२०८३ बैशाख १६ बुधबार १३

कोभिड अपडेटः एक हजार ६८१ थपिए, चार हजार १८७ कोरोनामुक्त, ४१ को मृत्यु

काठमाडौं ।

पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका एक हजार ६८१ सङ्क्रमित थपिएका छन् । ७ हजार ४४९ नमूनाको आरटीपीसीआर परीक्षणमा एक हजार ६८१ मा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १२ हजार २०२ पुगेको छ । एन्टीजेन विधिबाट २२ हजार ४०३ को रिपोर्ट पोजेटिभ आएको छ । नेपालमा हाल ६३ हजार २५७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार हजार १८७ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख ४० हजार ४३९ जना सङ्क्रमित निको भएका छन् । कोरोनाबाट निको हुने दर ८८.३% पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ४१ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म आठ हजार ५०६ जनाले ज्यान गुमाएका छन् ।

 

२०७८ असार १, मंगलवार १८:१० गते 1 Minute 364 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार