भकुण्डे ।
काभ्रेको नमोबुद्ध नगरपालिकाको दशौँ नगर सभाले आगामी आर्थिक वर्षका लागि ६५ करोड ५९ लाख रुपियाँको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहिबार आयोजित दशौँ नगर सभामा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ६५ करोड ५९ लाख ४७ हजार ५ सय ३० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् । जसमध्ये चालुतर्फ ५० करोड ७७ लाख र पुँजीगततर्फ १४ करोड ८२ लाख ४७ हजार ५ सय ३० रुपैयाँ खर्च प्रस्ताव गरिएको छ ।
नगर प्रमुख तिमल्सिनाले स्थानीय सरकार, उत्तरदायी सरकार, विकाशशील सरकार, जनमुखी सरकार, बलियो सरकार राष्ट्र समृद्धि सरकार हामी सबैको उन्नतिको आधार भन्ने मान्यतासहित नीति तथा कार्यक्रम तयार पारिएको बताए । नगरपालिकाले आगामी आर्थिक बर्षमा प्रत्येक वडामा एउटा गौरवको आयोजना सञ्चालन गर्ने नीति तय गरेको छ । समृद्ध नगरको अभियानलाई मुर्तरुप दिने गरी नीति तथा कार्यक्रम तय गरिएको र त्यसको प्रभावकारीरुपमा कार्यान्वयन गर्ने नगर प्रमुख तिमल्सिनाले बताए ।
नगर प्रमुख तिमल्सिनाले कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका लागि अग्रपंक्तिमा रही उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई नमोबुद्ध कोरोना योद्धा सम्मानको व्यवस्था गर्ने जानकारी पनि दिएका छन् । सुत्केरी हुने महिलालाई वडा कार्यालयमार्फत निःशुल्क एम्बुलेन्स वा अन्य यातायातको व्यवस्था गर्ने, एक घर एक आयुर्वेदिक औषधीको विरुवा रोपन कार्यक्रम सञ्चालन गर्ने, सुत्केरीसँग उपमेयर तथा गर्भवती महिला पोषण कार्यक्रम सञ्चालन गर्ने नीति पनि नमोबुद्ध नगरपालिकाले लिएको छ ।
महिला र बालबालिकामैत्री नीति तथा कार्यक्रमलाई जोड दिँदै नमोबुद्धले दुई छोरी मात्र जन्माएर स्थायी परिवार नियोजन गर्ने दम्पतीलाई सम्मान गर्ने घोषणा पनि गरेको छ भने नमोबुद्ध नगरको इच्छा, छोरी बुहारीलाई रोजगारी र उच्च शिक्षा भन्ने नारालाई सार्थक बनाउने तथा किशोरीहरुलाई विभिन्न खाले हिंसाबाट बच्न आत्मरक्षा तालिम सञ्चालन गर्ने तथा बालश्रममुक्त नगर घोषणा गरिने नगर प्रमुख तिमल्सिनाले बताए ।
नमोबुद्धले नगरका प्रत्येक वडामा कृषि औजार बैंक स्थापना गर्ने नीति तय गरेको छ भने किसानका गरा सधैं हराभरा मेरो कृषि मेरो पौरख नारासहित आगामी आर्थिक बर्षमा नमोबुद्ध युवा नवप्रवर्तन कृषि कार्यक्रम सञ्चालन गर्ने नीति तय गरेको छ । यस्तै सबै वडामा पशु तथा कृषि बिमा कार्यक्रम विस्तार गर्ने, एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने, नगरभित्रै शीत भण्डारको व्यवस्था गर्ने, आधुनिक पशुपंक्षी बधशाला तथा कोल्डस्टोर स्थापनाका लागि पहल गर्ने नगरप्रमुख तिमल्सिनाले जानकारी दिए । यस्तै डिजिटल कृषि, कृषकको हातमा सूचना प्रणाली कार्यक्रम सञ्चालन गर्ने, नमोबुद्ध सिड बैंक स्थापना गर्ने तथा पाडी संरक्षण कार्यक्रम सञ्चालन गर्ने तिमल्सिनाले बताए ।
यस्तै पर्यटन उद्यमीको हात नमोबुद्धको साथ नारासहित उद्योग, पर्यटन सहकारी तथा संस्कृति प्रर्वद्धनसम्वन्धी नीति तथा कार्यक्रम तय भएको छ । शिक्षा क्षेत्रको विकासका लागि पहिलो अक्षर क लेखौं आफ्नै सामूदायिक विद्यालयबाट कार्यक्रम सञ्चालन गर्दै सामूदायिक विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्दै शिक्षामा गुणस्तर वृद्धि गर्ने नीति तय भएको छ । विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि प्रधानाध्यापकसँग कार्यसम्पादन करार गर्ने, नगरभित्र कानुन तथा सामाजिक विश्वविद्यालय स्थापनाको पहल गर्ने नगर प्रमुख तिमल्सिनाले बताए ।
आगामी आर्थिक बर्षभित्र सबै वडाको आफ्नै प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने तथा २० बर्षे दीर्घकालिन सोचका साथ एकीकृत नगर विकास योजना सञ्चालन गर्ने तिमल्सिनाले जानकारी दिएका छन् । नमोबुद्ध नगर चक्रपथ निर्माण, नमोबुद्ध वृहत खानेपानी आयोजनाको कार्यान्वयन, नमोबुद्ध बालमैत्री पार्क निर्माण, सबै स्वास्थ्य संस्थाको भवन निर्माणको काम सम्पन्न गर्ने लक्ष्यसमेत लिइएको छ ।
नगरसभा बैठकमा उपप्रमुख रामदेवी तामाङले चालु आर्थिक बर्षको प्रगति विवरण पेश गरेकी थिइन् । चालु आर्थिक बर्षमा ७१ करोड ५१ लाख ९९ हजार २ सय ७० रुपैयाँ बिनियोजन भएकोमा हालसम्म ३८ करोड ७७ लाख रुपैयाँ खर्च भएको तामाङले जानकारी दिइन् । कारोना भाइरस महामारीका बाबजुद अधिकांश नगरस्तरीय र वडास्तरीय योजनाहरु सम्पन्न हुने चरणमा रहेको र आर्थिक बर्षको अन्त्यसम्ममा अपेक्षाकृत प्रगति हासिल हुने तामाङले बताइन् ।
बैठकमा विधायन समिति संयोजक एवं वडा नं. २ का अध्यक्ष सञ्जीव ढकालले विनियोजन विधेयक २०७८, सार्वजनिक लेखा समिति संयोजक एवं वडा न.१० का अध्यक्ष रामकष्ण अधिकारीले आर्थिक विधेयक २०७८ पेश गरेका थिए । बजेट अधिवेशनको दोस्रो बैठक असार २८ गते बस्नेछ ।
दशौँ नगर सभामा नगर प्रमुख टंक प्रसाद शर्मा (तिमिल्सिना)बाट प्रस्तुत आर्थिक बर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम
आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम
आदरणीय नगरसभाका सदस्यज्यूहरु,
नमोबुद्ध नगरपालिकाको दशौं नगर सभा (बजेट अधिवेशन) मा आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न पाउँदा सर्वप्रथम म नगर कार्यपालिका तथा नगर सभाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु।
१. विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) महामारी र यसको पछिल्लो लहरले विश्व समुदायलाई आक्रान्त बनाइरहेको छ र यस महामारीको चपेटामा परिरहेको चुनौतीपूर्ण र असहज अवस्थामा नेपाको राज्य पुन: संरचना पछि सम्पन्न भएको पहिलो चरणको स्थानीय तहको निर्वाचन पश्चात नमोबुद्ध नगरपालिकाका तर्फबाट दशौँ नगर सभामा पाँचौ पटक आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक नीति तथा कार्यक्रम यहाँहरु समक्ष पेश गर्न पाउँदा म गौरवान्वित भएको छु।
२. नमोबुद्ध नगरपालिका नेपाली जनताले पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र वलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै सहिदहरु, वेपत्ता र पीडित नागरीकहरु प्रति सम्मान व्यक्त गर्दछ। नेपालको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान, लोकतन्त्र र जनजीविकाका लागि विभिन्न कालखण्डमा जनताको अधिकार प्राप्तिको आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरु, नमोबुद्ध नगरपालिकाका सहिदहरु बुद्धिनाथ खनाल, नवराज पाठकप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु। यस क्रममा घाईते, बेपत्ता तथा अपाङ्गता भएका व्यक्ति र अन्दोलनमा सहभागी भई योगदान गर्नुहुने सम्पूर्ण महान् योद्धाहरुको स्मरण गर्दै उहाँहरु र अग्रजहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु, नेपाली समाजको रुपान्तरणमा उहाँहरुले पुर्याउनु भएको महान योगदानको पुन:स्मरण गर्न चाहन्छु।
३. कोभिड-१९ (कोरोना भाईरस) महामारीका कारण मानव जातिमाथि शताब्दीकै सबैभन्दा ठूलो संकट पैदा भएको छ।संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको अन्तरसम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने नेपालको संविधानको मर्म अनुरुप कानूनसम्मत रुपमा तीन तहका सरकारको समन्वयमा कोभिड-१९ (कोरोना भाईरस) संक्रमण रोकथाम र नियन्त्रण गर्न सम्पूर्ण श्रोत साधन र संयन्त्र परिचालन गरी नमूना परीक्षण, उपचार, अक्सिजन आपूर्ति, स्वास्थ्य उपकरण, आईसोलेशन व्यवस्थापन, जनशक्ति र औषधिको व्यवस्थापन सहित महामारीको न्यूनीकरण तथा प्रतिकार्यमा कुनै कमी हुन नदिन नमोबुद्ध नगरपालिका प्रतिबद्ध र प्रयत्नरत रहेको छ। यस महामारीबाट केही मानिसको ज्यान गइसकेको छ, अरु धरै संक्रमित छन्। यस महामारीबाट संक्रमित भई नेपाल बाहिर जीवन गुमाउनुहुने नेपाली तथा अन्य मित्र राष्ट्रका नागरीकहरुका शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। उपचाररत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
४. कोभिड-१९ (कोरोना भाईरस)को जोखिमपूर्ण परिस्थितिमा अग्रपंक्तिमा रहेर सेवा गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, सरसफाइकर्मी, कर्मचारी लगायत सम्पूर्ण सरोकारवाला निकाय र राष्ट्रसेवकको म उच्च प्रशंसा गर्दछु। अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन योगदान गर्ने सबै व्यक्ति तथा संघसंस्थालाई धन्यवाद दिन चाहन्छु। कोभिड-१९ (कोरोना भाईरस)को संक्रमण रोकथाम र नियन्त्रणका लागि नमोबुद्ध नगरपालिकाले चालेको कदममा पूर्ण साथ दिई सहयोग गर्नुभएकोमा म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार व्यक्त गर्दछु। महामारीको रोकथाम, नियन्त्रण र उपचारको कार्यका लागि योगदान तथा विभिन्न राहत सामग्रीहरु सहयोग तथा नमोबुद्ध नगरपालिकाको प्रकोप व्यवस्थापन विशेष कोषमा सहयोग गर्नु हुने सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, शिक्षक, निजी तथा व्यवसायिक क्षेत्र, संचारकर्मी, सहकारी, गैरसरकारी सँस्था एवंम् सम्पूर्ण दाताहरुलाई हार्दिक कृतज्ञता सहित धन्यवाद दिन चाहन्छु।
५. नमोबुद्ध नगरपालिका लोकतन्त्रका आधारभूत मूल्य, मान्यता, मानव अधिकारको संरक्षण, सुशासन, उत्तरदायी सरकार, भ्रष्टाचार नियन्त्रण, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, विधिको शासन र जनताका आधारभूत हक अधिकार प्रति प्रतिवद्ध छ।
६. हामी निर्वाचित भएर यस नगरपालिकाको विकास र सम्वृद्धिमा सम्वृद्धि लागेको चार वर्ष वितीसकेको छ। यो चार वर्षको भोगाइको क्रममा विकास र सम्वृद्धिका लागि प्रसस्त अवसरहरु भएपनि विविध समस्या र चुनौतीहरु पनि त्यतिकै रहेको हामीले अनुभव गरेका छौँ। हामीसँग उपलब्ध सिमित साधन र श्रोतका बाबजुद पनि यस क्षेत्रको चौतर्फी विकास कसरी गर्न सकिन्छ भन्ने तर्फ हामो नमोबुद्ध नगरपालिका परिवार चिन्तित थियो, छ र हुने नै छ। कोरोना भाईरस (कोभिड-१९) को यस महामारीकोका क्रान विश्व कै मानव जाति माथि संकट उत्पन्न भएको र यस संकटमा मौजुदा स्वास्थ्य सेवा सुविधाहरु अपर्याप्त देखिएका छन्। गणतान्त्रिक संघीयतासँगै बढेका जनताका आकांक्षा, चाहना र भावनालाई सम्बोधन गर्ने दृढ संकल्पका साथ यस विषम परिस्थितिको बीचमा पनि नेपालको वर्तमान संविधानले अवलम्वन गरेको संघीय शासन प्रणाली कार्यान्वयनका क्रममा स्थानीय तहको समग्र विकास तथा सम्वृद्धिको परिकल्पनालाई साकार पार्न आम नगरबासीको भावनाको प्रतिनिधित्व गर्दै हामी महामारीलाई जित्छौं भन्ने आत्मा विश्वासका साथ विगत वर्षका सफल नीति तथा कार्यक्रमहरुलाई निरन्तरता दिदै नमोबुद्ध नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको छु।
७. वर्तमान संविधानको निर्माणसंगै राज्य संरचनामा आएको आमूल परिवर्तनले स्थानीय निकायलाई अधिकारको धनी वनाए पनि तीन तहका सरकारहरुको अधिकार क्षेत्रको अन्यौलताले कतिपय विषयमा नीतिगत तथा संस्थागत अन्यौलहरु कायमै रहेको अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थालाई संस्थागत गर्ने कार्यमा स्थानीय तहको भूमिका अझै गहन र पेचिलो बन्दै गएको छ।
८. संवैधानिक व्यवस्था बमोजिम जनताको सन्निकट रहेर सेवा प्रदान गर्ने स्थानीय तहका अधिकार क्षेत्रको अभ्यास गर्दै जनअपेक्षा अनुरुप दिगो शान्ति, स्थायित्व, विकास र सम्वृद्धिको गन्तव्य हासिल गराउने गहन जिम्मेवारीलाई पूरा गर्न संविधान प्रदत्त स्थानीय तहको अधिकारलाई वुद्धिमतापूर्वक प्रयोग गर्दै अघि बढ्नु हाम्रो अनिवार्य दायित्व र कर्तव्य हुन आउँछ।
९. लामो समयको संघर्ष पछि प्राप्त लोकतान्त्रिक संघीय गणतन्त्रात्मक व्यवस्थाको सफल र व्यवहारिक कार्यान्वयनको जटिल र चुनौतिपूर्ण जिम्मेवारीलाई पूरा गर्न हामीले सबै पक्षको समन्वय र सहकार्यमा आफ्ना कदमहरु अघि बढाएका छौं।
यिनै र यस्तै विषयवस्तुको पृष्ठभूमिमा नमोबुद्ध नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नगर विकास नीति तथा कार्यक्रम तयार गरीएको छ।
“कृषि, व्यापार र पर्यटन: हाम्रो सशक्त अभियान” भन्ने मूल नारालाई आत्मसात् गर्दै अव म स्थानीय सरकार, उत्तरदायी सरकार, विकासशील; सरकार, जनमुखी सरकार, बलियो सरकार, राष्ट्र समृद्धि सरकार हामी सबैको उन्नतिको आधार भन्ने मान्यतालाई साकार पार्न आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक नगर विकास नीति तथा कार्यक्रम संविधान प्रदत्त हक अधिकार सहित गठित यस नगरपालिकाको प्रमुखको हैसियतले यस गरीमामय सभा समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु।
यस गरीमामय सभाका आदरणीय नगरसभाका सदस्यज्यूहरु,
कोभिड-१९ (कोरोना भाईरस) को विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थिति तत्काल सामान्य अवस्थामा आउन सक्ने नदेखिएकोले यसको असरलाई न्यूनीकरण गर्दै जनजीवनलाई नियमित गर्ने विषय नै अहिलेको प्रमुख चुनौती हो। महामारीको अवस्थामा स्थानीय सरकारका आवश्यकता र प्राथमिकता पनि बदलिएका छन् यस परिस्थितिमा नमोबुद्ध नगरपालिकाको नीति तथा कार्यक्रम सामान्य भन्दा फरक हुने निश्चित रहेको छ । कोभिड-१९ (कोरोना भाईरस) को रोकथाम र नियन्त्रण साथै आहतमा परेका नगरबासीलाई राहत हुने गरी स्वास्थ्य, शिक्षा, कृषि, पशु र विपद् व्यवस्थापनमा विशेष जोड दिदै “स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगार: दिगो विकास र समृद्धिका लागि पूर्वाधार” भन्ने मूल ध्येय लिई विगतका नीति तथा कार्यक्रमलाई निरन्तरता दिई लोक कल्याणमा आधारित कार्यक्रम संचालन गर्ने गरी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक विकास नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु।
नीति तथा कार्यक्रम
(क) आर्थिक विकास
१. कृषि तथा पशुपन्छी विकास नीति:
- नगरपालिकाको प्रत्येक वडामा एउटा कृषि औजार बैंक स्थापना गरिनेछ र जसमा किसानले आवश्यक औजार आवश्यक पर्दा लैजाने र फिर्ता गर्ने गर्दछन्।
- ” किसानका गरा सधै हराभरा, मेरो कृषि, मेरो पौरख” नाराका साथ यस वर्ष नमोबुद्ध युवा नवप्रवर्तन कृषि कार्यक्रम संचालन गरिनेछ।
- “बीजयुक्त बाली, विषादीमुक्त भान्सा र अनिकालमुक्त चुल्हो” कार्यक्रमलाई यस बर्ष मूर्त रुप दिन नमोबुद्ध नगर कृषिमा आत्मानिर्भर: अर्गानिक खेती जीवनभर” भन्ने कार्यक्रम मार्फत् कृषि पेसालाई उत्पादनमा जोड्न विशेष रोजगार, आयमूलक कार्यक्रम संचालन गरिनेछ।
- नमोबुद्ध नगरपालिकाको आठौँ नगर सभाबाट पारित भएको भू–उपयोग नीति तत्काल कार्यान्वयनमा ल्याइनेछ।
- प्राङ्गारिक जैविक खेती प्रबर्द्धन, प्राङ्गारिक मल उत्पादन तथा प्रयोगमा प्रोत्साहन र प्राङ्गारिक खेतीका लागि संस्थागत क्षमता अभिवृद्धि गरिनेछ।
- “माटो सुहाउँदो उत्पादन” अभियान सञ्चालन एवम् माटोको अम्लीयपना, क्षारीयपनाको लगायत परिक्षण गर्नका लागि माटो प्रयोगशाला स्थापना गरी विभिन्न क्षेत्रमा परीक्षण शिविरहरु सञ्चालन गरी माटो र हावापानी अनुकूल अन्न तथा नगदे वालीहरुको उत्पादनमा नगरबासीहरुलाई प्रोत्साहित गरिनेछ।
- कृषि उपज तथा कृषि जन्य उत्पादनमा आत्मनिर्भर बनाई कृषि उद्यमशीलताको प्रवर्द्धन गर्न मल, वीउ, किटनाशक विषादीको उपलब्धता, उत्पादित बस्तुको भण्डारण तथा प्रशोधन र बजार व्यवस्थामा सहजीकरण गर्न र सिँचाई सुविधा प्रवर्द्धन गर्न आवश्यक बजेट विनियोजन गरिनेछ।
- किसानको न्यूनतम लागत सहभागिता सुनिश्चित गर्दै पशु तथा कृषि विमा कार्यक्रमलाई नगरका सवै वडामा यसै वर्षदेखि लागु गरिनेछ।
- नमोबुद्धको कृषि उपजलाई नमोबुद्ध ब्रान्डले ब्राण्डीङ्ग र प्याकेजिङ्ग गरी ब्रिक्री वितरणमा सहजीकरण गरिनेछ।
- पशुसेवा र कृषिसेवा प्राविधिकको संख्यामा वृद्धि गरी कृषकको पहुँच विस्तार गरिनेछ।
- “एक गाउँ एक उत्पादन” कार्यक्रम सञ्चालन गर्न विभिन्न संघ संस्थासँग समन्वय गरी आवश्यक प्राविधिक तालिम प्रदान गरिनेछ।
- सामूहिक कृषि प्रणालीलाई प्रोत्साहन गर्न ५० रोपनी वा सो भन्दा बढी क्षेत्रमा खेती गर्ने सहकारी, समूह वा फर्म तथा ३० वा सो भन्दा बढी गाई वा भैसी पालना गरी दूध उत्पादन गर्ने र ७० वा सो भन्दा बढी बाखापालन, पशु चौपायापालन गर्ने कृषक समूह, फर्म तथा सहकारीलाई विशेष अनुदान उपलब्ध गराइनेछ।
- निजी क्षेत्रको सहकार्यमा आधुनिक पशुपंक्षी बधशाला तथा कोल्डस्टोर स्थापनाका लागि पहल गरिनेछ । यस नगरपालिका भित्र उत्पादन भएका कृषिजन्य, दुग्धजन्य तथा मासुजन्य उपजको सम्बन्धित क्षेत्रका व्यवसायीहरुसँग समन्वय गरी सङ्कलन, प्रशोधन तथा ब्राण्डिङ्ग गरी बजारीकरण गरिनेछ।
- नगरपालिका भित्र उत्पादित तरकारी तथा फलफूलजन्य उपजहरु सङ्कलनका लागि भकुण्डे बजारमा स्थापित कृषि उपज सङ्कलन तथा भण्डारण केन्द्रलाई थप व्यवस्थित गरी उक्त केन्द्रमा शीत भण्डारको समेत व्यवस्था मिलाईनेछ र आवश्यकता अनुसार अन्य क्षेत्रमा पनि सङ्कलन केन्द्र विस्तार गरिनेछ।
- मौरी पालन कार्यलाई प्रवर्द्धन गर्न प्रोत्साहनको व्यवस्था मिलाईनेछ।
- युवाहरुलाई व्यवसायिक कृषि तर्फ आकर्षित गर्न तरकारी खेती, मत्स्यपालन, पुष्प व्यवसाय, च्याउ खेती, नर्सरी लगायतका विषयहरुमा युवा लक्षित कार्यक्रम सञ्चालन गरिनेछ।
- प्रदूषणजन्य उद्योग विस्थापन भएका क्षेत्र लगायतका अन्य कृषियोग्य जमिनमा व्यवस्थित कृषि पकेट क्षेत्रको रुपमा विकास गर्न प्रदूषण मुक्त नगर: कृषि शहरको रुपमा विकास गरिनेछ।
- कृषिका लागि सिंचाइको व्यवस्था गर्न नगर क्षेत्रमा रहेका र सिंचाईका सम्भावना भएका सबै खोलाहरुमा प्राविधिक प्रतिवेदनका आधारमा नजिकैको दूरीमा बाँध निर्माण गरी पानी सङ्कलन गराउनुका साथै आकाशे पानी सङ्कलन गर्न प्लास्टीक पोखरी, स्थायी पोखरी, लिफ्टिङ आदि कार्यलाई प्राथमिकताका साथ क्रमश: अगाडि बढाइनेछ।
- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत नगरपालिका भित्रका केही क्षेत्रलाई मकै ब्लक तथा आलु सुपर जोन कार्यक्रमलाई प्राथमिकता र प्रभावकारी ढंगले नगरपालिकाको अपनत्व रहने गरी कार्यान्वयन गर्ने नीति लिइनेछ र अन्य उपयुक्त क्षेत्रमा तरकारी तथा फलफूलको पकेट क्षेत्र विस्तार गरिनेछ।
- परम्परागत र निर्वाहमुखी खेतीको विकल्पमा कृषकहरुलाई आधुनिक र सामूहिक कृषि प्रणाली अबलम्बन गर्न प्रेरित गर्दै त्यसका लागि सीप, ज्ञान र प्रबिधि उपलब्ध गराउन आबश्यक तालिमको व्यवस्था गरिनेछ।
- “एक घर एक अर्गानिक करेसाबारी” को अवधारणा विकास गरी अर्गानिक तरकारी उपभोगकालागि कृषकहरुलाई प्रोत्साहित गरिनेछ।
- ड्रागन फुट लगायतका विशिष्ट प्रजातिका वदाम, कागती, किवी जस्ता उच्च मूल्यका फलफूलको खेती गर्ने कृषकलाई अनुदानको व्यवस्था मिलाईनेछ।
- “बाँझो जमिनको प्रयोग, उत्पादनमा सहयोग” बाँझो जमिन राख्न नपाइने नीतिका साथ सबै जमिनहरुलाई कृषि उत्पादनमा प्रयोग गरिनेछ।त्यस्ता जमिनमा कृषि उत्पादन गर्नेलाई विशेष अनुदान तथा प्रोत्साहनको प्रबन्ध गरिनेछ। बाझो राख्ने प्रवृतिलाई निरुत्साहित गर्नका लागि जग्गाधनीले जग्गा बाझो राखेमा बाझो रहेको जग्गा भूमि बैँकले लिजमा दिन सक्ने नीति लिईएको छ।
- कृषियोग्य जमिनमा बस्ती विकास र शहरीकरण लाई निरुत्साहित गरी व्यवसायिक कृषि मार्फत उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गरिनेछ।
- कृषि यन्त्र उपकरण, हाते ट्याक्टर, चापकटर लगायतका आवश्यकता अनुसारका कृषि औजार तथा उपकरणहरु अनुदानमा दिई कृषिमा यान्त्रिकरण गर्ने नीतिलाई निरन्तरता दिईनेछ।
- तीस भन्दा बढी टनेल तथा कृषि र पशुपालनका लागि १ करोड भन्दा बढी लगानी गर्ने कृषकलाई नगरपालिकाले अगुवा तथा व्यवसायिक कृषकको परिचयपत्र उपलब्ध गराईनेछ।
- उत्पादनमा अनुदान का लागि कृषि तथा पशुपालन गर्न ईच्छुक कृषकहरुले ५ लाख सम्मको कृषि ऋणमा २% व्याज नगरपालिकाले व्यहोर्ने छ।
- डिजीटल कृषि: कृषकको हातमा कृषि सूचना प्रणाली कार्यक्रम संचालन गरिनेछ।
- सरकारी, सार्वजनिक र गुठी जग्गा रहेका अतिक्रमण हटाई संरक्षण र उपयोग गर्न नगरबासीहरुको समन्वयमा “समुदायको सक्रियता र जागरण: सरकारी, सार्वजनिक, गुठी जग्गाको संरक्षण” अभियान सञ्चालन गरिनेछ।
- छाडा गाई, गोरु लगायतका चौपाया जनावरहरु छोड्ने कार्यलाई निरुत्साहित गरी सोको व्यवस्थापनकालागि विभिन्न संघसंस्थाहरुको सहकार्यमा पशुपंक्षी संरक्षण केन्द्रको निर्माणमा (कान्जी हाउस) सहयोग, समन्वय र सहकार्य गरिनेछ।
- नमोबुद्ध डिजिटल कृषि मोबाइल एप्सलाई थप प्रभावकारी बनाइनेछ।
- जडीबुटी लगायतका विशिष्ट प्रजाति विरुवाको उत्पादनको “विशिष्टीकृत उत्पादन क्षेत्र” निर्धारण गर्ने कार्यलाई विस्तार गर्दै लगिने छ।व्यवासायिकिकरण, आधुनिकीकरण, यान्त्रिकीकरणका र औधोगिकरणका लागि सामूहिक खेती प्रणालीलाई प्रोत्साहन गरिनेछ।
- नमोबुद्ध नगरपालिका क्षेत्र भित्र उत्पादन हुने दूध र दूधजन्य पदार्थलाई प्रवर्द्धन तथा विकास गर्न सङ्कलन केन्द्रको निर्माण गरी सुविधायुक्त रुपमा यान्त्रीकरण लगायतका कार्यक्रमहरु विभिन्न संघसँस्थाहरुसँग सहकार्य, समन्वय र सहयोग गरी संचालन गरिनेछ।
- नमोबुद्ध नगरपालिका क्षेत्र भित्र दूधबाट उत्पादन हुने खुवालाई नमोबुद्धको ब्रान्डको रुपमा प्रवर्द्धन र प्रोत्साहन नमोबुद्ध परिसर र भकुण्डेबेशीमा गरिनेछ।
- कृषि उपज संकलन तथा वितरण घुम्ती सवारी साधन विभिन्न संघसँस्थाहरुसँग सहकार्य, समन्वय र सहयोगमा संचालन गरिनेछ।
- वातावरण तथा प्रविधिमैत्री पशु हाट बजार तथा बधशाला विभिन्न संघसँस्थाहरुसँग सहकार्य, समन्वय र सहयोगमा निर्माण गरिनेछ।
- कृषि तथा पशुपंक्षीमा लाग्ने रोगको नियन्त्रणका लागि अनुदानमा आवश्यक औषधि वितरण कार्यक्रम निरन्तरता दिईनेछ।
- जलवायु स्मार्ट कृषि कार्यक्रम संचालन गरिनेछ।
- नमोबुद्ध सिड बैंक स्थापना गरी कृषि प्रवर्द्धनलाई थप प्रोत्साहन गरिनेछ।
- नगर भित्रका कृषकहरुलाई अनुदानमा विभिन्न पशुपंक्षी वितरण गरिनेछ र वितरण भएका पशुको उत्कृष्ट पालनपोषण गर्ने किसानलाई नगद पुरस्कारको व्यवस्था गरिनेछ।
- किसानहरुलाई कृषि प्रविधिको ज्ञान दिलाउन कृषक पाठशाला, कृषि प्रदशनी, पशुपंक्षी खोप तथा उपचार, इपिडोमोलोजीकल सेवा लगायत स्थान विशेष सुहाउँदो कृषि तथा पशु प्रसार सेवा टेवा कार्यक्रम संचालन गरिनेछ।
- नमोबुद्ध नगरपालिकाको वडा नम्बर ०८ मा यस वर्ष बाख्रा प्रवर्द्धन कार्यक्रम अन्तर्गत बाखा पकेट क्षेत्रको रुपमा अगाडि बढाईनेछ र यस कार्यक्रमलाई अन्य वडामा पनि विस्तार गरिदै लगिनेछ।
- प्रत्येक वडामा एउटा विनियम बजार स्थापना गरिनेछ। यस्तो बजारमा आफुले उत्पादन गरेको वस्तु दिएर नगरपालिकाले सहुलियत दरमा दिएको खाद्यान्न र अन्य वस्तुसँग साट्न सकिनेछ।
- पाडी संरक्षण कार्यक्रम र उनन्त जातको रागो प्रजनन् प्रयोजनका लागि कार्यक्रम संचालन गरिनेछ।
- नमोबुद्ध नगरपालिकाको वडा नम्बर ०५ मा कृषि अनुसन्धान केन्द्र स्थापना गरिनेछ
२. उद्योग, पर्यटन, सहकारी प्रवर्द्धन तथा संस्कृति सम्बन्धी नीतिः
- “पर्यटन उद्यमीको हात नमोबुद्धको साथ” भन्ने नारा सहित आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिनेछ।
- “मेरो गाउँ: उद्यम सहितको जीउने ठाउँ” भन्ने अभियान मार्फत स्थानीयस्तरमा नै रोजगारी सिर्जनाका लागि साझेदारीमा क्षमता विकास, प्राविधिक सीप प्रदान सम्बन्धी कार्यक्रम संचालन गर्न आवश्यक बजेट व्यवस्था गरिनेछ।
- नयाँ उद्योग संचालन गर्न चाहने उद्यमीलाई कानूनी तथा प्राविधिक ज्ञान दिन र उद्योग वाणीज्य सम्बन्धी सेवा एकद्वार प्रणाली मार्फत प्रदान गर्न आवश्यक प्रबन्ध मिलाईनेछ।
- नगर भित्रका सहकारीका व्यवस्थापक तथा सदस्यहरुलाई आवश्यक तालिम उपलब्ध गराइने छ।
- सहकारी संस्थाहरुसँग भएको पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिनेछ।
- आर्थिक पारदर्शी र जवाफदेही बनाउन नगर भित्रका सम्पूर्ण सहकारीलाई नियमन गरिनेछ।
- एक वडा एक नमुना सहकारी कार्यक्रमको अबलम्बन गरिनेछ।
- वातावरणमैत्री उद्योग ग्राम स्थापना र सञ्चालन गर्ने नीति लिइनेछ ।
- पर्यटक र पर्यटनसँग सम्बन्धित उद्योगधन्दा, होटल, घरबास (Home Stay) लगायत सेवा प्रदायक उद्योगहरु स्थापना गर्न प्रोत्साहित गरिनेछ र सो सम्बन्धी तालिमकालागि गैरसरकारी सँस्थाहरुसँग समन्वय र सहकार्य गरिनेछ।
- कला र संस्कृतिको धनी नमोबुद्ध नगरपालिकाको उपयुक्त स्थानमा कला तथा साँस्कृतिक ग्राम (Art and Cultural Village) को स्थापना गरिनेछ।
- नगरपालिका भित्र रहेका उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श लगायत विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय गरी बजारलाई व्यवस्थित र मर्यादित बनाउने नीति अबलम्बन गरिनेछ र सोको नियमित अनुगमन गरिनेछ।
- नगरभित्रका सबै धार्मिक स्थलहरुको उचित संरक्षण र सम्बर्द्धनको कार्यलाई निरन्तरता दिइनेछ।
- प्रचलित कानून बमोजिम स्वीकृति नलिएका, दर्ता नभएका व्यवसायहरुलाई अनिवार्य रुपमा दर्ता गर्न गराउन घर दैलो व्यवसाय दर्ता कार्यक्रम सञ्चालन गरी व्यवसाय दर्ता गर्न प्रोत्साहित गरिनेछ।
- नगरक्षेत्र भित्र पर्यटकीय सम्भावनाका क्षेत्रहरु (पर्या–पर्यटन, धार्मिक–पर्यटन, कृषि–पर्यटन आदि) र सम्भावित पर्यटकीय स्थलहरु खोजी तथा विकास गर्दै सहज पहुँचको अवस्था सिर्जना गरिनेछ।
- नगरपालिका भित्र रहेको राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा चिनिएको नमोबुद्ध लगायत धार्मिक क्षेत्रको व्यवस्थित विकास र व्यवस्थापनलाई प्राथमिकतामा राखिनेछ।
- नमोबुद्ध क्षेत्रको पर्यटन गुरुयोजना कार्यान्वयनमा ल्याइनुका साथै नमोबुद्ध क्षेत्रमा पर्यटन सूचना केन्द्र स्थापना गरिनेछ। नमोबुद्ध क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल गरिनेछ।
- नमोबुद्ध क्षेत्रलाई राष्ट्रिय बुद्ध सर्किटमा राख्न सम्बन्धित निकायसँग पहल गरिनेछ। पनौति, नमोबुद्ध, धुलिखेल र तिमाल नगर तथा गाउँपालिकाको पर्यटनको केन्द्रको रुपमा नमोबुद्ध परिसरको वृहत्तर विकासका लागि तयार साझा गुरुयोजना कार्यान्वयन गरिनेछ।
- दाप्चाको पूरानो बजारलाई पुनः निर्माण गरी होमस्टेका रुपमा प्रवर्द्धन गर्न जनताको सहभागितामा आवश्यक कार्यको थालनी गरिनेछ। साथै फुलबारी, भेडाबारी तथा कानपुर कोटतिमाल क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्दै लगिनेछ।
- यस नगरभित्र रहेका सबै जातजाती, समुदायको भाषा, कला, संस्कृति, ऐतिहासिक धार्मिक स्थलहरु यस नगरको साझा सम्पत्ति भएकोले यिनीहरुको संरक्षण, प्रवर्द्धन र विकासमा समान प्राथमिकता दिइनेछ। नगरपालिका भित्रका पूरातात्विक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका सम्पदाहरु तथा मौलिक कला, संस्कृति जात्रा, साहित्य, कला, भेषभुषा, वाङ्गमय पर्वहरुलाई संरक्षण गर्न संग्रहालय स्थापनाको अवधारणा अगाडि बढाइनेछ।
- यस नगरपालिकाको आर्थिक–सामाजिक, सांस्कृतिक, लगायत विविधताको झल्को दिने गरी नगरपालिकाको आयोजनामा विभिन्न निकायसँगको सहकार्यमा नगर महोत्सव, नमोबुद्ध नाटक आयोजना गरिनेछ।
- नगर भित्र रहेका सामाजिक व्यक्तिहरुको उच्च सम्माननार्थ उपयुक्त स्थानको पहिचान गरी त्यस्ता व्यक्तिहरुको नाममा पार्क, प्रतिक्षालय, प्रतिष्ठान, सालिक निर्माण गरिनेछ।
- उद्यम गर्न चाहने तर पुँजीको अभावमा उद्यम सञ्चालन गर्न नसकेका युवाहरुलाई लक्षित गरी नगरपालिकाले एक उद्योम विकास कोष खडा गर्नेछ। र मेड्पा कार्यक्रमलाई थप प्रभावकारी ढंगले संचालन गरिनेछ।
- नगर भित्र रहेका साहित्यिक प्रतिष्ठानहरुलाई साहित्यिक गतिविधि गर्न प्रोत्साहन गरिनेछ।
- तामाङ संस्कृतिको संरक्षण, संवर्द्धन र प्रचलनका लागि प्रत्येक वडामा बहुउपयोगी सामुदायिक भवन निर्माणको लागि बजेट व्यवस्थापन गरिनेछ।
३. रोजगार नीति:
“नमोबुद्ध नगरपालिकाको प्राथमिकता : बेरोजगारलाई न्यूनतम रोजगारको सुनिश्चितता“
- श्रमको सम्मान, उपयुक्त पारिश्रमिक र सामाजिक संरक्षण सहित श्रम ब्यबस्थापन यस नगरपालिकाको रोजगार नीति हुनेछ।
- श्रमको सम्मानका साथ रोजगारी प्रवर्धन गर्न वडा स्तरीय जनचेतना तथा अभिमुखीकरण कार्यक्रम संचालन गरी नगरपालिका भित्रका सम्पूर्ण बेरोजगार व्यक्तिहरुलाई रोजगार सेवा केन्द्रमा सूचीकृत हुन अभिप्रेरित गरिनेछ।
- युवा तथा शैक्षिक वेरोजगार, महिला,दलित, अल्पसंख्यक, अपाङ्ग, विपन्न समुदायका व्यक्तिहरुलाई बिशेष प्राथमिकतामा राखेर आन्तरिक रोजगारी सिर्जना गरिनेछ।
- आन्तरिक रोजगारी सिर्जना गर्न सरोकारवाला निकाय, निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रसंग समन्वय र सहकार्यमा जोड दिइनेछ।
- उद्यमशिलाता, रोजगारी र उत्पादनमा वृद्धि: हुन्छ नमोबुद्ध को समृद्धि को नीति लिई श्रम बजारको बदलिदो मागलाई सम्बोधनका लागि दक्ष तथा सक्षम जनशक्तिको विकास गर्न आवश्यक सीपमूलक तालिमको ब्यबस्था गरिनेछ।
- संघ तथा प्रदेश संग सहकार्य गरी रोजगारमूलक कार्यमा अपनत्व बहन गर्दै रोजगारीका क्षेत्र विस्तार गरिनेछ।
- रोजगार सेवा केन्द्र संचालन तथा ब्यबस्थापनमा थप प्रभाबकारी बनाइनेछ।
- यस नगरभित्र हुने बिकास निर्माणका आयोजनाहरुमा रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राखेर रोजगारी उपलब्ध गराइनेछ।
- कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना तथा युवा रोजगारका लागि रुपान्तरण पल आयोजना नगरपालिकाको साझेदारीका साथ सम्पन्न गरी सामाजिक संरक्षणको प्रत्याभूति गरिनेछ।
- आर्थिकरुपले अति विपन्न श्रमिक तथा मजदुरलाई रोजगारी उपलब्ध गराउन श्रम मूलक प्रविधिको प्रयोग गरी कार्यान्वयन गरीने आयोजना छनौट गरिनेछ।
- “दिगो पूर्वाधार, रोजगारी र उत्पादन वृद्धि, यसैबाट हुन्छ नमोबुद्धको समृद्धि” को नीतिमा आधारित रहेर पूर्वाधार विकासका कार्यक्रमहरुलाई प्राथामिकताका साथ रोजगार सृजना गरिनेछ।
- यस नगरभित्र हुने बिकास निर्माणका आयोजनाहरुमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत स्थापना भएको रोजगार सेवा केन्द्रबाट सिफारिश भई आएका बेरोजगार व्यक्तिलाई पहिलो प्राथमिकतामा राखेर सम्बन्धित वडामा सञ्चालन हुने आयोजना मध्ये एउटा आयोजनामा सूचीकृत बेरोजगार व्यक्तिबाट सञ्चालन गरिनेछ।
- श्रम बजारको बदलिदो मागलाई सम्बोधन गर्न तथा बेरोजगार व्यक्तिको रोजगारी सुनिश्चितता गर्न विभिन्न व्यवसायिक तथा सीपमूलक तालिम सञ्चालन गरिनेछ।
- महिला, दलित, अल्पसंख्यक, अपाङ्ग, विपन्न समुदायका व्यक्तिहरुलाई विशेष प्राथमिकतामा राखेर आन्तरिक रोजगारी श्रृजना गरिनेछ।
- श्रमको सम्मान, उपयुक्त पारिश्रमिक र सामाजिक संरक्षण सहित श्रम ब्यबस्थापन यस नगरपालिकाको रोजगार नीति हुनेछ।
- श्रमको सम्मानका साथ रोजगारी प्रवर्द्धन गर्न वडा स्तरीय जनचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी नगरपालिका भित्रका सम्पूर्ण बेरोजगार व्यक्तिहरुलाई रोजगार सेवा केन्द्रमा सूचीकृत हुन अभिप्रेरित गरिनेछ।
- युवा तथा शैक्षिक वेरोजगार, महिला,दलित, अल्पसंख्यक, अपाङ्ग, आर्थिक रुपमा विपन्न समुदायका व्यक्तिहरुलाई बिशेष प्राथमिकतामा राखेर श्रममूलक प्रविधि सहित आन्तरिक रोजगारी सिर्जना गरिनेछ।
- आन्तरिक रोजगारी सिर्जना गर्न सरोकारवाला निकाय, निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्यमा जोड दिइनेछ।
- श्रम बजारको बदलिदो मागलाई सम्बोधनकालागि दक्ष तथा सक्षम जनशक्तिको विकास गर्न आवश्यक सीपमूलक तालिमको ब्यबस्था गरिनेछ।
- संघ तथा प्रदेशसँग सहकार्य गरी रोजगारमूलक कार्यमा अपनत्व बहन गर्दै रोजगारीका क्षेत्र विस्तार गरिनेछ।
- रोजगार सेवा केन्द्र सञ्चालन तथा ब्यबस्थापनमा थप प्रभाबकारी बनाइनेछ।
- कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना तथा युवा रोजगारकालागि रुपान्तरण पहल आयोजना नगरपालिकाको साझेदारीका साथ सम्पन्न गरी सामाजिक संरक्षणको प्रत्याभूति गरिनेछ।
(ख) सामाजिक विकास
१. खानेपानी तथा सरसफाइ नीतिः
- खानेपानीका मुहानहरुको संरक्षण, सम्बर्द्धन र प्रयोग गर्न तथा टोल बस्तीका खानेपानीका परम्परागत मुहानहरुलाई स्वच्छ र सफा राख्न टोल विकास संस्था, सामुदायिक संघ संस्था तथा समुदाय परिचालन गर्ने नीति अवलम्बन गरिनेछ।
- पानीलाई शुद्धिकरण पश्चात मात्र वितरण गरीने प्रबन्ध मिलाईनेछ र सुरक्षित खानेपानीको प्रत्याभुति गर्न गुणस्तर मापन गरिनेछ र सो कार्यलाई लक्षित गरी “खानेपानी गुणस्तर सुधार आयोजना” कार्यान्वयन गरिनेछ।
- स्थानीय समुदायको अग्रसरतामा खोला खोल्साबाट बग्ने पानीलाई सोही ठाउँमा अड्याउन प्राकृतिक छेक बारका कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ ।
- लिफ्टिङ्गको माध्यमबाट सञ्चालित खानेपानी आयोजनाहरुलाई विद्युत महशुलमा छुट गर्न पहल गरिनेछ।
- सत्यालगाउँ खानेपानी योजना, बोहोरे खानेपानी योजना, युथ इनोभेसन सेन्टर खानेपानी योजनाहरुलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिनेछ।
- परिवर्तन गरौ हाम्रो आनीबानि: घरघरमा सङ्कलन हुन्छ आकासेपानी”कालागि प्रोत्साहित गर्ने नीति अवलम्बन गरिनेछ।
- नगर क्षेत्रमा सञ्चालनको सम्भाव्यता भएका खानेपानी आयोजनाहरुको विस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ।
- खानेपानी सेवाको प्रभावकारिता अभिबृद्धि गर्न प्राकृतिक श्रोतहरुको संरक्षण र भूमिगत जलको व्यवस्थापन गर्ने नीति अङ्गीकार गरिनेछ । प्रत्येक घरधुरीमा खानेपानीको पहुँच पुर्याउने “एक घर, एक धारा” कार्यक्रम सञ्चालन गर्दै अति सुक्खाग्रस्त क्षेत्रमा स्वच्छ खानेपानी सङ्कलन, भण्डारण र वितरण गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ।
- सञ्चालनमा रहेका खानेपानी तथा सो सँग सम्बन्धित उपभोक्ता समितिहरुसँग समन्वय, सहकार्य र सहयोग गर्न नमोबुद्ध नगरपालिका वृहत एकीकृत खानेपानीको रुपमा विकसित गरिनेछ।
- छिमेकी पालिकाहरुसँग समन्वय, सहकार्य र सहयोग लिई थप खानेपानीको मूलहरु पहिचान गरी सोको उचित सदुपयोग गरी खानेपानी आयोजनाहरु सञ्चालन गरिनेछ।
२. शिक्षा, युवा तथा खेलकुद नीति:
शिक्षा
- “एक विद्यालय एक फूलबारी, एक मा.वि. एक करेसाबारी” अन्तर्गत विद्यालयमा फूलबारी तथा करेसाबारीका लागि उत्प्रेरित गरिनेछ र सो करेसाबारीबाट उत्पादित वस्तुको बिक्रिबाट प्राप्त रकम विद्यार्थीको शैक्षिक अध्ययनमा खर्च गरिनेछ।
- पहिलो अक्षर क लेखौ, आफनै सामुदायिक विद्यालयबाट कार्यक्रम संचालन गर्दै सामुदायिक विद्यालयमा विद्यार्थी संख्या वृद्धि गरी शिक्षामा गुणस्तर कायम गरिनेछ ।
- कोभिड-१९ (कोरोना भाईरस) को प्रभावका कारणले यस शैक्षिक सत्रमा पनि विद्यालय बन्द रहेको अवस्थामा नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम सबै वैकल्पिक विधिहरुको प्रयोग गर्न सम्भव नदेखिएकोले दुरभाष यन्त्र मार्फत शिक्षण सिकाइ क्रियाकलापमा निरन्तरता दिन आवश्यक ब्यवस्था गरिनेछ।
- सामाजिक दूरी कायम गरी विद्यालय सञ्चालन गर्न नेपाल सरकारबाट निर्णय भएको अवस्थामा स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड पालना गरी पठनपाठनलाई नियमित गर्न आवश्यक पर्ने पूर्वाधार निर्माण, खानेपानी, शौचालय तथा सरसफाइको प्रबन्ध गर्न आवश्यक व्यवस्था गरिनेछ।
- नगर शिक्षा योजनाको निर्माण गरी शिक्षालाई योजनाबद्ध विकासको थालनी गरिनेछ ।
- नमोबुद्ध नगरपालिकालाई पूर्ण साक्षरता तर्फ उन्मुख गराउन निरन्तर शिक्षाकालागि सामुदायिक सिकाइ केन्द्रलाई विस्तार तथा सक्रिय गराईनेछ।
- नगर क्षेत्रका सबै बालबालिकालाई अनिवार्य आधारभूत तहसम्मको शिक्षाको शुनिश्चितताको ब्यवस्था गरिनेछ।
- सूचना प्रविधियुक्त नगरपालिका विकासका लागि शिक्षकहरुलाई सूचना र प्रविधि सम्वन्धी तालिम प्रशिक्षणको ब्यवस्था गरिनेछ।
- सहकार्यमा आधारित रही निम्न माध्यमिक र माध्यमिक तहको गणित तथा विज्ञान अध्यापन गराउने शिक्षकहरुलाई सिकाइ सम्बन्धी विविध तालिम प्रशिक्षणको ब्यवस्था गरिनेछ।
- विद्यालयहरुमा डिजिटल ग्याप न्यूनीकरण गर्न सुचना प्रविधि मैत्री सामग्रीको प्रयोगलाई निरन्तरता दिइनेछ।
- बहुकक्षा बहुशिक्षण ब्यवस्थालाई निरन्तरता दिईनेछ ।
- शैक्षिक क्षति कम गर्न विद्यालय वीचैमा छोड्ने प्रबृत्तिलाई न्यूनीकरण गर्न आवश्यक ब्यवस्था मिलाउनुका साथै विपन्न सिमान्तकृत अनाथ र विद्यालय वीचैमा छोडेकाहरुलाई विद्यालय ल्याई पुनः पठनपाठनको ब्यवस्था गरिनेछ।“बालबालिकालाई विद्यालय ल्याऔ र पढाईमा टिकाऔं” कार्यक्रमलाई थप प्रभावकारी बनाई विद्यार्थी भर्ना अभियानलाई अझ प्रभावकारी बनाईने छ ।
- विद्यालयमा बालमैत्री, अपाङ्गमैत्री, छात्रामैत्री तथा भूकम्प प्रतिरोधी भौतिक पूर्वाधार विकास गर्दै लगिनेछ।
- शिक्षण सुधारका लागि समूहगत विषयगत क्रियाकलाप तथा शिक्षण प्रशिक्षणमा जोड दिईने छ ।
- मूल्याङ्कन प्रणालीमा एकरुपता कायम गर्न नगरस्तरीय मूल्याङ्कनका लागि एक नगरस्तरीय परीक्षा समितिको निरन्तरता दिइनेछ।
- विद्यालयको सामाजिक परीक्षण तथा लेखा परीक्षणलाई समयमा नै सम्पन्न गर्न आवश्यक स्रोत ब्यवस्थापन गरिनेछ। साथै परीक्षण सम्वन्धमा आवश्यक प्रशिक्षणको पनि ब्यवस्था मिलाईनेछ।
- नगर क्षेत्रमा कानून तथा सामाजिक विश्वविद्यालय स्थापनाका लागि आवश्यक समन्वय, सहकार्य र सहयोग गरिनेछ।
- विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न प्रधानाध्यापकसँग बार्षिक कार्यसम्पादन करारको ब्यवस्थामा निरन्तरता दिईनेछ।
- विद्यालय तथा शिक्षकहरुलाई सिकाइ उपलब्धीका आधारमा दण्ड र पुरस्कारको नीति अवलम्वन गरिनेछ।
- बालबालबालिकाहरुको सर्बाङ्गिण विकासकालागि नगरस्तरीय अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिनेछ।
- विद्यालयको नक्सांकन, दरवन्दी मिलान तथा विद्यालय समायोजन कार्यलाई निरन्तरता दिइनेछ।
- आधारभूत तहको परीक्षा ब्यवस्थापन तथा सञ्चालन थप प्रभावकारी बनाइनेछ।
- विद्यालयमा अनौपचारिक ढंगले विपद् ब्यवस्थापन सम्वन्धी शिक्षा प्रदान गर्ने ब्यवस्था मिलाईनेछ।
- नगर भित्रका विद्यालयको आवश्यकता अनुसार स्थानीय पाठ्यक्रमको निर्माण र पठनपाठनको ब्यवस्था मिलाईने छ।
- विद्यालय ब्यवस्थापनबाट सिर्जित हुने बालबालिकाको बसाई र विद्यालयको दुरीको समस्यालाई ध्यानमा राख्दै विद्यालय समायोजन भएका क्षेत्रका बालबालिकालाई अध्ययनकालागि आवासीय नमूना बिद्यालयको लागि आवश्यक अध्ययन गर्ने ब्यवस्था गरिनेछ।
- प्राविधिक तथा स्वरोजगार जनशक्ति उत्पादन गर्न नगर क्षेत्र भित्र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम दिने गरी स्थापित विद्यालयहरुलाई प्रोत्साहन गरीने नीति लिइनेछ।
- नगरपालिका भित्र सञ्चालनमा रहेका तर नगरमा आबद्धता नलिएका संस्थागत विद्यालयहरुलाई नगरमा आवद्धता गराईने छ।
- नगरपालिका भित्र रहेका नगरसँग आवद्ध भएका संस्थागत विद्यालयहरुको समन्वय र साझेदारीमा प्राविधिक शिक्षालय सञ्चालन गर्न आवश्यक सहयोग गरिनेछ।
- विद्यालयको संस्थागत क्षमता विकास गरी पारदर्शिता उत्तरदायित्व र जवाफदेहिता प्रवर्धन गर्न नियमित विद्यालय अनुगमन तथा सुपरीबेक्षण कार्यलाई प्रभावकारी बनाईने छ र संस्थागत विद्यालयलाई प्रभावकारी नियमन गरिनेछ।
- संस्थागत विद्यालय र सामुदायिक विद्यालय वीच साझेदारी कार्यक्रम सञ्चालन गर्न पहल गरिनेछ।
- विद्यालय शिक्षामा पहुँच गुणस्तर र संस्थागत क्षमता विकास गर्न गैरसरकारी क्षेत्र निजी क्षेत्र नागरीक समाज आदिसँग सहकार्य र साझेदारीमा विविध कार्यक्रम सञ्चालन गरिनेछ।
- हिंसा पीडित तथा फरक क्षमता भएका ब्यक्तिहरुलाई प्राविधिक शिक्षा अध्ययन गर्ने ब्यवस्था मिलाउने नीति लिइनेछ ।
- नगरको शैक्षिक गतिविधिमा एकरुपता ल्याउने ब्यवस्था मिलाईनेछ।
- नगरपालिका भित्रका द्वन्द पीडित परिबारहरुको पहिचान गरी उपयुक्त राहत र बालबालिकाहरुलाई शिक्षाकालागि छात्रबृत्तिको ब्यवस्था र आय आर्जनका लागि अभिभावकहरुको सीप तथा क्षमता विकास कार्यक्रम संघीय सरकार/प्रदेश सरकारको समन्वय, सहकार्य र सहयोगमा सञ्चालन गरिनेछ।
- नगर भित्र सञ्चालित सामुदायिक उच्च शिक्षालयहरुलाई निरन्तर सहयोग गरिनेछ।
- जनक माध्यमिक विद्यालयमा सुचारु भएको प्राविधिक शिक्षालय तथा नमूना विद्यालयका लागि नगरबाट आवश्यक सहयोग समन्वय र सहकार्य गरिनेछ।
- नगरपालिका क्षेत्रभित्र उच्च शिक्षा सञ्चालन गर्ने विश्वविद्यालय, तालिम केन्द्र जस्ता प्राज्ञिक संस्थाहरु तथा निकायहरुसँग सहकार्य गर्ने नीति अघि सारिनेछ।
- काठमाडौं विश्वविद्यालय अन्तर्गत पढाई हुने सम्पूर्ण संकायमा नमोबुद्धको विद्यार्थी कोटा निर्धारण गर्न पहल गरिनेछ।
युवा
- नगरका बालबालिका तथा युवालाई लक्षित गरी लागुऔषध दुर्व्यसन, जातीय विभेद, सामाजिक कुरीति, यौनिक तथा घरेलु हिंसा, मानव बेचविखन र विद्युतीय अपराध विरुद्ध सचेतना जगाउन “हाम्रो ध्यान युवा सचेतना अभियान” कार्यक्रम ससंचालन गरिनेछ।
- नेपाल स्काउटका कार्यक्रमहरु संचालन गरिनेछ।
- गठित युवा परिषद्लाई व्यवस्थित गरिनेछ। युवा परिषद् मार्फत युवा स्वरोजगार युवा सशक्तिकरण तथा सामाजिक उत्तरदायित्व वोध गराउने नीति अवलम्वन गरिनेछ।
- युवाहरुका लागि नवप्रवर्तन सेन्टर निर्माणकालागि राष्ट्रिय युवा परिषद्सँग सहकार्य र समन्वय गरी वडा नम्बर ०८ मा सेन्टर निर्माणका लागि आवश्यक पहल गरिनेछ।
- “नगरको सम्वृद्धिका लागि युवाको क्रियाशीलता, हातमा सीप र दिमागमा उद्यमशिलता” भन्ने सोच कार्यान्वयनका लागि युवा नमूना संसद, युवाको नेतृत्व विकास, व्यवसायिक सीप अभिबृद्धि, रोजगार, स्वरोजगार एवम् उद्यमशीलता प्रवर्धन जस्ता युवा सशक्तिकरणका कार्यक्रमको व्यवस्था गरिनेछ।
- आधारभूत तह कक्षा तथा माध्यमिक विद्यालयमा स्काउटिङ शिक्षाको विस्तार गर्नुका साथै समुदायस्तरमा समेत स्काउटिङ शिक्षालाई प्रोत्साहन गरिनेछ ।
खेलकुद
- खेलकुदको समुचित विकास गर्न नगर खेलकुद विकास समिति गठन गरी पूर्वाधार निर्माण तथा विभिन्न खेल प्रतियोगिता तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ। खेल क्लवहरुलाई नगरपालिकामा दर्ता तथा सूचीकरण गरिनेछ।
- नगरस्तरीय खेलकुद विकासकालागि वडा नं ४ मा निर्माण भएको बहुउद्धेश्यीय कभर्डहललाई सुचारु गरिनेछ। अन्य खेल पूर्वाधार निर्माणमा तिब्रता दिइनेछ। साथै नगरस्तरीय फुटवल मैदान निर्माणका लागि उपयुक्त स्थानको पहिचान गरी DPR को कार्य सुचारु गरिनेछ।
- नमोबुद्ध नगरपालिकाको दाप्चा क्षेत्रलाई लक्षित गरी बहुउद्धेश्यीय कभर्डहल को DPR को तयार गरी निर्माण कार्यको प्रारम्भ गर्न आवश्यक बजेट विनियोजन गरिनेछ।
- युवाहरुको शारीरिक मानसिक क्षमता बृद्धि तथा विकासका लागि र “विकास, गतिशीलता र स्वास्थ्यका लागि खेलकुद” भन्ने सोचका साथ बडास्तरीय मेयर कप फूटवल, उपमेयर कप भलिवल, कपर्दी तथा एथलेटिक्स प्रतियोगिताहरु आयोजना गरिनेछ।
- खेलकुद विकासका लागि एक वडा एक खेल मैदानको नीतिलाई निरन्तरता दिईनुका साथै निर्माण भएका मैदानलाई स्तरोन्नति गरिनेछ। निजी क्षेत्रको सहयोगमा ब्यवसायिक रंगशाला निर्माण कार्यका लागि रणनीतिक साझेदारको खोजी गरिनेछ।
- नमोबुद्ध नगरपालिका वडा नम्बर ०१ मा निर्माणाधीन मानेगाउँ खेल मैदानलाई निरन्तरता गरिनेछ।
३. स्वास्थ्य नीति:
- कोरोना भाईरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणको लागि अग्रपंक्तिमा रही उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई नमोबुद्ध कोरोना योद्धा सम्मानको व्यवस्था गरिनेछ।
- मेयर विपन्न नागरिक स्वास्थ्य विमा कार्यक्रम, मानसिक रोगीहरुको निशुल्क औषधि उपचार, उपमेयर मातृ तथा नव शिशु कार्यक्रम संचालन गरिनेछ।
- सुत्केरी हुने महिलालाई वडा कार्यालय मार्फत आवश्यकता अनुसार निशुल्क एम्वुलेन्स वा अन्य यातायातको ब्यवस्था गरिनेछ।
- जिरो होम डेलिभरीलाई पूर्णता दिनका लागि नगरपालिका भित्र प्रसुती केन्द्र सम्म आउन र जानका लागि नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गरिनेछ।
- एक घर एक आयुर्वेदिक औषधिको विरुवा रोपन कार्यक्रम संचालन गरिनेछ।
- नमोबुद्ध नगरपालिका भित्रका स्वास्थ्य संस्थामा सुत्केरी गराउने सुत्केरीहरुलाई प्रोत्साहन गर्न सुत्केरीसँग उपमेयर तथा गर्भवती पोषण कार्यक्रम संचालन गरिनेछ।
- कोरोना रोकथाम तथा नियन्त्रण लगायतका महामारीमा खटिएका फ्रन्ट लाईनका कर्मचारी, स्वास्थ्यकर्मीहरुलाई उचित प्रोत्साहन गरिनेछ।
- आहतमा राहतका लागि आवश्यक सामग्रीहरुको वितरण एकद्वार प्रणाली मार्फत हुने व्यवस्था गरिनेछ।
- अस्पताल, स्वास्थ्य चौकी तथा स्वास्थ्य एकाईबाट प्रदान गरीने खोप सेवा, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य, पोषण लगायतका जनस्वास्थ्य सेवाहरु र उपचारात्मक सेवाका लागि आवश्यक औषधी, उपकरण तथा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन आवश्यक बजेट व्यवस्था गरिनेछ।
- धुलिखेल अस्पतालको अनुसन्धान केन्द्र यस नगरपालिकाको वडा नम्बर ११ मा स्थापना गरिनेछ।
- मेथिनकोट अस्पताललाई संघीय सरकारसँग समन्वय तथा सहकार्य गरी संघीय अस्पतालमा स्तरोन्नति गरिनेछ र मेथिनकोट अस्पतालबाट थप विशेषज्ञ स्वास्थ्य सेवाहरु सञ्चालन गरिनेछ।
- सरुवा रोग उपचार गर्नका लागि संघीय सरकार, प्रदेश सरकार तथा निजी क्षेत्रहरुसँगको आवश्यक सहकार्य, समन्वय र सहयोगमा सरुवा रोग अस्पताल निर्माणका लागि पहल गरिनेछ।
- स्वास्थ्य विमा कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ।
- सवै स्वास्थ्य संस्थाहरुमा आवश्यक जनशक्ति व्यवस्थापनका लागि पहल गरी स्वास्थ्य सेवालाई प्रभावकारी वनाईनेछ।
- एम्बुलेन्स सेवा सञ्चालनलाई थप विस्तार गरी प्रभावकारी बनाइनेछ।
- “निरोगी नमोबुद्ध निर्माणकालागि:: निशुल्क मोतिविन्दु उपचारको व्यवस्था” कार्यक्रम निरन्तरता दिई आँखामा मोतिविन्दु भएका तथा श्रवणशक्ति कम भएका बिरामीहरुलाई उपचारमा निशुल्क उपचारको व्यवस्था प्रभावकारी रुपमा निरन्तरता दिइनेछ।
- सबै वडामा आधारभूत स्वास्थ्य सेवा निशुल्क प्रदान गर्ने प्रकृयालाई सुनिश्चितता तथा निरन्तरता दिइनेछ, साथै स्वास्थ्य संस्था नभएको वडामा २०७८/०७९ भित्र आवश्यकता अनुसार स्वास्थ्य संस्था स्थापना तथा सञ्चालन गरिनेछ।
- पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई निरन्तरता दिइनुका साथै खोप कार्यक्रमलाई अझै प्रभावकारी बनाईनुका साथै खोप सेवामा सबैको पहुँच बढाईने छ । थप खोप सेवाहरु निरन्तर रुपमा क्रमशः विस्तार गर्दै लगिनेछ र पूर्णखोप सेवा उपलब्ध वडा घोषणालाई दिगो बनाइनेछ।
- गरीब तथा विपन्न नागरीकको स्वास्थ्य उपचारका लागि निश्चित मापदण्ड निर्माण गरी आर्थिक सहयोग गरिनेछ।
- महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई अझै प्रभावकारी बनाउँदै टोलटोलमा स्वास्थ्य आमा समूहको बैठक सञ्चालन, बच्चाको तौल अनुगमन र बाल पोषण कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरिनेछ। महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- खोप सेवा, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य, पोषण लगायतका जनस्वास्थ्य सेवाहरुसँग सम्बन्धित सेवा सुविधालाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गर्न आवश्यक बजेट व्यवस्था गरिनेछ।
- गाउँघर क्लिनिक तथा खोप क्लिनिकको सेवा आवश्यकता अनुसार विस्तार गर्दै नियमित, प्रभावकारी, सहभागितात्मक एवं गुणस्तरीय बनाउँदै आवश्यक फर्निचर तथा औजार उपकरणको व्यवस्था गर्दै लगिनेछ। नेपाल सरकारले निःशुल्क वितरणका लागि तोकेका औषधीलाई निरन्तर आपूर्तिको व्यवस्था मिलाईनेछ।
- नियमित रुपमा स्वास्थ्य संस्थाको अनुगमन तथा सहयोगात्मक सुपरिवेक्षण गरिनेछ। उत्कृष्ट स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई पुरस्कृत गरिनेछ।
- निजी तथा गैर सरकारी संस्थाद्धारा संचालित स्वास्थ्य संस्थाहरुको आवश्यक मापदण्ड तयार गरी सोको नियमित अनुगमन गरिनेछ।
- भौगोलिक विकटतालाई ध्यानमा राखी स्वास्थ्य शिविरहरु सञ्चालन गरिनेछ।
- स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीलाई व्यवस्थित गर्न अभिलेख प्रतिवेदनलाई छिटो छरितो गर्न इन्टरनेट सहितको कम्प्युटर प्रणालीलाई विस्तार गरिनेछ।
- स्वास्थ्य संस्थाको भवन निर्माण, मर्मत सुधार तथा विद्युत, खानेपानीको नियमित आपूर्तिको साथै आवश्यक औजार उपकरणको व्यवस्था गरिनेछ।
- गैर सरकारी संस्थाहरुले सञ्चालन गर्ने स्वास्थ्य कार्यक्रमहरुमा दोहोरोपना आउन नदिन एकद्धार नीति अवलम्बन गरिनेछ।
- नमोबुद्ध नगरपालिका भित्र विपसेना ध्यान केन्द्र निर्माणको लागि आवश्यक पहल गरिनेछ।
- “एक विद्यालय एक नर्स” कार्यक्रमलाई निरन्तरता दिइनेछ। विद्यालयस्तरमा नियमित रुपमा विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गर्दै सोको नियमित अनुगमन गरिनेछ। वर्षको दुईपटक हुने विद्यालय स्वास्थ्य तथा पोषण सप्ताहलाई निरन्तरता दिइनेछ।
- महामारीजन्य रोग तथा प्रकोप पश्चात देखिने स्वास्थ्य समस्याको व्यवस्थापन गर्न समुदाय स्तरीय आकस्मिक प्रतिकार्य समूहको क्षमता अभिवृद्धि गर्दै आकस्मिक औषधी तथा सामग्रीको व्यवस्था गरिनेछ।
- नगरभित्र दर्ता नगरी एलोप्याथी, होमियोप्याथी तथा आर्युवेदिक औषधी बिक्री वितरण तथा स्वास्थ्य क्लिनिक तथा शिविर सञ्चालन गर्ने कार्यलाई पूर्ण रुपमा रोक लगाई सम्बन्धित निकायबाट अनुमती लिएर मात्र बिक्री वितरण गर्ने व्यवस्था मिलाईनेछ।
- आयुर्वेदिक र प्राकृतिक चिकित्सा प्रणालीको विस्तार र प्रवर्द्धन गरिनेछ। वैकल्पिक उपचार (योग, ध्यान, प्राकृतिक चिकित्सा, आयुर्वेद) को अध्ययन अनुसन्धानलाई प्रोत्साहन गरी प्राप्त नतिजालाई सम्बन्धित क्षेत्रमा लागु गरिनेछ। नागरीकहरुलाई योगाभ्यास र शारीरिक व्यायामसहितको जीवनपद्धति अपनाउन प्रेरित गर्न पतांजलि योग तथा प्राकृतिक चिकित्सालयमा व्यायामशाला तथा योग केन्द्र स्थापना गरिनेछ। निजी क्षेत्रको सहकार्यमा योग केन्द्र निर्माण गरिनेछ। विद्यार्थी, शिक्षक र समुदायमा सकारात्मक सोचको विकास गर्न नगरपालिका भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा योग शिविरको आधारभूत कक्षा कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको छ।
- नवजात शिशु तथा ५ वर्ष मुनिका बालबालिकाहरुको स्वास्थ्य उपचारलाई प्रभावकारी बनाउन Special Newborn Care Unit (SNCU) र Facility Based Integrated Management of Childhood Illness (FB-IMNCI) सेवाहरु सञ्चालन गर्नका लागि आवश्यक औजार उपकरण र स्वास्थ्यकर्मीहरुका लागि तालिमको व्यवस्था गरिनेछ।
- विभिन्न संघसंस्थाहरुको सहकार्यमा नगरपालिका भित्र मनोपरामर्श लगायतका स्वास्थ्य सम्बन्धी विशेष कार्यक्रम संचालन गरिनेछ।
४. महिला सम्बन्धी नीतिः
- दुई छोरी मात्र जन्माएर स्थायी परिवार नियोजन गर्ने दम्पतिलाई नगरपालिकाबाट उचित सम्मान गरिनेछ।
- “जसको सवाल उसैको संलग्नता र नेतृत्व” भन्ने नाराको साथमा महिलाहरुको सशक्तिकरण र सवलीकरणमा जोड दिदै योजना तर्जुमा प्रकृयामा सहभागिता सुनिश्चितता गरिनेछ।
- छुवाछुत, सामाजिक कुरीति, अन्धविश्वास, लैङ्गिक विभेद र हिंसाका घटनाहरु न्यूनीकरणका लागि नीतिगत एवं संस्थागत व्यवस्था गरिनेछ।
- सामाजिक आर्थिक रुपमा पछाडी परेका महिलाहरुको सशक्तिकरण गर्न लैङ्गिक सामानता, समावेशीकरण तथा सामाजिक न्यायको सुनिश्चितता गरिनेछ।
- “नमोबुद्ध नगरको ईच्छा, छोरी बुहारीलाई रोजगारी र उच्च शिक्षा” भन्ने नारालाई सार्थक बनाउन नगरपालिकामा स्थायी बसोबास भएका बेरोजगार छोरी बुहारीहरुलाई लक्षित गरी कार्यक्रम संचालन गरिनेछ।
- किशोरीहरुलाई विभिन्न खाले हिंसावाट वच्न हिंसा विरुद्ध आत्मरक्षा तालिम सञ्चालन गरिनेछ।
- महिला हिंसा तथा घरेलु हिंसामा परेका महिलाहरुको सहयोगका निमित्त मनोसामाजिक विमर्शकर्ता तथा सीप सहितको पुनर्स्थापना केन्द्रको व्यवस्था गर्न पहल गरिनेछ।
- महिलाहरुको आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तनकालागि योजना तथा कार्यक्रमहरु सञ्चालन गर्दै लैजाने नीति अवलम्बन गरिनेछ।
- महिलाहरुलाई स्वरोजगार र आत्मसम्मानित बनाउनकालागि महिलाहरुको नाममा दर्ता हुने उद्योग व्यवसायमा २५ प्रतिशत राजस्व छुट गरिनेछ।
- महिलाहरुलाई व्यवसायिक बनाउन सबै वडामा उद्यमशिलता तालिम सञ्चालन गर्ने गराउने नीति अबलम्बन गरिनेछ।
- विभिन्न संघसंस्थाहरुको समन्वयमा मानवअधिकार, महिला अधिकार, मानव बेचविखन विरुद्धका कार्यक्रमहरु सञ्चालन गरिनेछ। महिलाहरुमा हुने वा हुनसक्ने स्वास्थ्य समस्याको जटिलताका आधारमा क्रमशः स्त्रीरोग विशेषज्ञबाट स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।
- विद्यालय विमुख किशोरीहरुलाई जीवन उपयोगी तथा किशोरी परामर्श कार्यक्रम सञ्चालन गरिनेछ।
- गम्भीर प्रकृतिका हिंसामा परेका महिलाहरुकालागि पुनस्थापना केन्द्र मार्फत सुविधा तथा राहत उपलब्ध गराइनेछ।
- महिलाहरुकालागि आर्थिक तथा सामाजिक विकास हुने कार्यक्रमहरु सञ्चालन गरिनेछ र महिलाहरुलाई व्यावसायिक बनाउने कार्यक्रमहरु सञ्चालन गरिनेछ।
- नगरमा भएका महिला सहकारी सस्थाहरुलाई परिचालन गरी महिला शसक्तिकरण गराउन विभिन्न कार्यक्रमहरु गरिनेछ।महिलाहरुबाट मात्र संचालित सहकारी संस्थाहरुलाई प्रोत्साहन गरिनेछ।
- लैङ्गिक हिंसा प्रभावितहरुकालागि सञ्चालन भएका सेवा केन्द्रलाई निरन्तरता दिइनेछ र लैङ्गिक हिंसा प्रभावितहरुका लागि लैङ्गिक हिंसा निवारण कोषमा थप रकमको व्यवस्था गरिनेछ।
- महिलाको क्षेत्रमा काम गर्ने संघसंथाहरुसँग समन्वय गरी कार्यक्रमहरु सञ्चालन गरिनेछ।
- महिलाहरुले उत्पादन गरेको हस्तकला सामग्रीहरुलाई आवश्यकता अनुसार उपयुक्त स्थान पहिचान गरी कोसेली घरको स्थापना गरी बजार व्यवस्थापन गर्ने नीति अबलम्बन गरिनेछ।
- निरन्तर शिक्षाका लागि महिलाहरुकालागि नियमित कक्षा सञ्चालन गर्न विभिन्न संघ सस्थाहरु सँग समन्वय गरी पूर्ण साक्षर नगर बनाउन विभिन कार्यक्रमहरु सञ्चालन गरिनेछ।
- एकल महिला, फरक क्षमता भएका महिलारुलाई आर्थिक आत्मनिर्भर बनाउने विशेष कार्यक्रमहरु सञ्चालन गरिनेछ।
- “सामाजिक न्याय र समताका लागि सकरात्मक विभेद“ को नीति अनुरुप हाल सञ्चालन गरीदै आएको क्षमता विकास तथा स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिदै एकल महिला, द्वन्द्वपीडित महिला, बेरोजगार तथा अति पिछडिएका र बिपन्न समुदायको लागि रोजगारमूलक तालिमको व्यवस्थालाई थप प्रभावकारी बनाइनेछ। सबै प्रकारका घरेलु हिंसामा परेका महिलाहरुलाई न्याय दिलाउन उच्च प्राथमिकता दिइनेछ।
- घरेलु हिंसामा परेको महिलाहरुका लागि पुनस्थापना केन्द्र निर्माणका लागि आवश्यक पहल गरिनेछ।
५. बालबालिका सम्बन्धी नीतिः
- नमोबुद्ध नगरपालिकालाई बालश्रम मुक्त नगर घोषणा गरिनेछ।
- बालबालिकामा पर्नसक्ने मनोसामाजिक असर प्रभावलाई कम गर्न सामुदायिक विद्यालयका बालमैत्री कक्षा व्यवस्थापन साथै शिक्षक र बालविकास केन्द्रको सहजकर्तालाई मनोसामाजिक परामर्श सम्बन्धी तालिम सञ्चालन गर्ने नीति लिइनेछ ।
- भिन्न क्षमता तथा तेस्रो लिंगी बालबालिकाहरुका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ।
- “बालबालिकासँग मेयर कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- अभिभावक विहिन बालबालिकाको संरक्षण गर्न बालबालिका सुरक्षा कार्यक्रम संघीय सरकार/प्रदेश सरकारसँग समन्वय र सहकार्य गरी सञ्चालनमा ल्याइनेछ।
- बालविवाह मूक्त नगर बनाउनका लागि बालविवाह विरुद्धको कार्यक्रमहरु अभियानको रुपमा सञ्चालन गरिनेछ।
- किशोर किशोरीहरुका लागि जीवन उपयोगी सीप तालिम कार्यक्रमहरु सञ्चालन गरिनेछ।
- महिला संस्था अन्तर्गत रहेका किशोरी समूहरुलाई व्यवस्थापन हुने कार्यक्रमहरु सञ्चालन गरिनेछ।
- नगर भित्र भएका अनाथ बालबालिकाको संरक्षणको लागि बाल गृह स्थापनाको लागि आवश्यक पहल गरिनेछ।
६. आदिवासी जनजाती, दलित, अपाङ्ग तथा जेष्ठ नागरीक सम्बन्धी नीतिः
- नेपाल सरकारबाट उपलब्ध गराइने सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई अझै सहज र सरल बनाउन बैंकहरुको सहयोगमा पूर्ण अशक्त लाभग्राहीको घरमा नै भत्ता वितरण गर्ने व्यवस्था मिलाईनेछ।
- पूरानो व्यक्तिगत घटनाका दर्ता किताब डिजिटाइज गरी नयाँ व्यक्तिगत घटना दर्ता पूर्ण रुपमा अनलाईन प्रणालीलाई निरन्तरता दिइनेछ।
- सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तामा नागरीकको सहज पहुचँ पुर्याउन तथा शत् प्रतिशत घटना दर्ता गराउन सूचना संचार तथा पहुचँ अभियान (दर्ता सिविर) संञ्चालन गरिनेछ।
- सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी गुनासो पूर्ण रुपमा व्यवस्थापन गरी अनलाईन प्रणालीमा समेत रेकर्ड गरीने छ।
- सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तालाई प्रकृयालाई सबल र सहज बनाउन सम्बन्धित कर्मचारीहरुलाई आबश्यक पुनःताजिकी तालिमको व्यबस्था गरीने छ।
- आदिवासी जनजातिहरुको संविधान प्रदत्त अधिकारलाई सुनिश्चित गर्दै आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासका साथै भाषा, संस्कृति, परम्परा र पूख्र्यौली सीपको संरक्षण तथा प्रवर्द्धन गर्ने नीति रहनेछ।
- जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ को प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ।
- दलित समुदायका परम्परागत पेसा, कला र सीप संरक्षण/सम्बर्द्धन गर्दै तीनको क्रमशः आधुनिकीकरण र व्यवसायीकरण गर्ने नीति अवलम्बन गरिनेछ।
- एक वडा एक जेष्ठ नागरीक मिलन चौतारी स्थापना गरिनेछ। जसमा ज्येष्ठ नागरीककालागि आवश्यक विभिन्न सुविधाहरु उपलब्ध गराइनेछ ।
- जेष्ठ नागरीकहरुलाई सम्मान गर्दै वहाँहरुसँग भएको ज्ञान तथा अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने कार्यक्रम सञ्चालन गरिनेछ।
- जेष्ठ नागरीकहरुको स्वास्थ्य जटिलतालाई ध्यानमा राखी नियमित स्वास्थ्य जाँच गर्न स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।
- आफ्ना बाबु आमालाई राम्रो पालनपोषण गर्ने प्रत्येक वडा बाट कम्तीमा दुई जनालाई पहिचान गरी असल सन्तान सम्मान पुरस्कारबाट सम्मानित गर्न आवश्यक बजेट व्यवस्थापन गरिनेछ।
- जेष्ठ नागरीक मिलन केन्द्रको रुपमा विकास गर्नका लागि नगरस्तरीय जेष्ठ नागरीक भवन निर्माण आवश्यक लागि पहल गरिनेछ।
- दलित वर्गको जीवनयापन सहज बनाउने, सचेतना तथा सीप विकास जस्ता कार्यक्रम सञ्चालन गर्ने गराउने नीति लिइनेछ।
- अपाङ्गहरुको चौतर्फी विकास गर्न अपाङ्ग लक्षित कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गरिनेछ। अपाङ्गता भएका व्यक्तिहरुको सीप र कलालाई उच्च प्राथमिकतामा राखिनेछ।
- अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र कार्ड वितरणलाई निरन्तरता दिइनेछ। अपाङ्ग परिचयपत्र घुम्ती शिविर सञ्चालन गरी वितरण गरिनेछ।
- अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकास सम्बन्धी कार्यक्रमहरु संचालन गरी आवश्यक अपाङ्गमैत्री सामग्रीहरु सहयोग गरीने छ। अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित कार्यक्रमलाई निरन्तरता दिइनेछ। अपाङ्गता भएका महिलाहरुकालागि विशेष कार्यक्रमहरु सञ्चालन गरिनेछ।
- नगरपालिका भित्र बनेको भौतिक संरचनाहरु अपाङ्गमैत्री बनाइनेछ।
- लामो समय देखि अपाङ्गता भई घरमा रहेका विशेष व्यक्तिहरु पहिचान गरी आर्थिक सहायता तथा अपाङ्गतामैत्री सामग्री वितरण गरिनेछ।
- बालबालिका पुनर्स्थापना केन्द्र, जेष्ठ नागरीक आश्रय केन्द्र, अशक्त स्याहार केन्द्र स्थापना र सञ्चालनका लागि कार्यक्रम तर्जुमा गर्ने र आवश्यकता अनुसार केन्द्रहरु स्थापना गरी नियमित सञ्चालन गर्ने तथा सबै नागरीकमा सोको सहज पहुँच पुर्याइनेछ।
(ग) पूर्वाधार विकास
१. भौतिक तथा पूर्वाधार विकास नीति:
- भौतिक पूर्वाधारको विकास गर्दा पानीको श्रोत, वनजंगल लगायतका प्राकृतिक श्रोत तथा धार्मिक क्षेत्र विस्थापित नहुने गरी वातावरण संरक्षण हुनेगरी डिजाइन गरिनेछ।
- २० वर्षे दीर्घकालीन सोचका साथ एकीकृत नगर विकास योजना निर्माण गरी सोही आधारमा वार्षिक नगर विकास योजना निर्माण गरी कार्यान्वयन गर्ने नीति लिइनेछ ।
- निर्मित पूर्वाधारहरुको नियमित मर्मतसम्भार, सञ्चालन, संरक्षण एवं सम्बर्द्धन गर्न निजी क्षेत्र तथा सामुदायिक, सहकारी क्षेत्र र उपभोक्ता समितिहरुलाई प्रोत्साहित गर्ने नीति लिइनेछ । पूर्वाधार प्रयोगकर्ताबाट उपयोग कर सङ्कलन गरिनेछ।
- शहरी विकास तथा भवन निर्माण विभागबाट संचालित शहरी विकासको कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- भौतिक पूर्वाधार निर्माणलाई स्थानीय नगरबासीहरुको दिनचर्यालाई सहज बनाउने तथा आर्थिक आय आर्जनसँग जोड्दै समृद्धितर्फ उन्मुख गरीने नीति लिइनेछ ।
- अतिथि सत्कारका लागि अतिथि सत्कार गृह निर्माण गरिनेछ।
- “सबै वडा आफ्नै प्रशासकीय भवनमा” कार्यक्रमलाई पूर्ण गर्न यस आर्थिक वर्ष २०७८/०७९ मा सवै वडा कार्यालयहरुको भवन निर्माण सम्पन्न गर्ने नीति अनुरुप निर्माण भई रहेका वडा कार्यालयहरुलाई सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरिनेछ।
- प्रत्येक वडामा बालमैत्री पार्क, स्मृति पार्क, पिकनिक स्पट, चौतारो, पोखरी, खेलमैदान, पुस्तकालय, संग्रहालय, योगकेन्द्र आदि स्थापना गर्दै लगिनेछ। यस्ता केन्द्रमा ऐतिहासिक व्यक्तित्वहरुको सालिक निर्माण गरिनेछ।
- सवारी पार्किङ्गलाई व्यवस्थित गर्न सडकका दायाँबायाँ अव्यवस्थित रुपमा सवारी साधन पार्किङ्ग कार्यलाई निरुत्साहित गर्दै व्यवस्थित पार्किङ्ग क्षेत्रहरु निर्माण गरीने छ।
- नगरपालिकाको प्रवेश विन्दुमा कलात्मक प्रवेशद्वार निर्माण गरिनेछ।
- नगरभित्र सञ्चालन हुने हरेक योजना तथा आयोजनाहरुको कुल लागतमा दुई प्रतिशत वातावरण संरक्षण तथा जलवायु परिवर्तन अनूकुलन कार्यमा खर्च गर्ने व्यवस्था मिलाईनेछ।
- पूर्वाधार अन्तर्गतका सबै निर्माण कार्य उत्पादनमुखी, वातावरणमैत्री, अपाङ्गमैत्री, महिला मैत्री, जेष्ठ नागरीकमैत्री र प्रकोप प्रतिरोधात्मक बनाइनेछ।
- श्रमको सम्मान गर्दै सृजनशिलता सहितको रोजगारीबाट पूर्वाधार निर्माण गरी समाजवाद उन्मुख समाज निर्माण गरिनेछ।
- नगरपालिकाका गौरवका योजना अन्तर्गत विस्तृत सर्भे तथा डिजाइन इष्टिमेट भइसकेका सडक तथा पुलहरुको निर्माण कार्य आरम्भ गरिनेछ। नगर यातायात गुरु योजना संसोधन गरी गुरुयोजनाले तोकेको मापदण्ड र प्राथमिकताको आधारमा स्तरोन्नति भएका कच्ची सडकहरुलाई क्रमशः कालोपत्रे गर्ने र सो बाहेकका मुख्य मुख्य सडकहरु र गाउँ भित्रका परम्परागत सडकहरुको स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
- सार्वजनिक निजी साझेदारी मार्फत नगर क्षेत्रभित्र स्विमिङ पुल सहितको आधुनिक वाटर फन पार्क, स्विमिङ पुल, पिकनिक स्थल, लघु उद्योग, व्यवसायिक मल लगाएतका पूर्वाधारको निर्माणको लागि सम्भाव्यता अध्ययन गरिनेछ।सार्वजनिक निजी साझेदारी मार्फत विकासको मान्यतालाइ प्रोत्साहन गरिनेछ।
- वडा नम्बर ०८ को सल्लेडोल क्षेत्रमा नगरस्तरीय बालमैत्री पार्क निर्माण प्रारम्भ गरिनेछ।
- सोतीखोला जलाधार व्यवस्थापन आयोजना, गुरुप्रसाद मैनाली पार्क, पारीजात पार्क, नमोबुद्ध ८ स्थित बुद्धपार्क तथा बालमैत्री पार्क निर्माणलाई निरन्तरता दिइनेछ।
- २५ किलो चरंगेफेदि पक्की पुल निर्माणको कार्यलाई निरन्तरता दिइनेछ।
- दाप्चा पुन:उथान कार्यक्रमलाई निरन्तरता दिई एतिहासिक दाप्चा बजारमा ढलानका लागि बजेट विनियोजन गरिनेछ।
- लास्कोटबेशी लिफ्ट सिंचाई, पिपलटार लिफ्ट सिंचाई, खाक्सी सिंचाई, टुनिटारबेशी सिंचाई कार्यक्रमहरुलाई प्राथमिकतामा राखी आवश्यक बजेट विनियोजन गरिनेछ।
२. सडक तथा यातायात तर्फको विकास नीति:
- नमोबुद्ध नगरपालिका आर्थिक वर्ष २०७५/०७६ मा निर्माण गरिएको नगरस्तरीय यातयात गरुयोजनालाई पारित गरी सो अनुसार सडक मापदण्डलाई समयसापेक्ष पुनरावलोकन गरिनेछ।
- सबै वडाहरुलाई समेट्ने गरी नगर चक्रपथको सम्भाव्यता अध्ययन सहित विस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ। सम्पूर्ण वडाहरुलाई समेटी नमोबुद्धको आर्थिक विकासमा टेवा दिन नमोबुद्ध चक्रपथ रेखांकन सम्पन्न गरिनेछ र निर्माण कार्यको थालनी गरिनेछ।
- नगरस्तरीय यातायात गुरुयोजना अनुरुप सडकको निर्माण तथा मर्मत गर्ने व्यवस्था मिलाईनेछ।
- जग्बैदेश्वर-आरुटार-दाहालटार-रिठेचौर- ढुंगेसाँघु वाईपास रोड निर्माणका लागि पहल गरिनेछ।
- यस नमोबुद्ध नगरपालिका वडा नम्बर ०१ हिराको पसल मथुरापाटि फुलबारी सडक, वडा नम्बर ०२ स्थित २० किलो भकुण्डेबेशी बाट नगरपालिका कार्यालय जोड्ने सडक, वडा नम्बर ०२ को वि.पी.राजमार्ग पात्ले गाउँ देखि लकाईने-पिपलबोट हुँदै जवदीबेशी सम्मको सडक, वडा नम्बर ०२ को वडा कार्यालय देखि दलसिङ्गे जोड्ने सडक, वडा नम्बर ०३ मसर खोला अनमोल बगैचा हुँदै वि.पी.राजमार्ग जोड्ने सडक, वडा नम्बर ०४ को जयटार जनक मा.वि. चुवाने सडक, वडा नम्बर ०५ को कानपुर-लास्कोट हुँदै वि.पी. राजमार्ग जोड्ने सडक, वडा नम्बर ०६ को चरंगेफेदी गाउँको बगरटोल देखि देवीस्थान र श्रीकाली गङ्गा प्रा.वि. सडक, वडा नम्बर ०७ को काक्रे स्वास्थ्य केन्द्र देखि राजमार्ग जोड्ने सडक, वडा नम्बर ०७ को पात्लेखर्क अर्यालटोल हुँदै खानेपानी पहुँच मार्ग सडक, वडा नम्बर ०८ को भकुण्डे आरुबारीचौर तल्लोहटिया पिपलटार सडक, वडा नम्बर ०९ कोनास्पातीबोट दारेगौडा पन्चकन्या प्रा.वि. शिखर कटेरी हुँदै वि.पी. राजमार्ग जोड्ने सडक, वडा नम्बर १० को दाप्चा बसेरी सडक, वडा नम्बर ११ को नमोबुद्ध ढोडारी डाँडा कटेरी चिण्डे लड़केश्वोर सडक र श्यामपाटि कुरूगाउँ वडा कार्यालय जोड्ने सडकलाई यस वर्ष विशेष प्राथमिकतामा राखी बजेट विनियोजन गरिनेछ।
- जिल्ला स्तरीय तथा नगरस्तरीय यातायात गुरुयोजनामा परेका सडकहरु तथा वडा कार्यालयबाट नगरपालिकासम्म जोड्ने सडकलाई बाह्रै महिना सवारी साधन चल्न सक्ने बनाउन प्राथमिकता दिइनेछ।
- श्यामपाटी अरुबारीचौर पुजारीटापु सडक, श्रीरामवस्ती देवीडाँडा, फुस्रेडाँडा सडक, कानपुर सातमुल कमेरे हुँदै बोहोरे सडक, बुचाकोट चरुवा भेडाबारी बोहोरे दोभान सडक, जोरसल्ला महांकाल हुँदै देउराली सडक, नमोबुद्ध नगरपालिका वडा नम्बर ०२ हुँदै अरनिको रमाजमार्ग सडक (अन्तरपालिका) निर्माण अघि बढाइनेछ।
- जिल्ला यातायात गुरु योजना र नगर यातायात गुरु योजनाको प्राथमिकतामा परेको सडक बाहेक नयाँ ट्रयाक खोल्ने कार्यलाई निरुत्साहित गर्दै भइरहेका सडकहरुलाई स्वीकृत मापदण्डका आधारमा स्तरोन्नतिमा जोड दिइनेछ।
- नौविसेदेखि मेथिनकोट हुँदै बुचाकोटसम्म वैकल्पिक सडक (सोती कोरिडोर) निर्माण प्रारम्भ गरिनेछ।
- नेपाल सरकार सहरी विकास तथा भवन निर्माण विभागबाट संचालित सहरी विकासका योजना अन्तर्गत यस आर्थिक बर्षमा नगरबाट वडा केन्द्रसम्म जोड्ने सडकमा कालोपत्रेको काम सुरुवात गरिनेछ र आगामी आ.ब. मा क्रमागत रुपमा अन्य बाटोहरुलाई पनि कालोपत्रे गरीदै लगिनेछ।
३. विद्युत तथा वैकल्पिक उर्जा सम्वन्धी नीतिः
- राष्ट्रिय प्रशारणको विद्युत बारम्बार अवरुद्ध हुने टोल, बस्तीहरुमा सरोकारवालाहरुको समेत सहभागितामा वैकल्पिक उर्जा (सौर्य उर्जा) को विस्तार गरिनेछ।
- समुदायको लागत सहभागितामा दुई वर्ष भित्र काठका बिजुली पोललाई स्टीलको पोलले प्रतिस्थापन गरिनेछ।
- सार्वजनिक महत्वका स्थान र मुख्य सडकमा समुदायको साझेदारीमा सौर्य बत्ती जडान गर्ने नीति अवलम्बन गरिनेछ।
४.बस्ती विकास तथा भूकम्प प्रतिरोधी भवन निर्माण नीतिः
- व्यवस्थित शहरी विकासका लागि राष्ट्रिय भवन संहिता र राष्ट्रिय शहरी विकास नीतिलाई अवलम्बन गरी व्यक्ति र समुदायको अग्रसरतामा बस्ती विकासको कार्यक्रम सञ्चालन गरे गराएमा, त्यस्तो कार्यलाई प्रोत्साहित गर्न प्राविधिक तथा भौतिक पूर्वाधार निर्माणमा सहयोग तथा लगानी गर्ने नीति अवलम्बन गरिनेछ।
- जिल्ला स्तरीय यातायात गुरुयोजना र नगर स्तरीय सडक गुरुयोजनामा उल्लेख भएका जिल्ला स्तरीय सडक र नगरस्तरीय सडकमा जोडिएका जग्गा घरघडेरीका लागि कित्ताकाट गरी किनवेच गर्दा नगरपालिकाले तोकेको भन्दा घटी क्षेत्रफल जग्गा कित्ताकाट गरी किनवेच गर्न रोक लगाइनेछ।
- नगरपालिका क्षेत्रमा निर्माण हुने सबै किसिमका भवन भूकम्प प्रतिरोधी बनाउने नीति लिइनेछ ।
- भवन निर्माण मापदण्ड लागु हुनुभन्दा अगाडि निर्माण भएका घरहरुलाई अभिलेखीकरण गरिनेछ।
- तालिम प्राप्त सूचीकृत कालिगढहरुबाट मात्र घर निर्माण गर्ने कार्य गराइनेछ।
- घरधुरीहरुलाई संकेत नम्बरको आधारमा पहिचान गर्ने व्यवस्था मिलाईनेछ।
- नगरपालिका र विभिन्न संघसंस्थाहरुको सहयोगमा भुकम्प पीडितहरुकालागि निशुल्क रुपमा नक्सा बनाउने तथा प्राविधिक परामर्श उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ।
- सार्वजनिक तथा सरकारी जग्गाको सिमाना एकिन गरी संरक्षण र सदुपयोग गरिनेछ।
- ऐतिहासिक एवं पुरातात्विक सम्पदा तथा बस्तीहरु पुनःउत्थान कार्यक्रम सञ्चालनकालागि संघीय सरकार/प्रदेश सरकारसँग अनुरोध गरिनेछ।
- नमोबुद्ध क्षेत्रको सांस्कृतिक सम्पदालाई संरक्षण गर्न विशेष भवन निर्माण मापदण्ड तथा कार्यविधि तयार गरी तुरुन्त लागु गरिनेछ।
- पूरातात्विक तथा सांस्कृतिक महत्वका मठ मन्दिर, पाटी पौवा, बिहार गुम्बा लगायतको संरक्षण गरिनेछ।
- राधास्वामी सत्संग जस्ता धार्मिक सँस्थाहरुसँग समन्वय र सहकार्य गरी विपद् व्यवस्थापनको उद्धार कार्य Holding Centre को रुपमा समेतमा प्रयोग हुने गरी सामुदायिक भवनको निर्माण प्रारम्भ गरिनेछ।
- रोशी वांगमय प्रतिष्ठानको नवनिर्मित भवनलाई पूर्णता दिई सम्पन्न गर्न पहल गरिनेछ।
(घ) वातावरण तथा विपद् ब्यवस्थापन
१. वातावरण संरक्षण नीतिः
- दिगो विकास लक्ष्यका सूचकहरु पूरा गर्न विशेष नीति तर्जुमा गरी सोहि अनुरुपमा कार्यक्रमहरु संचालन गरिनेछ।
- विवाहित नवदम्पतीले विवाह दर्ता गर्नु पूर्व दुई वटा फलफूलका विरुवा अनिवार्य रोपन गर्ने र बच्चा जन्मेपछि विरुवा रोपन नीतिलाई कार्यान्वयन गरिनेछ।
- नगर भित्रका मुख्य सडक र सहायक सडकहरुमा उपभोक्ता समिति तथा नगरबासीहरुको अपनत्व रहने गरी दायाँवायाँ वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ।
- स्वच्छ हावा स्वच्छ पानि नमोबुद्धको लगानी भन्ने नीति कार्यान्वयन गरिनेछ।
- जलवायु परिवर्तन अनुकूलन तथा यसको असरलाई न्यूनीकरण गर्न सरोकारवालाहरुको सहयोगमा नगरस्तरीय नर्सरी तथा एक वडा एक पोखरी लगायत विविध कार्यक्रमहरु सञ्चालनलाई निरन्तरता दिइनेछ।
- चौतारा, पोखरी, खानेपानीको मुल संरक्षण लगायतका वातावरणमैत्री स्थानीय शासन प्रारुपका सूचकहरु प्रवर्द्धन गरिनेछ।
- “सफा घर, टोल र शहर नमोबुद्धवासीको एउटै रहर“भन्ने नारालाई सार्थक बनाउन वातावरणमैत्री घर, टोल, वडा तथा नगर तहका सूचकहरु निर्माण तथा परिमार्जन गरी कार्यान्वयनमा ल्याइनेछ। साथै मूल्याङ्कनका आधारमा पुरस्कृत गर्ने नीति अवलम्बन गरिनेछ।
- वन वातावरण संरक्षण सँगसँगै आय आर्जनसँग जोडेर सदुपयोग गर्ने नीति अवलम्बन गरिनेछ।
- आफ्नो खेतवारीको एक रुख कटानी गरेबापत कटानी गर्नेले कम्तीमा दुई विरुवा हुर्काउनु पर्ने नीति अवलम्बन गरिनेछ।
- आगामी २ वर्ष भित्र सम्पूर्ण टोल, वडा वातावरणमैत्री घोषणा गरी वातावरणमैत्री नगर घोषणा गरिनेछ।
- सडक छेउका उपयुक्त स्थलमा स–साना उद्यान (बगैंचा) निर्माण गर्ने गराउने नीति अवलम्बन गरिनेछ।
- प्लास्टीकका झोलाहरुलाई निरुत्साहित तथा पूर्ण रुपमा निषेध गरी कुहिने तथा वातावरणमैत्री झोलाहरुको प्रयोगलाई प्रोत्साहन गर्न वातावरणमैत्री झोला निर्माणकालागि महिला सहकारीहरुसँग सहकार्य गरी जनचेतना, तालिम तथा आवश्यक कार्यको प्रारम्भ गरिनेछ।
- नगरभित्र हुने भू–स्खलन, बाढी, आगलागि, भूकम्प आदि जस्ता प्राकृतिक विपत्ति र अन्य कृतिम विपत्तिबाट राहतका कार्यक्रम सञ्चालन गर्न नगरपालिका, नेपाल प्रहरी, नेपाली सेना लगायत विभिन्न संघसंस्थाहरुसँग समन्वय गरिनेछ।
- नगर भित्र रहेका दाप्चा खोला, सोती खोला लगायत अन्य खोलाहरुको मापदण्ड तोकी खोलाको दायाँवायाँ कोरिडोर निर्माण गरी दुवैतर्फ बृक्षारोपण गरिनेछ।
- वायु प्रदुषण न्यूनीकरण गर्न बायोग्याँस तथा सुधारिएको चुलो निर्माणकालागि प्रोत्साहन गरिनेछ ।
- नगरपालिका भित्र निर्माण भएका सार्वजनिक शौचालयको स्तरोन्नति गर्ने साथै उपयुक्त स्थान छनोट गरी थप सार्वजनिक शौचालयको निर्माण गरिनेछ ।
- नक्शा पास गर्दा अनिवार्य २ वटा बहुवर्षीय रुख वा फलफूलको विरुवा रोप्ने तथा हुर्काउने व्यवस्थालाई निरन्तरता दिइनेछ।
- नगरक्षेत्रमा रहेका सामुदायिक वन उपभोक्ता समूहको क्षमता विकास गर्न कार्यक्रम सञ्चालन गरिनेछ।
- वातावरण क्षेत्रमा कार्य गर्ने विभिन्न संस्थाहरुसँगको साझेदारीमा विविध वातावरणमैत्री कार्यक्रमहरु सञ्चालन गरिनेछ।
- “उत्पादन लागि वनमा लगानी” कार्यक्रम घोषणा गरी युवा र बेरोजगार जनशक्तिलाई लक्षित गरी स्थानीयहरुसँगको सहकार्यमा विपन्न परिवारका लागि कबुलियती वन र सामुदायिक वनको खाली जमिन, सार्वजनिक, पर्ती, ऐलानी तथा नदिउकासको जग्गामा फलफूल, जडीबुटी तथा आयमा वृद्धि हुने विरुवाको उत्पादन तथा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ।
- किसानको पारिवारिक निजि वन, उत्पादनबाट आयआर्जन प्रवर्द्धनको लागि किसानहरुलाई विभिन्न किसिमका आयआर्जन मुलक कार्यक्रम संचालन गर्नको लागि आवश्यक पर्ने तालिम, सीप र प्रविधिबाट किसानको क्षमता विकास गरिनेछ।
- स्वच्छ, सफा र सुन्दर वातावरण सिर्जना गर्न “नगर तथा गाउँको सरसफाइमा ध्यान, अनि बन्छ नमोबुद्ध नगर सुसंस्कृत र महान” कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरी यस अभियानमा आम नगरबासीको सहभागितामा “जैविक प्रविधि सारा, प्लास्टिक देखि टाढा” अभियान सञ्चालन गरिनेछ।
- नमोबुद्ध नगरपालिका विभिन्न खानी जन्य तथा अन्य प्राकृतिक श्रोतबाट उत्पादन हुने ढुङ्गा, गिट्टी लगायत सामग्री मापनका लागि घर्मकाँटा संचालन गरिनेछ सबै वडाहरुलाई समेट्ने गरी नगर चक्रपथको सम्भाव्यता अध्ययन सहित विस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ।
- वि.पी. राजमार्गबाट दाँया/बाँया क्षेत्रमा प्रदूषणजन्य उद्योग स्थापना गर्न बन्देज गरिनेछ।
- नमोबुद्ध नगरपालिकाका शहिद श्री नवराज पाठकको स्मृतिमा पार्क निर्माण गरिनेछ।
२. विपद् व्यवस्थापन नीति:
- विपद्हरुको रोकथाम, व्यवस्थापन तथा न्यूनीकरणकालागि पूर्वतयारी, प्रतिकार्य र पुनर्लाभका कार्यक्रम सञ्चालन गर्न हामी बनाउछौ हाम्रो विपद् कोष कार्यक्रमबाट नमोबुद्ध नगरपालिकाको प्रकोप व्यवस्थापन विशेष कोषमा आवश्यक बजेट विनियोजन गरिनेछ।
- पूर्वाधार विकासका कृयाकलापहरु सञ्चालन गर्दा विपद् जोखिम संवेदनशीलतालाई केन्द्रविन्दुमा राखी कार्यान्वयन गर्न सघाउ पुग्ने गरी डिजाइन र इष्टमेट गर्ने व्यवस्था मिलाईनेछ।
- युवाहरुको नेतृत्वमा विभिन्न गैर सरकारी क्षेत्रसँग समन्वय गरी विपद् व्यवस्थापन जोखिम न्यूनीकरणका कार्यक्रमहरु सञ्चालन गरिनेछ।
- विपद्बाट हुने क्षति कम गर्न आवश्यक पर्ने न्यूनतम यन्त्र, साधन तथा औजारहरुको उचित व्यवस्थापन गर्ने नीति अवलम्बन गरिनेछ।
- आकस्मिक सेवाका सवारी साधनहरु जस्तै एम्बुलेन्स, दमकल आदि साधनलाई अन्तरपालिका साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन गरिनेछ।
- गठन भएका सम्पूर्ण वडा स्तरीय विपद् व्यवस्थापन समिति र नगर स्तरीय विपद् व्यवस्थापन समितिलाई स्रोत साधनयुक्त बनाई तयारी अवस्थामा राखिनेछ। साथै आवश्यक तालिमको व्यवस्था समेत गरिनेछ।
- नगर भित्र संचालित व्यवसाय, पसल, कलकारखाना, संघ–संस्था तथा सहरी क्षेत्रका घरहरुमा अग्नि नियन्त्रक राख्ने नीति अबलम्बन गरिनेछ।
- “विपद् न्यूनीकरणको लागि पूर्व तयारीमा जुटौं“ भन्ने अभियानलाई साकार पार्न विपद् व्यवस्थापन समितिलाई अझै प्रभावकारी बनाइनेछ। नगर विपद् प्रतिकार्य योजना बनाई नेपाली सेना, नेपाल प्रहरी, टोल विकास संस्था स्थानीय क्लब र रेडक्रससँग सहकार्य गरी विपद् न्यूनीकरण एवम् व्यवस्थापनको क्रियाकलापलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।
३. फोहोरमैला तथा सरसफाइ सम्बन्धी नीति:
- फोहर जसले उत्पादन गर्दछ व्यवस्थापनको मूल्य उसैले तिर्नुपर्दछ, लिदैन म फोहोर, घरमै बनाउछु यसलाई मोहोर भन्ने सिद्धान्त र फोहोरबाट मोहर बनाउने नीतिलाई अवलम्बन गर्दै नगर क्षेत्रमा उत्सर्जन हुने फोहरमैलालाई व्यवस्थित ढंगले व्यवस्थापन गरिनेछ।
- फोहरमैला नै उत्पादन नगर्ने, गरेपनि न्यून गर्ने, त्यसलाई पूनः प्रयोग गर्ने कार्यलाई व्यवहारमा अवलम्बन गर्न सरोकारवालाहरुको सहयोग र सहभागितामा सीपमूलक र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गराउने नीति लिइनेछ ।
- फोहरमैला उत्सर्जन स्थलमा नै कुहिने र नकुहिने फोहर छुट्याई कुहिने फोहरलाई मल बनाई करेसाबारीमा प्रयोग गर्ने गराउने नीति अवलम्बन गरिनेछ।
- वडास्तरमा उत्सर्जन हुने फोहर वडास्तरमा नै विसर्जन गर्ने तथा श्रोतमा नै प्रकृति अनुसार छुट्याउने व्यवस्था मिलाउन वडा समितिहरुलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गरिनेछ।
- दिसाजन्य लेदो व्यवस्थापन तथा फोहोरमैला व्यवस्थापनका लागि आवश्यक औजारको खरिद गरी विसर्जनकालागि उपयुक्त स्थान छनौट गरी गैर सरकारी क्षेत्रको सहकार्यमा आवश्यक कार्य प्रारम्भ गरिनेछ र प्रविधिको प्रयोग गरी दिसाजन्य फोहोरहरुको उचित ठाउँमा व्यवस्थापन गर्न आवश्यक व्यवस्था मिलाईनेछ।
- फोहोरमैला व्यवस्थापनको लागि सबै वडामा जान सक्ने सवारीसाधनको व्यवस्थापन गरिनेछ।
(ङ) संस्थागत विकास तथा सुशासन:
१. सूचना संचार तथा प्रविधि विकास सम्बन्धी नीतिः
- नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा विषयगत शाखा वा इकाईको सेवा प्रवाहलाई सम्भव भएसम्म सूचना प्रविधि मैत्री बनाउन आवश्यक बजेट व्यवस्था गरिनेछ।
- नगरका सवै वडा कार्यालयलाई इन्टरनेटको माध्यमबाट नगरपालिकाको कार्यालय र माध्यमिक विद्यालयहरु समेतलाई नेटवर्किङ गरीदै लगिनेछ। समग्र क्षेत्रको सूचनालाई अद्यावधिक र व्यवस्थित गरिनेछ।
- नगरका मुख्य चोक, बजार, धार्मिक पर्यटकीय क्षेत्र तथा सम्वेदनशील स्थलहरुमा सिसि टिभी जडान, निःशुल्क वाइफाइ सेवा विस्तार, सूचना केन्द्रहरुको व्यवस्थित सञ्चालन, नेटवर्किङ्ग विस्तार लगायतका कार्यहरु गरिनेछ।
- नमोबुद्ध नगरपालिकालाई स्मार्ट तथा समृद्ध नगर विकासका लागि आवश्यकता पहिचान गरी चरणवद्ध रुपमा डिजिटल नमोबुद्ध विकास गर्ने नीति लिइनेछ ।
- सूचना संरक्षण प्रवर्द्धन र विकास गर्न आवश्यक कार्यहरु सञ्चालन गरीनुका साथै सम्बन्धित संघसंस्थासँग समन्वय गरी एफ. एम. सञ्चालन गर्न अनुमति दिने नीति अबलम्बन गरिनेछ।
- नगर भित्र सूचना तथा संचार क्षेत्रको विकासका लागि एक वडा एक संचारकर्मी नारा सहित नगरबासीको क्षमता विकास तालिम संचालन गरिनेछ।
- नेपाल पत्रकार महासंघ सहित पत्रकारितासँग सम्बन्धित संघसंस्थाहरुसँगको सहकार्यमा संचार क्षेत्रको प्रवर्द्धन कार्यक्रम संचालन गरिनेछ।
२. संस्थागत विकास तथा मानव संसाधन सम्बन्धी नीतिः
- मरणोपरान्त अमर ताराको रुपमा पण्डित चन्द्रमणि सिग्देललाई सम्मान गरिनेछ।
- प्रत्येक वडामा एक नगर गौरवका आयोजनालाई प्राथमिकतामा राखी संचालन गरिनेछ।
- गुनासो व्यवस्थापन प्रणाली, नमोबुद्ध एप्स, टोल फ्री नम्बर, हेलो नमोबुद्ध र जनतासँग मेयर रेडियो कार्यक्रम संचालन गरिनेछ।
- नगरपालिकाको जनप्रनिनीधि एव कर्मचारीहरुको क्षमता विकास योजना तयार गरी क्षमता विकास कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिनेछ।
- Spatial Based आवधिक विकास योजना, मध्यकालीन खर्च संरचना तयार गरी सोही अनुरुप बार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गरिनेछ ।
- नागरीकलाई प्रदान गरीने सेवाको गुणस्तर मापन एवं अभिवृद्धि गर्न विस्तृत प्रतिवेदन तयार गरी कार्यान्वयन गरिनेछ ।
- सेवा प्रवाहको मापदण्ड तयार गरी कार्यान्वयन गरिनेछ ।
- नगरपालिकाबाट हुने सबै किसिमको भुक्तानीहरु बैंकिङ प्रणालीबाट गराई विद्युतीय ट्रास्फरको व्यवस्था गरिनेछ।
- सेयर मार्केटमा लगानी गर्न प्ररित गर्न विपन्न वर्गलाई रकम लगानी गर्न वित्तीय संस्थासँग सहकार्य गरिनेछ र सेयर मार्केट सम्बन्धी तालिमको व्यवस्था गरिनेछ।
- नगरका सबै नागरीकको वैंकमा खाता खोली एक व्यक्ति एकखातालाई अभियानका रुपमा सञ्चालनमा ल्याइनेछ।
- खानेपानी, सडक तथा फोहोर मैला व्यवस्थापन योजना निर्माण गर्दा छिमेकी स्थानीय तहसँग समन्वय गरिनेछ।
- नगर विकासका लागि आगामी ५ बर्षे, १० बर्षे, १५ बर्षे गुरु योजना बनाई क्रमशः कार्यन्वयन गरिनेछ।
- नगरपालिका भित्रको स्रोत परिचालनका लागि कार्यविधि बनाई लागु गरिनेछ।
- नीति कार्यान्वयको अनुगमन तथा मूल्याङ्कनकालागि छुट्टै प्रणालीको विकास गरिनेछ।
- नगरपालिकाका शाखा प्रमुखहरुसँग कार्य सम्पादन सम्झौता र कर्मचारी आचारसंहिता निर्माण गरी कार्यान्वयन गरिनेछ।
- नगरपालिकाको व्यवस्थित विकासका लागि विषयविज्ञ, सल्लाहकार, परामर्शदाता र आवश्यक जनशक्तिको सेवा लिइनेछ।
- कर्मचारीहरुलाई समय सापेक्षित विभिन्न सीपमूलक तथा क्षमता अभिबृद्धि तथा पुर्नताजगी तालिम कार्यक्रममा सहभागी गराइनेछ।
- नगरको मुहार परिवर्तन (Face Lifting), नगर उद्यम केन्द्र, समृद्ध नगर (City of Properity), कृषि पर्यटन (Agrotourism), खाद्य सुरक्षा (Food Security) लगायतका क्षेत्रलाई बिशेष प्राथमिकतामा राखी कार्यान्वयन गरिनेछ।
- देश भित्रका अन्य नगरहरुसँग मित्रवत सम्बन्ध स्थापना गर्न पहल गरिनेछ। साथै यस नमोबुद्ध नगरपालिकालाई माया गर्ने विभिन्न सामाजिक व्यक्तित्वहरु तथा संस्थाहरुलाई यस कार्यकालागि सद्भावना दुतको रुपमा परिचालन गरिनेछ।
- कर्मचारीहरुको कार्यसम्पादन मूल्याङ्कन गरी उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने नीति अवलम्बन गरिनेछ।
- अस्थायी र सेवा करारमा कार्य गरीरहेका कर्मचारीहरुलाई सेवाबाट अलग हुँदा खाली हात नपठाउने नीति अवलम्बन गरिनेछ र सामाजिक सुरक्षा कोषको सुनिश्चिता र निरन्तरता गरिनेछ।
- कार्यसम्पादन क्षमता तथा सक्षमताका आधारमा करार र अस्थायी रुपमा कार्यरत कर्मचारीहरुलाई निरन्तरताको सुनिश्चितता हुने व्यवस्था गरिनेछ।
- कर्मचारीहरुलाई कामको प्रकृति, कार्य सम्पादन र कार्यबोझको आधारमा प्रोत्साहन स्वरुप भत्ता तथा सुविधा उपलव्ध गराइनेछ।
- नेपाल सरकारबाट स्वीकृत अन्तरिम सँगठन संरचना तथा दरबन्दीको पूर्ण पालना गर्दै सो सँगठन संरचना तथा दरबन्दी भित्र नपर्ने साविकदेखि निरन्तर सेवा गरी रहेका कर्मचारीहरुको वृत्ति विकासको सुनिश्चतताकालागि O&M गरी पद कायम गर्न संघीय सरकारसँग समन्वय गरिनेछ।
- वडा कार्यालयलाई अभिलेख केन्द्रको रुपमा विकास गरिनेछ।
- नगरका वडाहरुको क्षेत्रफल, जनसंख्या, भौगोलिक अवस्थितिको आधारमा धेरै असमान रहेको हुँदा सम्बन्धित वडाहरुको समन्वयमा वैज्ञानिक ढंगले सिमाना हेरफेर गर्न सम्बन्धित निकायमा पहल गरिनेछ।
- उपभोक्ता समितिलाई आवश्यक तालिमको व्यवस्था गरे पश्चात मात्र काममा लगाइनेछ।
- हरेक वडामा कम्तिमा एक वटा योजना महिला मात्र सम्मिलित उपभोक्ता समिति मार्फत सञ्चालन गरिनेछ र उत्कृष्ट कार्य गर्ने उपभोक्ता समिति र निर्माण व्यवसायीलाई पुरस्कृत गरिनेछ।
- नापी कार्यालयको सहकार्यमा नगरभित्र बनेका लगतकट्टा गर्न बाँकी रहेका सडकहरुको लगतकट्टा गरी सार्वजनिक सडकमा रुपान्तरण गरिनेछ।
- जनतासँग जनप्रतिनिधि कार्यक्रम, बालबालिकासँग मेयर, महिलासँग उपमेयर, उपमेयरसँग आज र सार्वजनिक सुनुवाईलाई कार्यक्रम निरन्तर रुपमा सञ्चालन गरिनेछ।
- जनप्रतिनिधि, कर्मचारी लगायत नगरबासीहरुलाई जीवन विमा गर्न प्रेरित नीति लिइनेछ ।
- सहयोगापेक्षी सडक मानव मुक्त नमोबुद्ध नगर स्थापनाका कार्यक्रमहरु संचालन गरिनेछ।
- नमोबुद्ध साहित्यिक कार्यक्रमलाई निरन्तरता दिईनेछ।साथै नमोबुद्ध नाटक मन्चन कार्यक्रम संचालन गरिनेछ।
- नमोबुद्ध नगरपालिकाबाट स्वीकृत ऐन/कानून, निर्णय लगायतका दस्तावेज तयार गरी प्रकाशन गरिनेछ र हाल सम्म भए गरेका सम्पूर्ण विकास निर्माणका कार्यहरुलाई समेटी विस्तृत विवरण तयार गरिनेछ।
३. राजस्व परिचालन सम्बन्धी नीतिः
- अनलाइन मार्फत राजस्व बुझाउन र आर्थिक कारोबारहरु यस आर्थिक वर्षबाट आइ.पि.स. प्रणालीबाट सुरु गरिनेछ।
- कोभिड-१९ (कोरोना भाईरस)को कारण व्यापार व्यवसाय तथा सेवा क्षेत्रमा पर्न गएको नकारात्मक असरबाट राहत प्रदान गर्न व्यवसाय कर, घरबहाल कर जस्ता करका क्षेत्रमा परेको असरको मूल्याङ्कन गरी कर सहुलियत प्रदान गर्न आवश्यक कानुनी व्यवस्था गरिनेछ।
- करदाताहरुको सेवाकालागि यसै आर्थिक वर्षको सुरुमा राजस्व सङ्कलनको सफ्टवेयर व्यवस्था गरी सबै वडामा राजस्व स्रंकलनको व्यवस्था मिलाईनेछ।
- नगरको आन्तरिक आय सबल बनाउन राजस्वमा सुधार गर्न राजस्वको दायरा फराकिलो बनाई कर असुलीलाई प्रभावकारी बनाईने तथा राजस्वका सम्भाव्य क्षेत्रहरुको पहिचान गरिनेछ।
- नगरपालिकाले विभिन्न क्षेत्रबाट प्राप्त गर्ने कर, शुल्क तथा दस्तुरलाई प्रभावकारी रुपले सञ्चालन गर्नकालागि सम्बन्धित सरोकारवाला निकायसँग सहकार्य गरिनेछ।
- उत्पादनमूलक क्षेत्रमा लगानी (पार्किङ स्थल, शौचालय, घरटहरा निर्माण गरी भाडामा दिने) गरी आयस्रोत बढाउने कार्यको थालनी गरिनेछ।
- लेखा परिक्षणबाट औल्याइएका बेरुजु तथा सुझाबहरुलाई आगामी दिनहरुमा कार्यान्वयन गर्दै बक्यौता, बेरुजु एवं पेश्की फर्छ्यौट गर्ने कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ।
- वन कार्यालयसँग समन्वय गरी नगरभित्र रहेका बुद्धचित्त रुखको अभिलेखीकरण गरी नगरको नीति अनुसार करको दायरामा ल्याइनेछ।
- पेश्की शुन्य अभियानकालागि पेश्की दिने कार्यलाई निरुत्साहित गरी प्राविधिक मूल्याङ्कनका आधारमा रनिङ्ग वील भुक्तानी दिइने नीति अवलम्बन गरीने छ, तर स्वीकृत खरिद योजना बमोजिम निर्माण सामग्री खरिद गर्नु पर्ने भई उपभोक्ताको लागत सहभागिता नगदै रकम नगरपालिकामा जम्मा गरेमा पेश्की उपलब्ध गराउने नीति अवलम्बन गरिनेछ।
४. सम्बन्ध सहकार्य तथा साझेदारी नीतिः
- तिनै तहकोसहकार्य, समन्वय र सहयोगमा विभिन्न नगर गौरवका आयोजनाहरु संचालन गरिनेछ।
- गैरसरकारी एवं निजी क्षेत्रसँग सहकार्यलाई गरी प्रविधि हस्तान्तरणको क्षेत्रमा आवश्यक सहकार्य र समन्वय गरिनेछ।
- सार्वजनिक निजि साझेदारी कार्यक्रमलाई विशेष प्राथमिकतामा राखी नगर गौरवका आयोजनामा सार्वजनिक/निजि क्षेत्रको लगानीलाई सुनिश्चिता गरिनेछ र निजि क्षेत्रको लगानी, सहकार्य, समन्वय र सहयोगमा विभिन्न भौतिक निर्माणका आयोजनाहरु संचालन गरिनेछ।
- अन्य स्थानीय तहरुसंग साझा सरोकारका विषयहरु जस्तै ल्याण्डफिल साईट, अग्नी नियन्त्रण, सडक हरियाली, प्लाष्टिक नियन्त्रण, स्वास्थ्य शिक्षा, खेलकुद, पर्यटन, नदी नियन्त्रण, सिंचाई, खानेपानी आदीहरुमा सहकार्य गर्ने ।
५. सामाजिक परिचालन तथा सामाजिक सशक्तिकरण नीतिः
- सामाजिक परिचालनको माध्यमबाट सामाजिक, आर्थिक रुपले पछि परेका समुदायहरुको सशक्तिकरण गरी विकासको मूल प्रवाहमा समाहित गर्ने नीति अवलम्बन गरिनेछ।
- वडा समितिहरुसँग समन्वय गरी टोल विकास संस्था निर्माण तथा परिचालन अभियानको रुपमा सञ्चालन गरिनेछ । सामाजिक परिचालनको माध्यमद्वारा टोल विकास संस्थाहरुलाई आफ्नो क्षेत्रमा हुन सक्ने आधारभूत विकास निर्माण संरचनाको संरक्षण र मर्मतको जिम्मेवारी प्रदान गरिनेछ।
- समाजमा हुने फौजदारी बाहेकका सानातिना विवाद स्थानीय स्तरमा नै मेलमिलापकर्ताको माध्यमद्वारा मेलमिलाप गर्ने गराउन वडास्तरीय संयन्त्र परिचालन गरिनेछ।
- सुशासन प्रवर्द्धन तथा भष्ट्राचार नियन्त्रणका लागि सरकारी, गैहसरकारी र निजी सबै क्षेत्रमा सदाचार प्रणाली विकास गरिनेछ ।” म भष्ट्राचार गर्दिन, म भष्ट्राचार हुन दिन्न, म देश र जनताकालागि इमान्दार भएर काम गर्नेछु” भन्ने प्रतिज्ञा सहितको कार्य संस्कृतिको प्रवर्द्धन गरिनेछ।
६. गैर सरकारी संस्था सम्वन्धी नीति:
- आइडिया तपाईको लगानी हाम्रो कार्यक्रम संचालन गरिनेछ।
- गैर सरकारी क्षेत्रको समन्वयका लागि नगरपालिकामा स्थापित गै.स.स.समन्वय कक्ष मार्फत विकास तथा सामाजिक परिचालनका लागि सहकार्य गरिनेछ।
- एकद्धार प्रणाली मार्फत नगरपालिकाको नीति कार्यक्रममा सहयोग पुर्याउने खालका कार्यक्रम सञ्चालन गर्ने गैरसरकारी संस्थालाई मात्र स्वीकृति दिने नीति अवलम्बन गरिनेछ । गैर सरकारी संस्था नियमन सम्बन्धी कानून निर्माण गरिनेछ। गैर सरकारी संस्थालाई विकासका साझेदारको रुपमा सहकार्य गर्ने नीति अवलम्बन गरिनेछ।
- नगर भित्र सक्रिय रुपमा सञ्चालनमा रहेका भकुण्डेबेशी जेसिज, नमोबुद्ध उद्योग वाणिज्य संघ, नेपाल चम्बर अफ कमर्श लगायतका संघ संस्थाहरुलाई नगरमा स्थापित गर्न आवश्यकता हेरी जग्गा, भवन तथा आवश्यक सहयोग गरीँदै लागिने नीतिलाई निरन्तरता दिइनेछ।
आदरणीय नगरसभाका सदस्यज्यूहरु,
अन्तमा, नमोबुद्ध नगरपालिकाले विगतका नीति तथा कार्यक्रमलाई निरन्तरता दिई कोभिड महामारी विरुद्धको पुनःउत्थान सहितको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ र यस अवसरमा हामो निमन्त्रणा स्वीकार गरी अमूल्य तथा व्यस्त समयको बाबजुद यस नगर सभामा पाल्नु भएका नगरपालिकाका सभा सदस्यज्यूहरु, कर्मचारीहरु, संचारकर्मीहरु लगायत सरोकारवाला सबैमा हामी आभारी छौँ। नगरपालिकाको नीति तर्जुमा तथा कार्यक्रम तर्जुमाका क्रममा सहभागितामूलक योजना प्रकृयाका सबै चरणमहरुमा सहभागी हुनु हुने र सहजीकरण गर्नुहुने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै यस कार्यलाई सफल र प्रभावकारी रुपमा कार्यान्वयन गर्नकालागि सम्बद्ध सबै पक्षबाट सदाझै सल्लाह, सहयोग र सुझावको अपेक्षा गर्दै वार्षिक नीति तथा कार्यक्रम तर्जुमा कार्यमा सक्रिय एवं रचनात्मक सहयोग पुर्याउनु हुने सबैमा धन्यवाद दिन चाहन्छु र कार्यान्वयनकालागि पनि उचित साथ र सहयोगको अपेक्षा गर्दछु। नगरको अधिकार, श्रोत साधन, उत्तरदायित्व, पारदर्शिता र जवाफदेहिता सहितको स्थानीय सरकारको रुपमा स्थापित नमोबुद्ध नगरपालिकाको आर्थिक समृद्धि र स्थानीय स्तरमा लोकतन्त्रको अभ्यासको क्रममा सहयोग गर्नुहुने सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, प्रदेश सरकार, संघीय सरकार लगायतमा समृद्ध नमोबुद्ध नगरपालिका निर्माणमा आवश्यक सहयोग गर्नु भएकोमा हार्दिक कृतज्ञता सहित धन्यवाद व्यक्त गर्दछौ। नमोबुद्धको विकास प्रयास तथा कोरोना महामारी विरुद्धको अभियानमा प्राप्त सहयोग तथ सद्वाव प्रति सम्पूर्णमा पुनः हार्दिक धन्यवाद दिन चाहन्छु।
धन्यवाद।
जय नमोबुद्ध।।







