलाई अघि बढाउने भएको सरकारका प्रवक्ताले आइतबार जानकारी गराउनुभएको छ ।

घरेलु आर्थिक गतिविधिहरूलाई राहत दिनका लागि ‘खोप राहदानी’ प्रयोग गर्ने बिषयमा छलफल भइरहेको तर अन्तिम निर्णय भने भइनसकेको मुख्य क्याबिनेट सचिव काट्सुनोबु काटोले एनएचके टिभी कार्यक्रममा बताउनुभयो ।

व्यवसायी र सामान्य नागरिकलाई फरक हुने गरी सरकारले निर्णय गर्न नचाहेको तर महामारीका कारण व्यवसायिक गतिविधि रोकिँदा राज्यको अर्थतन्त्रमा पर्ने प्रभाबका कारण सरकारले व्यवसायी तथा विदेशमा कामगर्न जाने नागरिकलाई लक्षित गरेर ‘खोप राहदानी’ बारे छलफल अघि बढाएको उहाँले बताउनुभयो ।

खोप प्रमाणपत्रहरू नगरपालिकाद्वारा जारी आधिकारिक रेकर्ड हुनेछ । यसले खोपको मिति र स्थान, नाम र राहदानी नम्बर जस्ता व्यक्तिगत जानकारी दिनेछ । जुलाईको अन्त्यसम्म कागजी प्रमाणपत्र को रूपमा यसलाई जारी गरिने छ र पछि यसलाई डिजिटलमा परिणत गर्ने सोच पनि राखिएको छ ।

जापानको केइदानरेन भनेर चिनिने सबैभन्दा ठूलो व्यावासायिक संगठन जापान बिजनेस फेडरेशन कार्यक्रमको क्षमता बढाउन र जापानमा रेस्टुरेन्ट छुटमा पनि प्रमाणपत्र प्रयोग गर्ने सल्लाह दिएको छ । खोप प्रमाणपत्रहरू यूरोपेली संघ र दक्षिण पूर्व एशियाली राष्ट्रहरूको सदस्य राष्ट्रहरूमाका अन्तर्राष्ट्रिय यात्रीहरूको लागि पनि पेश गरिएको छ ।

प्रधानमन्त्री योशीहाइड सुगाको सरकारले जापानमा खोप अभियानलाई पछिल्ला केही सातादेखि वृद्धि गरिरहेको छ ।

फिलिपिन्समा पाँच हजार २०४ सङ्क्रमित थपिए

तस्विर-बिजनेश वल्र्ड

फिलिपिन्समा कोरोनाभाइरसका पाँच हजार २०४ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा एक सय जना सङ्क्रमितको मृत्यु भएको छ ।

फिलिपिन्सको स्वास्थ्य मन्त्रालयले गएको चौबीस घण्टामा थपिएका मृतकसँगै हालसम्म कोरोना सङ्क्रमणले २६ हजार १५ जनाको ज्यान गएको जनाएको छ ।

करीब ११ करोड जनसङ्ख्या रहेको फिलिपिन्सले हालसम्म एक करोड ४५ लाखभन्दा बढी नमूना परीक्षण गरेको छ । फिलिपिन्सले हालसम्म एक करोड ३२ लाख डोज खोप लगाएको छ । जसमध्ये ३५ लाख ब्यक्तिले दुबै डोज लिएका छन् ।

फिलिपिन्सले यसवर्षभित्र सात करोड जनसङ्ख्यालाई खोप लगाइसक्ने लक्ष्य लिएको छ ।

२०७८ श्रावण २, शनिबार ०८:४३ गते 0 Minutes 519 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।