काठमाडौं ।
सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीपहिरोको कारण बुझन विज्ञ टोली आज त्यसतर्फ जाने भएको छ ।
ठुलो बाढी आउने गरी पानी परेको नदेखिए पनि अनपेक्षित रुपमा बाढी कसरी आयो भन्ने बारे बुझन स्थलगत रुपमा अनुसन्धान गर्न विज्ञ टोली जान थालेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ । बाढीपहिरो विज्ञ, सिँचाइ विभाग , खाने तथा भुगर्भ विभाग र जल तथा मौसम विभागको टोली त्यसतर्फ जान थालेको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । टोलीले मेलम्चीको माथिल्लो स्थलमा के कारणले घटना भयो भन्ने बारे अनुसन्धान गर्ने र त्यसपछि के कारणले बाढी आयो भन्ने थाहा हुने उहाँले बताउनुभयो ।
खोलाभन्दा माथिल्लो भागमा पहिरो गएर खोला थुनिएर बाढी आएको आशङ्का गरिएको छ ।
गोरखापत्र अनलाइन






