काठमाडौं ।
कोरोना भाइरस (कोभिड-१९) का कारण देशमा लामो समय लकडाउन भयो । यसको प्रत्यक्ष असर धेरै व्यवसायीहरूमा पर्न गयो । महामारीको कारण सार्वजनिक यातायात सञ्चालनमा नआएको झण्डै २ महिना बितिसक्दा समेत अझै सुचारू हुन सकेको छैन । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकले जारी निषेधाज्ञाको बारेमा समिक्षा गर्दै केही थप निर्णय गर्ने भएको छ ।
स्वास्थ्य सुरक्षाा मापदण्ड पूर्ण रूपमा पालना गरी यातायात चलाउनुपर्ने माग यातायात व्यवसायीको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटटराईले आज बस्ने बैठकले सार्वजनिक यातायात जोरविजोर नियम हटाउने वा नहटाउने भन्ने विषयमा निर्णय गर्ने बताउनुभयो । साथै जारी निषेधाज्ञा एक हप्ता थप गर्ने तयारी समेत भएको छ । यस अघिको बैठकले २५ सिटभन्दा माथिका गाडी चलाउन दिइएकोमा अव थपिने निषेधाज्ञामा माइक्रो बस र टेम्पोलाई पनि सञ्चालन गर्न दिने विषयमा निर्णय आउन सक्ने उहाँले बताउनुभयो ।
लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न भने तत्काल नदिइने भएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि (सोमबार) राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।