२०८३ बैशाख १६ बुधबार २१

जगदम्बा स्टील उद्योगमा आगलागीः ४ जना घाइते, दुई भारतीय मजदुरको मृत्यु

काठमाडौं ।

सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आज आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यू भएको छ । घटनामा चार मजदुर घाइते भएका छन् ।

उद्योगमा रहेको फर्निस आयलको ट्याङ्कीमाथि वेल्डिङ गर्ने क्रममा बेलुकी साढे सात बजे आगलागी भएको हो । आगलागीमा परी दुई मजदुरको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दिपक श्रेष्ठले बताए । दुईवटा दमकलले एक घन्टा लगाएर आगो नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

मृत्यू हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारण घर भएका ४० वर्षिय प्रदिप गौण र बिहानकै सिवान जिल्लाका ४५ वर्षिय रामनाथ महतो रहेका छन् । घाइते चारजनामा राजकुमार विक, इन्द्रप्रसाद अधिकारी, नवराज चौलागाई र अवधेस कुसवाहा रहेका छन् । उनीहरुको सिमरास्थित तराइ अस्पतालमा उपचार भइरहेकोमा गम्भिर अवस्था रहेका विकलाई वीरगञ्जको वयोधा अस्पतालमा रिफर गरिएको छ ।

 

-नेपाल प्रेसबाट

२०७८ असार ६, आईतवार ०७:२१ गते 1 Minute 642 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार