२०८३ असार १ सोमबार १९

सिन्धुपाल्चोकमा अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित

सिन्धुपाल्चोक ।

देशमा जातीय मुद्दा उठीरहेको छ । कतै गैर दलितले दलित समुदायका व्यक्तिहरूलाई कोठा समेत नदिएको खवरहरू सुनिरहेका बेला सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिकाले भने यस क्षेत्रमा उदाहरणीय काम गरेको छ । सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिकाले अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई नगद सहित सम्मान गरेको छ ।

अन्तरजातीय विवाहकै कारण समाज तथा परिवारमा विभेदको समस्या खेपीरहेका उदाहरणहरू प्रशस्तै छन् । यस्ता घटनाका बावजुत पनि अन्तरजातीय विवाह गरेका चौतारा साँगाचोकगढी नगरपालिका–९ का युनिक विक पोखरेल र राधिका गिरी, वडा नं. ५ का कृष्ण विक र शर्मिला नेपालीलाई नगद पाँच/पाँच हजारसहित नगरप्रमुख अमानसिं तामाङले सम्मान गरेका हुन् । समाजमा जातीय विभेद अन्त्य गरी सबै मानव समान हुन् भन्ने सन्देश प्रवाह गर्दै कोही मानिस अछुतो छैन भन्ने संकेतको रूपमा सम्मान कार्यक्रमको आयोजना गरिएको हो ।

नगरस्तरीय दलित समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा दलित समुदायबाट शहिद हुने गोरेबहादुर पुर्कोटी, मोहन विक र निरबहादुर विकको परिवारलाई पनि पाँच/पाँच हजारसहित सम्मान गरिएको थियो ।

२०७८ असार १७, बिहीबार ०९:०७ गते 0 Minutes 1254 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।