२०८३ असार ३ बुधबार ०१

प्रहरी अधिकृतहरूको सरूवा (हेर्नुहोस सूची सहित)

काठमाडौं ।

नेपालमा पछिल्लो समयमा भइरहेको राजनीतिक घटनाक्रम हेर्दा केही अनाैठो लाग्न सक्छ । वर्तमान  समयमा भइरहेको सरकारको समेत कुनै निश्चित आयु छैन । सरकार परिवर्तन भएसँगै कर्मचारीको हेरफेर तथा सरूवा-बढुवा जस्ता कामहरू हुने गरेको छ ।

नयाँ गृहमन्त्रीको प्रवेशपछि गृह मन्त्रालयले १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरूवा गरेको छ।

सोमबार मन्त्रालयले डीआईजी र एसएसपीहरूको सरूवा गरेको हो। सरूवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरोमा डीआईजी धिरजप्रताप सिंहको सरूवा भएको छ। गण्डकी प्रदेशमा डीआईजी दिवेश लोहनी तथा प्रदेश १ मा अरुणकुमार बिसीको सरूवा भएको छ।

सहकुलबहादुर थापाको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयमा र उमेश रञ्जितकारको २ नम्बर प्रदेशमा सरूवा भएको छ।

यस्तै, प्रकाशजंग कार्कीको बागमती प्रदेश, मुकुन्दराज आचार्यको लुम्बिनी प्रदेश, गणेशबहादुर ऐरको कर्णाली प्रदेश, रविन्द्रकुमार धानुकको विशेष ब्युरो, वसन्तकुमार पन्तको अख्तियार, ईश्वरबाबाबु कार्कीको प्रधान कार्यालय योजना तथा अन्वेषण, उत्तमराज सुवेदीको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरूवा भएको छ।

यस्तै, एसएसपीहरुमा उमेश राज जोशीको प्रहरी प्रधान कार्यालयमा, जिप्रका कास्कीमा कृष्णहरी शर्मा पोखरेलको सरुवा भएको छ ।

२०७८ असार ८, मंगलवार १२:४३ गते 1 Minute 1286 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।