२०८३ असार २ मंगलवार ०२

उपत्यकामा निषेधाज्ञा १ हप्ता थपः सार्वजनिक यातायात सिमित गरी चलाउने तयारी

काठमाडौं ।

उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले सोमबारमात्रै निषेधाज्ञाबारे निर्णय गर्ने भएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको संयुक्त बैठक आइतबार साँझ बसेको थियो। सो बैठकमा निषेधाज्ञालाई कसरी थप व्यवस्थित गर्ने बारेमा छलफल भएको भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

उनका अनुसार निषेधाज्ञालाई थप एक हप्ता निरन्तरता दिन लागिएको छ। यसबारे सम्पूर्ण निर्णयहरू सोमबार बिहान १० बजे आदेश जारी गर्ने उनले बताए। त्यस्तै, सार्वजनिक यातायात पनि खुला गर्ने तयारी भएको छ।

‘छलफलमा अहिलेकै अवस्थालाई निरन्तरता दिने कि अलिकति लुज डाउन गरेर लैजाने भन्ने भयो। लुज गर्दा सार्वजनिक यातायातहरूलाई सीमित गरेर चलाउन दिने सम्भावना छ,’ उनले भने। यसको टुंगो भोलिमात्रै लाग्ने प्रजिअ भट्टराईले बताए।

 

-सेतोपाटी अनलाइन

२०७८ असार १३, आईतवार १९:०३ गते 1 Minute 553 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।