२०८३ असार २ मंगलवार ०४

विश्व बैङ्कबाट नेपाललाई १० करोड ४० लाख डलर सहायता, ९८२ थान अक्सिजन कन्सन्ट्रेटर प्राप्त

काठमाडौँ ।

विश्व बैङ्कले नेपाललाई ९८२ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । विश्व बैङ्कअन्तर्गतको कोभिड–१९ आकस्मिक सम्बोधन र स्वास्थ्य प्रणाली तयारी परियोजनामार्फत १० लिटर क्षमताका कन्सन्ट्रेटर नेपालले प्राप्त गरेको हो ।

कोरोना महामारीबाट जुध्दै दीर्घकालीन रूपमा नेपालको जनस्वास्थ्य सुविधाको क्षमता बढाउन कन्सन्ट्रेटर सहयोगी हुने विश्व बैङ्कले जनाएको छ । प्राप्त अक्सिजन कन्सन्ट्रेटर देशका सातै प्रदेशमा आवश्यकताअनुसार उपलब्ध गराइने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले बताउनुभयो । देशका सबै सार्वजनिक स्वास्थ्य संस्थामा अक्सिजनको उपलब्धता बढाउने गरी क्षमता विस्तारमा सरकार लागिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

उक्त परियोजनामार्फत नेपालका हरेक प्रदेशमा अक्सिजन प्लान्ट पनि स्थापना गर्ने तयारी भइरहेको विश्व बैङ्कले जनाएको छ । बैङ्कका अनुसार आगामी ६ देखि १५ हप्ताभित्र यस्ता प्लान्ट स्थापना भइसक्नेछन् । विश्व बैङ्कले कोरोनासँग जुध्न तत्कालका लागि नेपाललाई १० करोड ४० लाख डलर सहायता उपलब्ध गराउने घोषणा गरिसकेको छ । सोही सहायताअन्तर्गत खोप खरिद, स्वास्थ्य संस्थाको क्षमता विस्तार, महामारीसम्बन्धी प्रविधिमा आधारित डिजिटल प्रणालीको क्षमता विस्तार तथा अनुगमन र निरीक्षणमा सहयोग पु-याइरहेको विश्व बैङ्कले जनाएको छ ।

२०७८ असार ६, आईतवार ०७:१७ गते 1 Minute 415 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।