२०८३ असार २ मंगलवार ०४

दुग्ध ढुवानीको प्रतीक चिह्न प्रयोग गर्न आह्वान

काठमाडौँ

नेपाल डेरी एसोसिएसनले डेरी उद्योगीहरूलाई राष्ट्रिय दुग्ध विकास बोर्डले तयार गरेको प्रतीक चिह्न (लोगो) प्रयोगमा ल्याउन आह्वान गरेको छ । बन्द, हडताल तथा बन्दाबन्दीलगायतको अवस्थामा दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीलाई रोकटोक गरिएको गुनासो आएपछि बोर्डले सो गाडीका लागि छुट्टै लोगो तयार परेको छ ।
लोगो वितरण कार्य सुरु भइसकेको हुनाले एसोसिएसनले डेरी उद्योगीहरूलाई लोगो लिई प्रयोगमा ल्याउन आह्वान गरेको छ । दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्नेसम्बन्धी कार्यविधि, २०७७ पास भइसकेको छ ।

बोर्डले सूचना प्रकाशित गरी सबै डेरी उद्योगलाई आवश्यक कागजातसहित लोगोका लागि निवेदन दिन आह्वान गरेको थियो । सो आह्वानबमोजिम पहिलो चरणमा दुग्ध विकास संस्थान (डीडीसी) र हिमालयन डेरी एन्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेका दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई लोगो प्रदान गरिएको छ ।

सरकारले दूध ढुवानीलाई अत्यावश्यक सेवामा राखेको र यस्ता सवारी साधनलाई पहिचान खुल्ने गरी लोगो अङ्कित सवारी साधनलाई निषेधाज्ञा वा अन्य आपत्कालीन अवस्थामा पनि बिनाअवरोध नेपालभर आवतजावत गर्न सहज हुने र दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर कायम रही उपभोक्ताको गुणस्तरीय दूध तथा दुग्धजन्य पदार्थ उपभोग गर्ने हक सुनिश्चित भएको एसोसिएसनका महासचिव प्रह्लाद दाहालले बताउनुभयो ।

 

गोरखापत्र अनलाइन

२०७८ असार ८, मंगलवार ०६:५९ गते 1 Minute 465 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।