२०८३ बैशाख १६ बुधबार १९

मेलम्चीकाे बाढीमा हराएका दुई चिनियाँ र एक भारतीयकाे शव फेला

काठमाडौं ।

अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा मंगलबार रातिदेखि आएको बाढीमा परी हराइरहेका चिनियाँ र भारतीय नागरिकमध्ये तीन जनाको शव फेला परेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको जनाएको छ । चिनियाँ नागरिक गोङ टियान छियो, यु.चि.झ र भारतीय नागरिक कमल लोचनको शव फेला परेको हाे ।

गोङ टियान छियाको शव सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–११ बदेरीस्थित इन्द्रवती खोलाको किनारमा र यु.चि.झको शव सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मुलकोटस्थित सुनकोशी नदीको किनारमा भेटिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । त्यस्तै लोचन महतोको शव सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुङ्गीस्थित सुनकोशी नदीको किनारमा फेला परेको हो । त्यस्तै बाढीले बगाएर अझै १७ जना वेपत्ता रहेका छन् । जसमध्ये दुई भारतीय विजय बासुमन्तरी, जिनडाओ बासुमन्तरी र एक चिनियाँ सन यु चुवान अझै वेपत्ता रहेका छ ।

 

गोरखापत्र अनलाइनबाट

 

२०७८ असार ३, बिहीबार १९:५० गते 1 Minute 937 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार