२०८३ बैशाख १६ बुधबार १३

कोभिड अपडेटः दुई हजार १४ थपिए, तीन हजार ८२ कोरोनामुक्त, ५२ को मृत्यु

काठमाडौं ।

नेपालमा पछिल्लो चौबीस घण्टामा आठ हजार ६८७ कोभिड-१९ नमूनाको  आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार १४ मा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १४ हजार २१६ पुगेको छ । चार हजार ३३५ नमूनाको एन्टीजेन परीक्षण गरिएकोमा ८१४ को रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ८२ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख ४३ हजार ५२१ जना कोरोनामुक्त भएका छन् ।

कोरोनाबाट निको हुने दर ८८.५ प्रतिशत पुगेको छ । हाल ६२ हजार १३७ जना सक्रिय सङ्क्रमित छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ५२ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा आठ हजार ५५८ जनाले ज्यान गुमाएका छन् ।

२०७८ असार २, बुधबार २२:२९ गते 1 Minute 435 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार