२०८३ बैशाख १६ बुधबार १२

उपत्यकाका प्रजिअहरुको बैठक बस्दैः निषेधाज्ञा थप खुकुलो बनाउने बारे छलफल हुँदै

काठमाडौं ।

भोलि सोमबार रातीबाट जारी निषेधाज्ञाको अवधि सकिन लागेको बेला काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दैछ ।

दिउँसो बस्ने बैठकले आर्थिक गतिविधि चलायमान हुँने गरि निषेधाज्ञाको अवधि थप गर्नेछ । जारी निषेधाज्ञा सातदेखि दश दिनसम्म थप्ने निष्कर्षमा प्रजिअहरु पुगेका छन् । यसै गरी अबको थप निषेधाज्ञामा बैंक, बित्तीय क्षेत्र, फेन्सी, भाँडा पसल लगायत भीडभाड् नहुने थप व्यवसाय समय तोकेर चलाउन दिने तयारी भएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

यसै गरी निजी सवारी साधनलाई जोर विजोर प्रणालीमा चलाउन दिने विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो । सार्वजनिक सवारी साधन भने अबको थप निषेधाज्ञामा चल्न पाउने छैनन् । आज बस्ने वैठकले उक्त विषयमा निर्णय गर्नेसमेत प्रजिअ निरौलाले बताउनुभयो । स्मार्ट लकडाउनको विषयमा आफूहरुलाई जानकारी नआएको भए तापनि आर्थिक क्षेत्र चलायमान हुने गरी थप क्षेत्रमा खुकुलो बनाइने उहाँले बताउनुभयो । विस्तारै कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सवै क्षेत्र खुला हुनेछ । किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्याँसका पसल बिहान खुल्दै आएका छन् ।

विकास र निर्माणको कामलाई थप खुकुलो बनाई सहज रुपमा चलन दिने तयारी गरिएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि सोमबार रातीबाट सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।

 

-गोरखापत्र अनलाइनबाट

२०७८ असार ६, आईतवार १३:४२ गते 1 Minute 402 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार