२०८३ बैशाख १६ बुधबार २०

सातदोबाटोमा ओलम्पिक डे २०२१ मनाइयो

काठमाडौं ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)को तत्वावधान तथा स्पोर्ट्स फर अल कमिसनको आयोजनामा शनिबार ओलम्पिक डे २०२१ मनाइएको छ । सातदोबाटोस्थित एनओसी मुख्यालयमा आयोजित विशेष कार्यक्रमबीच सम्पूर्ण सुरक्षा अपनाएर ओलम्पिक डे मनाइएको हो । त्यस अवसरमा युवा तथा खेलकुदमन्त्री एकवाल मियाँले नेपालको भण्डा झण्डोत्तोलन गरेका थिए ।

यस्तै कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डा झण्डोत्तोलन गरे । त्यसै अवसरमा मन्त्री मियाँ र अध्यक्ष श्रेष्ठबीच मैत्रीपूर्ण टेबल टेनिस पनि भएको थियो । त्यसपछि आयोजित मुख्य कार्यक्रममा कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक डेको महत्वबारे धारणा राखेका थिए । अध्यक्ष श्रेष्ठले त्यस अवसरमा ओलम्पिक डेको आयोजनामा नेपाली खेलकुद र समग्र समाजमै भातृत्व र शान्ति बढ्ने बताए । यस्तै मन्त्री मियाँले नेपाली खेलकुद विकासका लागि सामूहिक प्रयास आवश्यक भएको र आफू नेपाली खेलकुदको विकासमा सबै प्रकारले सहयोग गर्न तयार रहेको बताए ।

त्यस अवसरमा कमिटीका पूर्वअध्यक्ष ध्रुवबहादुर प्रधान, उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य तथा महासचिव निलेन्द्र श्रेष्ठको उपस्थिति थियो । नेपालमा सन् २०११ देखि प्रत्येक वर्ष ओलम्पिक डे मनाउँदै आएको छ । यसपल्ट कमिटी, यस मातहतका विभिन्न संघसंस्थाले २३१ कार्यक्रम पनि गर्ने एनओसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र आधुनिक ओलम्पिकको सुरुवात भएको दिन २३ जुनको अवसर पारेर नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरेर ओलम्पिक डे मनाइन्छ ।

 

 

अनलाइन खवरबाट

२०७८ असार ५, शनिबार १४:२० गते 1 Minute 419 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार