२०८३ बैशाख १७ बिहीबार ००

१५ वर्षीया विद्यार्थीमाथि यौ ‘न दुराचार गर्ने प्रअ पोखराबाट पक्राउ

पोखरा ।

पोखरामा आफ्नै विद्यार्थीमाथि यौ ‘न दुराचार गर्ने प्रधानाध्यापक पक्राउ परेका छन् । पोखरा महानगरपालिका २२ को ओखलेडाँडा भुम्दिकोट माविका प्रधानाध्यापक विश्वराज बास्तोला बाल यौ ‘न दुराचारमा पक्राउ परेका हुन् ।

१५ वर्षीया छात्रामाथि उनले दुराचार गर्ने गरेको पाइएपछि पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताए । हमालका अनुसार ती छात्रा पछिल्लो समय मानसिक समस्याबाट गुज्रिएकी थिइन् ।

उनलाई अभिभावकले पटकपटक अस्पताल लगेपनि शारीरिक अस्वस्थता भने नदेखिएपछि घरमै सोध्दा शिक्षकले दुव्र्यवहार गर्ने गरेको ती बालिकाले बताएको प्रहरी बताउँछ ।

‘शारीरिक बिरामी केही रहिनछन्, जोक्र्याउने मात्र हुने भएपछि अस्पताल लैजाँदा केही नदेखिएपछि फकाएर सोध्दा दुव्र्यवहार बारे बोलिछन्,’ हमालले बताए ।

प्रअले दुर्व्यवहार गरेको बताएपछि परिवार र गाउँले मिलेर बास्तोलालाई कुटपिट गरेका थिए । बास्तोलामाथि कुटपिट भएको जानकारी पाएपछि छोरेपाटन प्रहरी गएर बास्तोलालाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगेको थियो । बालिकाको परिवारसँग कुटपिट बारे सोध्दा दुव्र्यवहार भएको बताएपछि प्रहरीले जाहेरी दिन लगाएको थियो ।

बालिकाको परिवारले बुधबार प्रहरीलाई जाहेरी दिएको थियो । जाहेरीमा आफूमाथि पटकपटक यौन दुव्र्यवहार भएको, प्रअले म्यासेजमा अश्लिल सन्देश पठाउने गरेको उल्लेख छ । प्रअ बास्तोलालाई प्रहरीले पक्राउ गरी प्रारम्भिक बयान समेत लिइसकेको छ । बयानमा बास्तोलाले दुव्र्यवहार नगरेको बताएको प्रहरी बताउँछ । ‘बयानमा त मैले गरेको होइन भनेको छ,’ प्रवक्ता हमालले बताए ।

-इकागजबाट

२०७८ असार २७, आईतवार ००:०३ गते 1 Minute 510 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार