२०८३ बैशाख १६ बुधबार १२

कोभिड अपडेटः ९ हजार भन्दा बढी संक्रमितकाे मृत्यु, १ हजार ३५३ संक्रमित थपिए

काठमाडाैं ।

पछिल्लो २४ घण्टामा थप एक हजार ३५३ जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छ हजार जनामा गरिएको पीसीआर परीक्षणमा साे संख्यामा संक्रमित भेटिएका हुन् । यस्तै, तीनहजार ८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौं उपत्यकामा ४२४ जना रहेका छन् । काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना गरी ४२४ जना काेराेना भाइरसका नयाँ क्रमित भेटिएका पुष्टी भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या तीनहजार सात रहेको छ ।

नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा पाँच लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् । यस्तै, पछिल्लाे २४ घण्टामा ३४ जना विरामी मृत्यु भएको छ । याेसँगै अहिलसम्म नाै हजार नाै जनाको मृत्यु भएको छ ।

२०७८ असार १३, आईतवार १८:५७ गते 0 Minutes 625 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार