२०८३ बैशाख १६ बुधबार १९

मौसम अपडेट: ३ दिन भारी वर्षा हुन सक्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौँ ।

यो वर्षको मनसुनी वायुको प्रवेशसँगै विगत केही दिनयता देशभरि वर्षा भइरहेको छ।  मौसम पूर्वानुमान महाशखाले अझै तीन दिन  देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। वर्षाका कारण अहिले विभिन्न नदीहरूको जलप्रवाह बढेको छ भने केही ठाउँमा पहिरो समेत आएको छ ।

आगामी ३ दिन कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी जलाधारलगायत गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको चुरे, तराई भई बहने केही साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक वहाव भई सतर्कता तह पुग्ने भएकाले साना नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन सरकारले अनुरोध गरेको छ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

असार १ गते (मंगलबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै  स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश न.२, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरूमा भारी बर्षाको समेत सम्भावना छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी बर्षाको समेत सम्भावना छ।

असार २  गते (बुधबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही  स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश,  कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी बर्षाको सम्भावना छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश,   कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी बर्षाको सम्भावना छ।

असार ३  गते (बिहीबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही  स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश थोरै स्थानहरूमा भारी बर्षाको सम्भावना छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश न.१ र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा भारी बर्षाको सम्भावना छ।

आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाका साथै प्रदेश न.२, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरूमा भारी बर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

 

सेतोपाटीबाट

 

२०७८ असार १, मंगलवार ११:१८ गते 1 Minute 408 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार