२०८३ असार २ मंगलवार २१

मन्त्री तामाङले गरे हेलिकप्टरबाट मेलम्ची क्षेत्र निरीक्षणः बाढीको कारण पहिरो गएको अनुमान (भिडिओ सहित)

सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोक स्थित मेलम्चीमा आएको बाढीको कारण खोला थुनिने गरी गएको पहिरो भएको खुलेको छ। हेलिकप्टरबाट निरीक्षण गरेका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले पहिरोका कारण खोला थुनिएको भिडिओ आफ्नो फेसबुकमा राखेका छन्। हेलम्बु गाउँपालिकाको चोक्पुभन्दा ५ सय मिटरमाथि पहिरो गएको र त्यसले खोला थुनिएका कारण मेलम्चीमा बाढी आएको तामाङले सेतोपाटीलाई बताए।

‘निकै ठूलो पहिरो गएको छ,’ तामाङले भने, ‘मेलम्ची खानेपानी आयोजनाको मुहानभन्दा ३ किलोमिटरमाथि हो। पहिरो खस्ने र खोला थुनिने अनि फेरि पानीले खोल्ने भइराखेको छ।’ उनले मेलम्ची नदी किनाराको तटीय क्षेत्रमा अझै जोखिम नहटेको बताए। ‘पहिरो खस्ने खोला रोकिने। अनि फेरि खोला बढ्ने भइराखेको छु,’ तामाङले भने, ‘पानी फेरि परे निकै ठूलो जोखिम हुनसक्छ।’ मन्त्री तामाङले आफूले निरीक्षण गरेको स्थानभन्दा माथि पनि पहिरो गएको हुनसक्ने आशंका व्यक्त गरे। ‘हामी त्यहाँबाट माथि जान सकेनौँ। मौसम अझै खराब छु,’ तामाङले भने, ‘सेनाको टोलीले पनि निरीक्षण गरेको छ। तर पहिरो गएको स्थानसम्म पुग्न समय लाग्न सक्छ।’

उनले मेलम्ची नदीको तटीय क्षेत्रमा रहेका मानिसहरुलाई माथि सार्ने काम भइराखेको बताए। ‘जोखिम हटेको छैन। एकदमै जटिल छ। सबै पहिरो एकैचोटी गए ठूलो समस्या हुनसक्छ,’ उनले भने। गए रातिबाट मेलम्ची नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार डुबेको छ। मेलम्चीभन्दा माथिल्लो भागमा केही व्यक्ति हराइरहेको बताइएको छ। अहिले नदीको बहाव कम भएपनि मेलम्ची बजार नदीले ल्याएको लेदोले भरिएको छ।

भिडियोः

सेतोपाटीबाट

२०७८ असार २, बुधबार १६:२७ गते 1 Minute 896 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।