२०८३ बैशाख १६ बुधबार २१

प्रदेश १, प्रदेश २, सुदूरपश्चिम र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ ।

आज देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने, हाल देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ ।

आज बिहान देशभर सामान्यदेखि पूर्णतया बदली रहेको र प्रदेश १, प्रदेश २ र सुदुरपश्चिम प्रदेश, कर्णालीको केही र बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

मौसमविद् मिनकुमार आर्यलका अनुसार, मौसम विभागले आफ्नो सामाग्रीहरु प्रयोग गरी माैसम पूर्वानुमानकाे काम गरिरहेको छ । उहाँले भन्नुभयो,‘हाम्रो सूचना दिने काम हो दिइरहेका छौँ’ आज देशभर सामान्यदेखि पूर्ण बदली रहने र सुदूरपश्चिम र कर्णाली प्रदेशलगायतका प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ ।

आज प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन चट्याङसहित भारी वर्षा साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

 

-गोरखापत्र अनलाइन

२०७८ असार ६, आईतवार १३:५१ गते 1 Minute 519 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार