बर्लिन ।
अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी ९३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोपमा हालसम्म १०८ जनाको मृत्यु भएको जनाइएको छ ।
धेरैको क्षति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा ११ जनाको मृत्यु हुनको साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढी रहेको बताइएको छ । जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ ।
प्रकोपबाट ४३ व्यक्तिको मृत्यु भएको बताइएको छ । यस क्षेत्रमा यसअघि नै ३१ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रवार उक्त क्षेत्रमा धेरै पानी पर्ने पूर्वानुमान गरिएको छ ।
विज्ञहरूले जलवायु परिवर्तनका कारण मौसमको कठोर प्रभावका घटना तीव्र रूपमा दोहरिरहने ठानिएको तर कुनै एक्लो घटनालाई त्यससँग जोड्नु जटिल भएको बताएको छ । नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिनु भएको छ ।
हाल अमेरिका भ्रमणका क्रममा रहेकी जर्मनीकी चान्सलर एंगेला मर्केलले राष्ट्रपति जो बाइडेनसँग भेट गर्नुअघि उक्त बाढीलाई विपद्को संज्ञा दिनु भएको छ ।
जर्मनीमा ९३ जनाको मृत्यु, एक सयभन्दा बढी बेपत्ता

तस्विर-गेट्टी इमेजेज
जर्मनीमा बाढीमा परेर ९३ जनाको मृत्यु भएको छ । निरन्तर वर्षापछि आएको बाढी दशकौंपछि ठूलो क्षति पुर्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पश्चिमी जर्मनीको र्हानल्याण्ड पेलेटिनेट र उत्तरी वेष्टफालियामा मात्रै ९३ जनाले ज्यान गुमाएको बीबीसीले उल्लेख गरेको छ । जर्मनीको आन्तरिक मामिला मन्त्री स्टिफन मेयरले करिब एक हजार तीन सय ब्यक्ति सम्पर्क बाहिर रहेको बताउनुभएको छ ।
अह्रेलर जिल्लामा कम्तिमा एक हजार ५ सय ब्यक्ति सम्पर्कविहीन भएका छन् । सात सय बासिन्दा रहेको शुड गाउँ पूर्ण रुपमा ध्वस्त भएको छ ।
बेल्जियन सीमा नजिकको रुर्टलस्पेर ड्याम खतराको चिन्हभन्दा माथि बग्दा ठूलो क्षति पुर्याएको छ ।
अर्फस्टड शहरमा दुई घर भत्किदा उद्धारकत्र्ता उद्धारका लागि शहरको प्रभाबित क्षेत्रमा पुगेका छन् । उद्धारकत्र्ताले घरमा फसेका ब्यक्ति समक्ष पुग्न असमर्थ देखिएको बताएका छन् । शहरभित्र हिंडडुल गर्न डुङ्गाको सहायता लिइएको छ ।
वल्लोनिया क्षेत्रमा २१ हजार सर्वसाधारण विद्युत आपूर्ति ठप्प भएको छ । अधिकारीहरुले लैज क्षेत्रका बासीलाई छिट्टै घर खाली गर्न भनिएको र त्यसो गर्न नसक्नेलाई माथिल्लो तल्लामा सर्न आग्रह गरेका छन् ।






