२०८३ बैशाख १६ बुधबार १९

धान रोप्न गएका ११ जना शारदा नदीबीचमा अलपत्र – उद्धारको लागि हेलिकप्टर

सल्यान ।

खेती किसानी गर्नेका लागि यो समय कामको चटारोको समय हो । खेतमा रोपाइ गर्ने समय नै यही हो । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ६ स्थित शारदा नदीबीचमा ११ जना स्थानीय अलपत्र परेका हुन् । खेतमा धान रोप्न पुगेका उनीहरु शारदा खोलामा दुई भंगालोको बीचमा रहेका उनीहरु शारदा नदीमा पानीको सहत बढ्दै गएपछि त्यही अलपत्र परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

अलपत्र परेकाहरु १२ जना मध्ये एक जनाको डोरीको माध्यमबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंले बाँकी तीन जना महिला र आठ जना पुरुष गरेर ११ जना नदीको बीच भागमा अलपत्र परेको बताउनुभयो । उहाँका अनुसार अलपत्र परेका ती नागरिकको उद्धारको लागि हेलिकप्टर माग गरिए पनि वर्षाका कारण आउन नसकेको जानकारी दिनुभयो । शारदा नदीमा पानीको सतह बढ्दै गएकाले उद्धारको लागि प्रयास भैरहेको छ । अलपत्र परेका नागरिकको उद्धारको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

२०७८ असार ३, बिहीबार २०:०० गते 0 Minutes 653 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार