२०८३ असार २ मंगलवार ०४

रामेछापको दोरम्बा शैलुङ क्षेत्रमा पहिलो पटक बहुउपयोगी यार्सागुम्बा भेटियो

रामेछाप ।

रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ क्षेत्रमा पहिलो पटक बहुउपयोगी यार्सागुम्बा भेटिएको छ । रामेछाप र दोलखाको सिमाना शैलुङ भौगोलिक बनावटका कारण यार्सागुम्बा पाइने अनुमान गरे पनि पहिलो पटक यो क्षेत्रमा यार्सागुम्बा भेटिएको हो ।

स्थानीयवासीले खोजी गर्ने क्रममा बहुउपयोगी जडीबुटी यार्सागुम्बा भेटिएको शैलुङका दावासङ्वु शेर्पाले जानकारी दिनुभयो ।

“पहिला पनि यो ठाउँमा यार्सा पाइने अनुमान गरिएको भए पनि फेला परेको थिएन तर यस पटक यार्सा सङ्कलनको अनुभव भएका व्यक्तिलाई ल्याई खोजी गर्दा यार्सा भेटियो,” उहाँले भन्नुभयो । शैलुङमा यार्सागुम्बा फेला परेपछि दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष कमानसिं मोक्तानले उत्साहित हुँदै भन्नुभयो, “बहुमूल्य यार्सागुम्बा फेला परेको सो क्षेत्रलाई अब संरक्षण गरिनेछ । ”

शैलुङ क्षेत्रमा बहुमूल्य जडीबुटी यार्सागुम्बा फेला पर्नु खुसीको कुरा हो भन्दै उहाँले पालिकाले बजेट विनियोजन गरेर यार्सा संरक्षणको काम थाल्ने बताउनुभयो । आफ्नो पालिकाअन्तर्गत पर्ने क्षेत्रमा यार्सागुम्बा सङ्कलनका लागि छुट्टै कार्यविधि बनाएर अगाडि बढ्ने अध्यक्ष मोक्तानको भनाइ छ ।

२०७८ असार ८, मंगलवार ०७:०५ गते 0 Minutes 612 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।