२०८३ भाद्र ३० मंगलवार ०२

विवादपछि बग्गीखाना सरूवा भएका असई झा पुनः महाराजगञ्ज नै फिर्ता

काठमाडौं ।

सामाजिक अभियन्ताहरुसँग विवाद भएपछि महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जबाट काज सरुवा गरिएका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झा पुनः पुरानै ठाउँमा फर्केका छन् । सामाजिक अभियन्ताहरुसँग विवादको भिडियो भाइरल भएपछि उनी चर्चामा आएका थिए । महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा तानिएका झा काज सरुवा फिर्ता भएपछि फेरि महाराजगञ्ज प्रभागमा फर्केका हुन् । आज बेलुका उनी हाजिरसमेत भइसकेको प्रहरी स्रोतले बतायो ।

‘उहाँ आफ्नै इच्छाले सरुवा हुनुभएको थियो, आफ्नै इच्छाले फर्किनुभएको हो,’ स्रोतले भन्यो । ज्वाला संग्रौला लगायतका सामाजिक अभियन्ताले असई झालाई ‘एनि हाउ सरुवा गराइदिने’ चेतावनी दिएका थिए । उक्त भिडियो भाइरल भएपछि प्रहरीलाई झाको सरुवा फिर्ता गर्न दवाव परेको बुझिएको छ ।

 

नेपालप्रेसबाट

२०७८ असार २, बुधबार २३:०२ गते 1 Minute 631 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।