२०८३ बैशाख १७ बिहीबार ००

मन्त्रिपरिषद्को निर्णय: बुर्लाकोटी र तिवारी सचिवमा बढुवा

काठमाडौँ ।

सरकारले २ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ १ जना र प्राविधिकतर्फ १ जना गरी २ जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रशासनतर्फ एक नम्बरमा सिफारिस भएका मधुसुधन बुर्लाकोटी र प्राविधिक तर्फ पनि एक नम्बरमा सिफारिस भएका शुशिल चन्द्र तिवारी बढुवा भएको उनले बताए । बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीमा थिए भने तिवारी लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिहंदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ एक सचिवमा बढुवाका लागि १ नम्बरमा बुर्लाकोटी २ नम्बरमा कृष्णहरी पुष्कर र ३ नम्बरमा खगेन्द्र प्रसाद नेपालको नाम सिफारिस गरेको थियो । यस्तै प्राविधिकतर्फ पनि बढुवा समितिले १ नम्बरमा तिवारी, २ नम्बरमा गोपाल सिग्देल र ३ नम्बरमा राजेन्द्र प्रसाद खनालको नाम सिफारिस गरेको थियो ।

बुर्लाकोटी र तिवारीको नाम यस अघि २ पटक बढुवाका लागि सिफारिस भइसकेको थियो । उनीहरु बढुवा भएसँगै रिक्त रहेका संघीय मन्त्रालय तथा प्रदेश प्रमुख सचिवमा पदस्थापन हुनेछन् ।
-नेपालप्रेसबाट

२०७८ असार २१, सोमबार २०:३२ गते 1 Minute 819 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार